स्वतन्त्र पत्रकारिताका ४५ वर्ष: राजा महेन्द्रको आत्महत्यादेखि जीवन वृत्ति लिन लैनचौर धाउनेसम्म !

स्वतन्त्र पत्रकारिताका ४५ वर्ष: राजा महेन्द्रको आत्महत्यादेखि जीवन वृत्ति लिन लैनचौर धाउनेसम्म !

ऋतु आशिक  |  दृष्टिकोण  |  साउन २५, २०७९

राजविराजबाट प्रकाशित हुने साप्ताहिक गोरेटोबाट थालिएको मेरो पत्रकारिता ४५ वर्ष हुँदै यात्रा निरन्तर जारी छ । नेपाल सरकार सूचना विभागबाट २०४८ देखि स्वतन्त्र पत्रकारको परिचयपत्र वाहकको प्रारुप २०७९ सम्म आइपुग्दा ३२ वर्ष बिताउँदैछु । सम्झन्छु हिजो जस्तो लाग्छ । नेपालका विशेषत पश्चिमी भूभाग बैतडी, महाकाली, दार्चुला, रोल्पा जता भए पनि नेपाली जनजीवनलाई नजिकैबाट भोगियो, देखियो । हाम्रो भौगोलिक यथार्थतालाई आत्मसात गर्ने मौका पाइयो । यसलाई मैले नेपाली जनजीवनको यथार्थता भनेको छु । 

पत्रकारितामा जीवनका ४५ वर्षहरू बिताए । आफूलाई चुस्त दुरुस्त राख्दा–राख्दै आफूमा भएका कमि कमजोरी प्रति ठीकठाक गर्दै यहाँसम्म आइपुगेछ । अझै आफूलाई शुद्धिकरण गर्न प्रयास गरिरहेको छु । 

यसबेला म ती दिनहरू सम्झँदैछु । जब–जब इष्ट इण्डिया कम्पनी भारतसँग नेपालको सुगौली सन्धि सम्झौता भयो । त्यसबेलादेखि नेपालका युवाहरूलाई आफ्नो स्वार्थमा अधिनस्थ गर्ने सोच पलाएका कारण धमाधम गोर्खा भर्ति केन्द्र खोलियो । नेपाली युवाहरू तत्कालीन इष्ट इण्डिया कम्पनीसँग जोडिँदै नेपाली युवाहरूको बाहिरी संसारसँग हिमचिम बढेको थियो । पहाडबाट झरेका युवाहरूको रङ्गीन सपना सुरु भएको थियो । पहाडमा त्यसबेला जनसंख्याको कमी थियो । बिहान–बेलुका खाना पुगेकै थियो । आफै रोजीरोटी गरेर जीवन चलिरहेको थियो । 

नेपाल र भारत बीच भएको १९५० का शान्ति तथा मैत्री सन्धिका कारण नेपाल भारत बीच राहदानीको प्रयोग नहुनुको कारण विशेषतः विहारबाट यतातिर भित्रिने चाप दिनानुदिन बढ्न थाल्यो । नेपालीहरू पनि मुगलान हिँड्ने क्रम सुरु भयो । यसरी मुगलान हिँड्ने नेपालीहरू संसारका विभिन्न देशमा छरिएर बस्न थालेको क्रमको थालनी भएको छ 

२०४८ सालदेखि स्वतन्त्र पत्रकारको परिचय–पत्र वाहक

मेरा प्रकाशित मौलिक कृतिहरू
१)    मेरो पत्रकारिता विगत र वर्तमान                 २)    शब्दघोष

    
                २०५१                                                 २०५६

३)    अग्निपुञ्ज                                                 ४)    शब्द सङ्ग्राम

     

२०६३                                                  २०६८ चैते दशैँ

मेरा प्रकाशित मौलिक कृतिहरू
५)    छिमेकीको अर्घेल्याइ


 
              २०७५

सम्पादन कृतिहरू 
६)    सिर्जनशील नेपाली पत्रकारहरू भाग – १        ७)    सिर्जनशील नेपाली पत्रकारहरू भाग–२

