लोकसंवाद संवाददाता | समाचार | भदौ ०१, २०७९
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको घोषणासँगै दल र नेताहरु आफूलाई सुरक्षित राख्ने दौडमा लागिसकेका छन् । केही नेताहरु केन्द्रबाट समीकरण मिलाएर चुनाव जित्ने ध्याउन्नमा छन् भने केही नेताहरु अब गाउँगाउँ छिर्न थालेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा देखिएको स्वतन्त्रको लहरपछि त धेरै नेताले जनतामा भिज्न सकिएन भने चुनाव जित्न सम्भव छैन भन्ने बुझेका छन् । त्यसैले सधैं सहरमा बसेर चुनावका बेला २/४ दिन निर्वाचन क्षेत्र फर्किएर भाषणका भरमा चुनाव जित्दै आएका नेताहरु पनि गाउँगाउँमा देखिन थालेका छन् ।
चुनाव नजिकिएसँगै विभिन्न सर्वेक्षण र अनुमानहरू सार्वजनिक हुन थालेका छन् । जसमा शीर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीका क्षेत्रहरु नै असुरक्षित देखिए । शान्ति प्रक्रियामा आएर २०६४ सालको संविधानसभाको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादीले गठबन्धन नगरी एक्लाएक्लै चुनाव लडेको अवस्थामा ८ सिट मात्रै जित्ने सर्वेक्षण बाहिर आयो भने माओवादीबाट अलग भएका बाबुराम भट्टराई समूहले कुनै पनि स्थानमा चुनाव जित्ने आधार देखिएन
। २०६४ मा प्रत्यक्षतर्फ सम्पूर्ण सिटको ५० प्रतिशत जितेको माओवादी यतिबेला दर्जन बढी टुक्रामा विभाजित छ । प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, विश्व भक्त दुलाल, कर्ण जीत बुढाथोकी, गोपाल किराँतीसम्मका अलग अलग समूह छन् । यी बाहेक क्रान्ति गर्ने भन्दै माओवादीबाट अलग भएका र केही मान्छेलाई जम्मा पारेर गफगाफ क्लब चलाएमा माओवादीका अन्य आधा दर्जन बढी समूह छन् ।
माओवादीको यही अवस्थाले गर्दा कुनै पनि समूह राजनीतिक रुपमा काँग्रेस, एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन । त्यसैले बेलाबेलामा प्रचण्डले भन्ने गरेका छन्– ‘माओवादीहरु एक ठाउँमा नउभिई सुखै छैन ।’ त्यसो त माओवादी समूहहरूमा एउटा अनौठो रोग छ– विचार, राजनीतिक कार्यदिशा, कार्यक्रममा कसैको नयाँपन छैन ।
तर कसैले कसैलाई स्वीकार गर्न सक्दैनन् र बरु अरुले जितून् तर माओवादीका कुनै समूहले नजित्नु भन्ने भन्ने ग्रन्थीले काम गरिरहेको छ । शान्ति प्रक्रिया सुरु भएपछि टुक्रा टुक्रामा विभाजित भएर माओवादी कमजोर भएपछि चुनावी मोर्चादेखि क्रान्ति गर्ने भन्दै हिँडेका र चुनाव वहिस्कारदेखि चुनाव वहिस्कारसम्मको नीति लिएर अघि बढेका मोहन वैद्यसम्मका पार्टीहरु विस्तारै खिइँदै गएका छन् ।
यो शक्ति सत्ता गठबन्धन भित्रैको एक घटक भएको बाबुरामले बताइरहेका छन् । तर उनको पार्टीलाई चुनावी गठबन्धनमा भागबण्डा मिल्छ कि मिल्दैन भन्ने टुंगो छैन । सिट बाँडफाँडको लागि बनेको कार्यदलमा बाबुराम समूहको प्रतिनिधित्व छैन । यसरी बाबुराम सत्ता गठबन्धनमा नअटाउने, गत स्थानीय तहको मत परिणामले उनी गोरखामै कमजोर बनेको अवस्था तथा एमालेसँग चुनावी गठबन्धन गर्दा परिणाम अनुकूल नहुने देखेपछि अन्ततः माओवादीसँग मिल्न आइपुगेका छन् ।
