लोकसंवाद संवाददाता | समाचार | साउन २४, २०७९
धनुषा । समाजवादी प्रेस संगठन नेपालको प्रथम धनुषा जिल्ला अधिवेशनले अकुल प्रसाद साहको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको निर्वाचन गरेकाे छ ।
समितिको उपाध्यक्षमा दिलिप दास सचिवमा भोला यादव कोषाध्यक्षमा दिनेश साह र सहसचिवमा विवेककुमार मण्डल निर्वाचित गरेकाे छ भने समितिको सदस्यहरूमा जितेन्द्र कुमार पाल, सन्नी भगत लगायत रहनु भएको छ ।
त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा प्रभाष कर्ण, नविन साह, एस मुखिया ,संजय कुमार राय, भोगेन्द्र यादब , श्याम यादव, विमलेश ठाकुर, नरेश ठाकुर, सिमा यादव र विरेन्द्र ठाकुरलाई चयन गरेकाे छ भने केन्द्रीय प्रतिनिधिमा हरि पौडेल, सञ्जय पौडेल, चन्दा कुमारी साह, उमेश चन्द्र झा, जय कुवँर रहनु भएको छ ।