                                
          २०६१                                                                        २०६३

राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरे । पञ्चायती व्यवस्था सँगसँगै नेपाललाई आत्मनिर्भर बनाउने किसिमका व्यवहारिक र जीवन्त प्रयोग गरेको पाइन्छ । मुलुकका विभिन्न ठाउँमा कलकारखाना उद्योग निर्माणका लागि विभिन्न मुलुकलाई आफ्नो देशको विकासका सहयोगको अपिल गरेका थिए । चीन, सोभियत संघ, भारत, अमेरिका, फ्रान्स, बेलायतसँगको मैत्रीपूर्ण व्यवहारलाई सुदृढ बनाउन तथा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको पदचापमा महेन्द्रका राष्ट्रियताका धुनहरू त्यहाँ सुन्न सकिन्छ । 

छिमेकीको अर्घेल्याँइ सम्म आइपुग्दा 
नौ वर्षीय, 
मेरी छोरी कल्पना विश्वको मानचित्रमा औंल्याउँदै भन्छिन्, 
'बुबा ! नेपाल कहाँ पर्छ ?'
'छोरी नेपाल यहाँ पर्छ ।'
छोरी भन्छिन् 'कति सानो देश'
छोरीलाई भन्छु 
'हाम्रो देश भन्दा सानो जो सिक्किम देश थियो 
अहिले भारत भएको छ छोरी'
छोरी आश्चर्य साथ पीर मान्दै भन्छिन्, 
'कतै राम्रो देश पनि त्यस्तै भयो भने ...'

यो कविता मैले तरहरा (इटहरी) मा हुँदा लेखेको हुँ । त्यसबेलाको लोकप्रिय मातृभूमि साप्ताहिक ०३१ मार्ग १८ मा प्रकाशित भएको थियो । जुनबेला मैले यो कविता लेखे त्यसबेला नेपालमा राष्ट्र धरोहर, राष्ट्रप्रति समर्पित हुने, राष्ट्रको लागि आफूलाई आहुति दिनेहरूको संख्या प्रचुर मात्रामा थियो । राष्ट्र त्यसबेला आजको जस्तो थिलथिलो भएको थिएन । तत्कालीन सिक्किम एउटा राष्ट्र थियो । झण्डै झण्डै ३५० वर्षको इतिहास थियो ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको तानाशाहीका कारण छिमेकीहरूमा सन्त्रास छाएको अवस्था थियो । कुनै पनि छिमेकीलाई सन्चसँग रहन तथा राष्ट्रको दीर्घायु राखिने ठाउँमा इन्दिरा गान्धीले भ्याङ्ग पारिदिन्थिन् । ती भ्वाङ्ग पारिएका ठाउँमा तानाशाही षडयन्त्र छिराउने गर्थिन् । लंकामा आतङ्क वादीलाई प्रश्रय र त्यसलाई बढुवा दिने कार्यको श्री गणेश त्यतैबाट भएको हो । ‘बुरे कामका बुरा नतिजा’ आखिरमा उनैको कार्यका कारण त्यसको शिकार आफै भइन् । यसरी दक्षिण एशिया आतङ्कको श्रृष्टी तथा त्यसलाई मलजल गर्ने एउटी हठी छिमेकी प्रति जहिले पनि आक्रमक व्यवहार गर्ने तानाशाही इन्दिरा गान्धीको हत्या अझ त्यसलाई फूल बुट्टा भनेर भन्नुपर्दा ‘पतन’ भएको थियो । 

राजा महेन्द्रको आत्महत्या ? 

सोभियत संघसँग भारतको १६ वर्षे सन्धिका कारण इन्दिरा गान्धीको तानाशाही पनि माथि थप–थपाई सुरु भैसकेको अवस्था थियो । इन्दिराले आफूलाई विश्व रंगमञ्चमा जवाहरलाल नेहरु भन्दा बेग्लै पृष्ठभूमि तयार गर्न चाहन्थिन् । श्रीलंकामा प्रभाकरण नेतृत्वमा आतङ्कको खेती पस्किनेका लागि भारतीय सेनाको परिचालन गरेर प्रभाकरणको स्थितिको पकड बनाइ राख्न प्रयोग गरिन् । अन्तर्राष्ट्रिय दवावका कारण श्रीलंकाबाट भारतीय सेनाको बर्हिगमन् भएको थियो । 