माओवादीका धेरैजसो टुक्रामा त सांगठनिक विकास र संगठन निर्माणको प्रक्रिया करिब करिब बन्ध्याकरण गरेजस्तो अवस्थामा पुगेको छ । नयाँ कार्यकर्ताहरु संगठित गराउन नसक्ने, संगठित हुने एजेण्डा पनि नहुने तर आफूलाई सबैभन्दा उग्र क्रान्तिकारी देखाउने दुःख माओवादीमा छ ।
२०७२ असोज ३ गते संविधान जारी भएसँगै माओवादीबाट अलग्गिएका बाबुराम भट्टराईले पनि माओवादीबाट अब परिवर्तन र समाजवाद सम्भव नभएको भन्दै पार्टीबाट अलग भएर वैकल्पिक शक्ति निर्माणमा जुटे । नयाँ शक्तिबाट सुरु भएको उनको वैकल्पिक राजनीतिको यात्रा भने पुरानै पार्टीबाट भयो । नयाँ शक्तिबाट संघीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीमा पुगेको छ । तर उनको वैकल्पिक राजनीतिक शक्ति फैलिनु को साटो झन कमजोर हुँदै गयो ।
उनलाई नयाँ शक्ति निर्माणमा साथ दिएका देवेन्द्र पौडेलसहितका ठूलो संख्यामा नेता कार्यकर्ताहरु उनको साथ छाडेर माओवादीमा फर्किए । जसबाट आफैंले वैकल्पिक शक्ति भनेको पार्टीमा बाबुराम निर्णायक बन्न सकेनन् । अन्ततः उनले उपेन्द्र यादवसँग पार्टी विभाजन गरेर नेपाल समाजवादी पार्टीमा बनाउने अवस्थामा आइपुगे ।
यो शक्ति सत्ता गठबन्धन भित्रैको एक घटक भएको बाबुरामले बताइरहेका छन् । तर उनको पार्टीलाई चुनावी गठबन्धनमा भागबण्डा मिल्छ कि मिल्दैन भन्ने टुंगो छैन । सिट बाँडफाँडको लागि बनेको कार्यदलमा बाबुराम समूहको प्रतिनिधित्व छैन । यसरी बाबुराम सत्ता गठबन्धनमा नअटाउने, गत स्थानीय तहको मत परिणामले उनी गोरखामै कमजोर बनेको अवस्था तथा एमालेसँग चुनावी गठबन्धन गर्दा परिणाम अनुकूल नहुने देखेपछि अन्ततः माओवादीसँग मिल्न आइपुगेका छन् ।
७ वर्षपछि माओवादीसँग मिल्न आइपुगेका बाबुरामले ९ वर्षपछि आगामी मंसिरमा गोलाकार भित्रको हँसिया हथौडामा निर्वाचन लड्ने तयारी थालेका छन् । आफ्नै नेताहरुले साथ छाड्दै गएको र वैकल्पिक राजनीतिक शक्ति पनि बलियो नहुने भएपछि नयाँ घर बनाउने उधारो आश्वासनमा बाबुराम माओवादीसँग हात मिलाउन आइपुगेका हुन् ।
उनको यो हात मिलाई कति बलियो र दीर्घकालीन बन्छ भन्ने अहिले नै एकीन भइसकेको छैन । चुनावपछि माधवकुमार नेपालसहित समाजवादी केन्द्र बनाउन पहल गर्ने र त्यो नभए पनि समाजवादी नामको पार्टी बनाउने बाबुरामको शर्तमा प्रचण्ड पनि सहमत देखिन्छन् ।
तर प्रचण्ड बाबुराम भन्दा चलाख र धुर् नेता हुन् । त्यसैले चुनावपछि समाजवादी केन्द्र बन्छ या बाबुराम माओवादीमा समाहित हुन्छन्, त्यो हेर्न केही समय पर्खिनुपर्नेछ । तर प्रचण्डले भनेजस्तै प्रचण्ड र बाबुराम एकै पार्टीमा हुँदा माओवादी वृत्तका कार्यकर्तामा भने थोरै उत्साह थप्न सक्ने अनुमान गर्न थालिएको छ ।