लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७६
काठमाडौं । राजधानीका सुकेधारा र अनामनगरमा आइतबार ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुकेधारामा सिलिन्डर पड्किएर दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउनेको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली खटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।