भारतीय स्वार्थको चाँजोपाँजो पाकिस्तान आई रहेको थिएन । पाकिस्तानलाई सबक सिकाउने नाममा सिक्किममा डमी सांसदको प्रयोग भए झैँ पाकिस्तानमा मुक्ति बाहिनी सेनाको नाममा भारतीय सैनिक नै प्रयोग गरिएको थियो । यसरी छिमेकीमा इन्दिरा गान्धीको तानाशाहीको पराकाष्ठाको विन्दुमा पुगेको थियो । त्यसै पराकाष्ठामा बङ्गलादेशलाई नेपालले पहिलो देशको रुपमा मान्यता देओस् आसय व्यक्त भएको थियो । 

राजा महेन्द्रले तत्कालीन इन्दिरा गान्धीको चरम दवावलाई थेग्न सकेनन् । जीवनकाल भरि मुलुकको अस्तित्व संरक्षण र चीर कालसम्म यसको अस्तित्व अक्षुण्ण राख्नका लागि गरिएका कार्यहरू स्तुतीय छन् । पञ्चायती व्यवस्थाको पाटोमा उनको तानाशाही एकापट्टि छ । आफ्नो स्वार्थको लागि राष्ट्रलाई लुट्ने कार्य गरेनन् । राष्ट्रप्रति जहिले पनि आफूले के योगदान दिन सकिन्छ त्यो उनले दिएका छन् । राजा महेन्द्रले आर्थिक क्षेत्रमा विभिन्न क्षेत्रमा औद्योगिक संरचना र त्यसको निर्माणको लागि गर्नु विशिष्टता हो । दुवै छिमेकी मुलुकलाई सम दूरीमा राखेर पञ्चशील प्रति जहिले पनि आफूलाई अडिग राखेको पाइन्छ । 

के कुरालाई स्वीकार्नु पर्छ भने राजतन्त्रको अन्त पछि देशको आर्थिक स्थिति तथा राष्ट्रको समुन्नत विकास अगाडि बढ्नु पर्ने थियो । त्यसतर्फ शून्यको अवस्थामा झरेको छ । राष्ट्रिय उत्पादन शून्य बराबरको स्थितिमा झरेको छ । राष्ट्र र राष्ट्रलाई विखण्डन गर्ने तत्वहरूको हाली मुहाली बढेर तिनीहरूप्रति गला मिलाउने कार्यले बढावा पाएको छ । 

राजतन्त्रको इतिहास विशेषत राजा महेन्द्रको शासनकाललाई राष्ट्रिय अस्तित्व जगेर्ना गर्ने सवाल, पञ्चशीलको आधारलाई आधारशिला बनाएर, शासन व्यवस्थामा, शान्ति सुरक्षाको सवाल, सार्वभौमसत्ता सम्पन्नको सवाल, राष्ट्रियता प्रतिको चेतको सवाल, सांस्कृतिक धरोहरको उन्नतिको सवाल थियो । आर्थिक विकासको गतिविधिको उच्चतम प्रारुप पूर्व पश्चिम राजमार्गको श्री गणेश आदि सवाल, न्यायिक व्यवस्थाको सूत्रपात यी सबै कुराको मूल्याङ्कन गर्दा पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरेर एउटा सिङ्गो मुलुक उभ्याइ दिएका थिए । राजा महेन्द्रले ती सम्पूर्ण कार्यलाई एकमुष्ट नेपालको संरचनाको स्वरुप दिएका थिए । 

इतिहास समय–समयमा कति कठोर रुपमा प्रस्तुत हुन्छ । नियतिले पनि त्यसतर्फ इंगित गरेको हुन्छ । राजा महेन्द्र निश्चय नै एउटा देशभक्त, प्रजावत्सलताले भरिएको, देश प्रतिको  अगाधता स्नेहले भरिएको, आत्म स्वाभिमानले भरिएको व्यक्तित्व हुनुहुन्थ्यो । छिमेकी शासक इन्दिरा गान्धीको ताण्डव नृत्यको समर्थन गर्नु भन्दा इन्दिरा गान्धीको घृणित कार्यलाई आँखा चिम्लेर मान्नु भन्दा आफूलाई मृत्यु रोज्नु नै उनले नैतिक जिम्मेवारी ठाने, इन्दिरा तानाशाही समक्ष घुँडा टेक्नु भन्दा आफूलाई मृत्युबाट अभिषेक गरिनु नै लाग्यो । हर्टअट्याक बहाना भित्र लुकेको सत्य त्यही थियो । यस किसिमबाट एउटा प्रजावत्सल राजा, एउटा देशभक्त, देशप्रति जिम्मेवार बोध गर्ने राजा महेन्द्रको आत्महत्या आक्षेपलाई विभिन्न नाम दिन सक्लान् । 

