लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७६
काठमाडाै एजेन्सी । प्रियंका चोपड़ा तथा उनको पति निक जोनासको सम्बन्ध सुमधुर नरहेको तथा चाँडै ने छुट्टिने भन्ने समाचारले केही अघि मिडिया तताई रहेका बेला वैवाहिक सम्बन्धले एक वर्ष पार गरेको उपलक्ष्यमा उनीहरुले सामाजिक संजाल मार्फत खुशी व्यक्त गर्दै आफ्नो भावना साटेका छन् ।
यो अवसर उनीहरुले सँगै बिताउन भने पाएनन् । हाल प्रियंका युनिसेफको ब्रांड एम्बेसडरका रुपमा इथियोपियाका कुपोषित बालकहरुको एक कार्यक्रममा छिन भने निक अमेरिकामै छन् ।
निकले हालै कान्स फिल्म फेस्टिवलको एक रोमांटिक फोटो शेयर गर्दै लेखेका छन्, एकवर्ष पहिले म आजको दिनमा केही साथीहरुका साथ हलीउड बाउलमा ब्युटी एंड द बीस्ट हेर्न गएको थिएँ । त्यसमा एक जना महिला मित्र थिइन जो मेरो सबैभन्दा असल, विश्वसनीय तथा सुन्दर पत्नीका रुपमा मेरो जीवनमा आइन । आजसम्मको सहयात्राका लागि म तिमीप्रति आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ तथा मलाई सँधै राम्रो बन्नेमा बाटोमा हिंड्न सहयोग गर्ने प्रेरणा हौ । तिम्रो पति बन्न पाउनु मेरो अहोभाग्य हो । आई लव यू प्रियंका ।
निकको पोस्टकाे जवाफमा प्रियंकाले लेखेकी छन्, मेरो जिंदगीमा अहिलेसम्म जे जे उपलब्धी भयो त्यसमा सबैभन्दा अदभुत भनेको तिमी मेरो जीवनमा आउनु नै हो । उनले हलीउड सिंगर मारिया कैरीका साथ एक फोटो शेयर गर्दै लेखिन, निक तिमी सबैभन्दा असल पति हौ ।