जीवनबाट हारेको भोगेको भनलान । परिस्थिति वातावरण हेर्दा इन्दिरा गान्धीको चक चकीको पराकाष्ठामा राज महेन्द्रको स्वर चारैतर्फ घन्किनुलाई रोक्नका लागि तानाशाही इन्दिरा गान्धीको दवाव नै प्रचुर थियो । राजा महेन्द्रको लागि आत्महत्या त्यसबेला निकासको पहिलो चरण थियो । त्यसबेला छिमेकी देशहरू तथा अन्तर्राष्ट्रिय जगतमा नै इन्दिरा गान्धीलाई चिढाउने तथा उनको हरकत प्रति अम्लो ठड्याउने कोही थिएन । पृष्ठभूमिमा सोभियत संघ उभिएको थियो । 

 नेपाली काँग्रेसमा राष्ट्रिय चरित्र देखा परेन । हिजोसम्म सांसद प्रदीप गिरी यहाँसम्म निर्लज्ज रुपमा भन्न थालेका छन् । नेपाललाई भारतीय शासन व्यवस्थाले हस्तक्षेप गर्नुपर्छ । यसो भन्दा भन्दै उनी नेपालकै सांसद यी पङ्क्ति लेखुञ्जेलसम्म छन् । नेपालमा जन्मने जोसुकै नेपाली होस् जन्मिएको भूमिप्रति आफूलाई गौरवान्वित बनाउनु उसको नैतिक दायित्व हो । प्रदीप गिरीको अध्ययनशील, उनको बौद्धिक र तार्किक क्षमतामा उनको समकक्षी नहोला । राष्ट्र र राष्ट्रको निम्ति यस किसिमबाट तल्लो स्तरको हैसियत देखाइएकाले  उनी के हुन् भन्ने कुराको स्पष्टता नेपाली जनताले थाहा पाएका छन् । 

नेपालको शान्ति क्षेत्र प्रस्ताव 

 ‘आमा’ यो शब्दले जसलाई पनि वात्सल्यले मन भरिन्छ । आमाप्रति सम्मान तथा आमा शब्दले जसलाई पनि आह्लादित बनाउँछ । आमाले कसैको कुभलो चिताउँदिनन् । आफू नखाएर पनि आफ्नो सन्तानलाई खुवाउँछन् । मायाले आफ्ना लाला बालाको अभिषेक गर्छिन् । आमा यस्ती जननी हुने जो आफ्ना बालबच्चाका लागि जीवनको आहुति दिन्छिन् । आमा गङ्गटालाई आफ्नै बच्चाले शरीर लुछि–लुछि खाएर मार्छन् । 

 यस किसिमबाट जीवले समेत सन्तान प्रतिको जिम्मेवारी आफू मृत्यु भएर पनि त्यसलाई निर्वाह गर्छन् । देश सबै नेपालीको साझा फूलबारी हो । मुलुक भित्र रहेका पक्ष प्रतिपक्ष पार्टीले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई कोसे ढुङ्गामा सङ्कल्प रत हुनुपर्छ । यसलाई निरन्तर दिएर यसलाई विश्वव्यापी करण गरेर नेपाललाई शान्ति क्षेत्र प्रस्तावलाई युद्धस्तरमा लागि पर्नुपर्छ । 

राष्ट्रियता, पहिचान भाषाप्रति अतिक्रमण 

भारत बन्नुभन्दा अगाडिदेखि नै संसारका प्राचीन देशको हाराहारीमा यो वैभवले भरिएको मुलुकमा गणना हुन्थ्यो । हाम्रा सांस्कृतिक धरोहर तथा बुद्धको मानव प्रतिको सेवा भावको ओतप्रोत । राम्रो मुलुकमा विभिन्न क्षेत्रमा ऋषिको तपो भूमिको रुपमा पनि चर्चा परिचर्चामा आएको थियो । यी चर्चाको उपक्रमहरू एक पिँढी पछि अर्को पिँढीसम्म भएका घटनाहरूको सम्प्रेषण गरिने काम भयो । अझ भन्नु पर्दा एक पुस्तापछि अर्को पुस्ताको लागि हस्तान्तरण गरिने कार्य भयो । यस किसिमको कार्यले मानव जातिका लागि सुसंस्कृत बनाउँदै लगेको कुरा स्पष्ट भएका छन् । 

यस मुलुकमा जनता विभाजित छन् । यो विभाजित हुनुमा पनि आर्थिक प्रलोभनले काम गरेको छ । मुलुक भित्रका १२० विभिन्न जातिलाई टुक्रायाउने आपसमा लडाउने भिडाउने तथा अलग समेत गर्न उक्साउने कार्य भएको छ । यस कामको लागि पश्चिमा देशहरूबाट आर्थिक लुट खसौट मिसाएर जनतालाई क्रय गर्ने कार्य भएको छ । सुन्नमा आएको छ एनजिओ आइएनजीओले विभिन्न देशका आफ्ना कतिपय स्वार्थलाई परिचालन गर्ने कार्य गरिरहेका छन्  ।

देश द्रोहीको भाषा हो या हो मिलाउने त्यस किसिमका ‘हुन्छ’ भन्ने पक्षमा जनमत नै आफूतिर आकृष्ट गर्ने भेल नै बगेको छ । कति लम्पसार छन् । हाम्रा प्रधानमन्त्री भारत गएर तपाईंहरूले भने जस्तो दुई तिहाई पुर्याउन नसकेको कारण संविधान संशोधन गर्न पाइएन भनेर हाकाहाकी बोलेका छन् । आफू भित्रका आन्तरिक मामलालाई प्रधानमन्त्री देउवाले जसरी आफूलाई प्रस्तुत गरे जसले गर्दा देशले झुक्नुपर्ने त्यसतर्फ इंगित गरेको छ । 

राष्ट्र पृथ्वीको धरोहर 

यो देशको अर्थ केवल माटोसँग मात्र जोडिएको हुँदैन । राष्ट्रको पूर्ण रुप धर्म संस्कृति जातिको पहिचान, भाषा, भेषभूषा, चाडपर्व यी सबैले परम्परागत मान्यता पाउनुको आधारमा देश निर्माण भएको हुन्छ । पेलस्टाइन देश टुट्नु को पछाडि यहुदीहरूको घुसपैठको निरन्तरता कारणबाट इजरायलको निर्माण भयो । पेलेस्टाइनी पलायन र यहुदीको प्रवेशलाई रोक्ने किसिमको स्थिति सिर्जना भएको भए इजरायल खडा हुने सम्भव नै थिएन । फिजीमा बढ्दो भारतीय आप्रवासका कारण भारतीयहरुको प्रवेशको निकासका कारण भारतीय आप्रवासको लपेटाले फिजीलाई गाँजेको छ । 

श्रीलंकामा त्यसै किसिमको वहावले श्रीलंकाली जनताको चेतका कारण भारतीय शासनको दादागिरी चल्न नसकेको हो । 

हामी यसबेला प्यालेष्टाइन देशको पतनको पूर्व सन्ध्या र यहुदीहरूको भिडले मुलुकमा अस्थिरता भित्रिरहेको थियो । त्यस्तै भारतीयहरुको निरन्तरताको त्यस स्थितिबाट हामी गुज्रिरहेको अवस्था छ । श्रीलंकाको स्थितिलाई प्रतिरक्षात्मक रुपमा आफूलाई उभ्याएर ती उभिए कै कारण श्रीलंकामा लिट्टेको स्थितिलाई शून्यमा झारेका छन् । 

हाम्रो मुलुकमा त्यसको ठीक उल्टो स्थिति छ । ४०/५० औँ वर्षदेखि नेपालका राजनीतिकर्मीदेखि विभिन्न पेशामा कार्यरत बुद्धिजीवी, पत्रकार, लेखक, ज्येष्ठ नागरिक, प्रशासनका उच्च तहका कर्मचारी, सचिव स्तरकै कर्मचारी, प्रशासनका विभिन्न निकायमा कार्यरत, समाजसेवाको नाममा एनजिओ, आइएनजीओले भेषमा ५० औँ हजार व्यक्तिहरू यसबेला लुसुक्क लैनचौर पसेर जीवन वृत्ति लिने गरेकाे  घाम जति कै छर्लङ्ङ छ । 

तिनीहरूलाई के थाहा छैन भने राष्ट्रप्रति गद्दारी गर्नेको स्थिति जीवनको अन्तिम कालमा लेण्डुप दोर्जे प्रतिको रुबैयाको पुनरावृत्ति हुन सक्दैन भन्ने ठोकुवा गर्न सकिदैन । जो व्यक्ति राष्ट्रको निम्ति काम आउँदैन त्यस्ता गद्दार व्यक्तिले आत्महत्या गरेर मर्नु नै श्रेयस्कर होला । देशप्रति गद्दारी गर्ने व्यक्तिको स्थितिको लेखाजोखा हेर्न सकिन्छ । सच्याउनुले आफूलाई सच्याए हुन्छ । 

नेपालीलाई चेतना भया 

यस मुलुकको आकाशमा कालो बादल मडारिरहेको छ । भारतीय शासन सत्ताका ब्वाँसोहरू नामक ‘रअ’ तथा नोकरशाहको निरन्तरताका कारण चाहे त्यो भारतीय काँग्रेस आई या भारतीय जनता पार्टी या अन्य पार्टी जो सुकै भए पनि नेपालप्रतिको नीतिमा यी पङ्क्ति त्यतिन्जेलसम्म परिवर्तन आएको छैन । प्रधानमन्त्रीको घृणित मनसुबा र छिमेकी देशप्रति उनको घृणित रवैयाका कारण नेपालीले हिनताबोध महसुस गरिरहनु परेको छ ।

भारतीय काँग्रेस विशेष तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका कारण उनले यस देशको अमन चयनमा गरिएको खललको निरन्तरता लिएको छ । भारतीय जनता पार्टीका मोदी नै किन नहुन् भारतीय परराष्ट्र नीतिमा कुनै फेरबदल गरेका छैनन् । यसैका कारण पनि नेपाल प्रति झन्–झन् दमनका हतकण्डा प्रयोग भइरहेका छन् । 

राष्ट्रप्रति गद्दारी गरेर सात पुस्ताको सम्पत्ति जोहो गर्नेले के कुरा बुझ्नु पर्छ भने समय सबैको एकनास हुँदैन यो परिवर्तित छ । राष्ट्रप्रति गद्दारी गर्ने भोलि तिम्रा छोरा–छोरीलाई यो देश चाहिँदैन भने यस देशप्रति घात प्रतिघात जे पनि गरौंला । अमेरिकी राष्ट्रपति ट्रम्पले बाहिर देशबाट आएर त्यहाँ बसोबास गरि रहेकालाई आफ्नो देशमा फर्कन बाध्य बनाइ रहेको अवस्था सिर्जना गरिरहेका छन् । 

ती नेपालीहरूले पनि अब आफ्नो देश निर्माण गर्ने तर्फ आफ्ना गहकिला कदम चालिनु पर्छ । युद्धस्तरमा स्वदेश फर्किएर राष्ट्रलाई निरन्तरता दिन हामी सबैले एक भएर हातेमालो गरौँ ।

 पत्रकारिता मेरो लागि युद्धको मैदान हो । पत्रकारिताले देश र समाजलाई मार्ग दर्शन गरिनु पर्छ । मेरो भावधारा यसै कथनका लागि निरन्तर लागि रहेको छ । जीवनको ऊर्जाशील समय झण्डै झण्डै ४५ वर्षहरू बितेको पत्तै भएन । यसबेला पनि सिर्जनशील नेपाली पत्रकारहरू भाग ३ को तयारीमा लागि रहेको छु । हाम्रो मुलुकको सांस्कृतिक वैभवता, शताब्दीयौँ अघिदेखि गरिमा त्यसको निरन्तरताका लागि त्यसको अक्षुणताका लागि हाम्रा प्रयासहरू परिलक्षित हुनुपर्छ । हाम्रो समृद्ध राष्ट्र हाम्रो सिङ्गो राष्ट्रको पहिचान, संरक्षण तथा समृद्धिका लागि जिम्मेवार नागरिकको हैसियतले विजयका धुनहरू बज्नुपर्छ । ती विजयका धुनहरूमा शिथिल ता हुनु हुँदैन । अग्रज एवम् सहयोद्धा आदरणीय पत्रकारहरू ! मैले सधैँ भन्ने गरेको शब्दलाई यहाँ पनि दोहोर्‍याउँदै भन्न चाहन्छु । लेखन युद्धको अग्रिम मोर्चामा जीवन पर्यन्त  भेट्नु नै छ । 


e-mail: ritu524646@gmail.com    
पुर्नलेखन एवम् थपघट २०७९ श्रावण २४