सर्प र मानिसको अन्योन्याश्रित सम्बन्ध: धार्मिक आस्था र आम्दानीको स्रोतसँग जोडिएको सरीसृप प्राणी

सर्प र मानिसको अन्योन्याश्रित सम्बन्ध: धार्मिक आस्था र आम्दानीको स्रोतसँग जोडिएको सरीसृप प्राणी

राजबाबु श्रेष्ठ 'सागर'  |  दृष्टिकोण  |  भदौ ०२, २०७९

हिन्दू तथा बौद्ध धर्म परम्परामा सर्पलाई पवित्र मानिन्छ । हिन्दू धार्मिक पौराणिक कथा अनुसार देवता र राक्षसबीच आपसी समझदारीमा समुद्र मन्थन गरी ‘अमृत’ निकाल्ने तय भयो । त्यस अनुरूप मन्दरा पर्वतलाई मदानीको रूपमा प्रयोग गर्ने र वासुकि नागलाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो ।

तर, समुद्र मन्थनको क्रममा अमृतभन्दा बढी विषाक्त तत्व निस्किदै गयो । यसले सारा ब्रह्माण्डमा नै असर पार्ने भएको हुँदा त्यसलाई बचाउन भगवान् शिवले उक्त विष आफूले पिए र त्यसलाई घाँटीमा राखे । यसरी विषको असरले भगवान् शिवको घाँटी नीलो भएको हो भन्ने धार्मिक विश्वास छ । 

प्रत्येक वर्ष नाग पञ्चमीका दिन नागको विशेष पूजा गर्ने गरिन्छ । प्राचीन ग्रीक समाजले स्वस्थ देउताको रूपमा विश्वास गर्थे । उनीहरूले उपचारका लागि सर्पको प्रयोग गर्ने गर्थे भन्ने भनाइछ । युनानीहरु सर्पलाई ज्ञान, उपचार र पुनरुत्थानको पवित्र प्राणी मान्ने गरि रहेको पाइन्छ । यसैबाट प्रभावित भएर चिकित्सा विज्ञानले सर्पलाई एक प्रतीकात्मक चिह्नको रुपमा उपयोग गर्ने गरेको छ ।

हामी आज सर्पका विभिन्न प्रजातिहरू र तिनका विशेषताहरु का  बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

सर्प कुन प्रजातिमा पर्छ ?  

सर्प एक घस्रने प्रजातिको मांसाहारी सरीसृप प्राणी हो । प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ । वैज्ञानिक अध्ययन र अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मंसाहारी हुन्छन् । कुनैले कीरा-फट्याङ्ग्रा खान्छ भने कुनैले भ्यागुता,चरा र मुसाजस्ता साना जनावरहरूको शिकार गर्दछ । अजिङ्गरले त स-साना बनेल, हरिणको पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ । नाग वा सर्पले दुध पिउँछ भन्ने एक भ्रम मात्रै हो । विशेष गरी नेपालमा नाग पञ्चमीको दिन नागलाई दुध चढाउने प्रथा आदिकालदेखि चल्दै आएको भन्ने मान्यता छ ।  यस सम्बन्धमा यस अघिको आलेख मिथ्या,भ्रम र अन्धविश्वास कसीमा अष्टनागको पूजा: मांसाहारी सरीसृप प्राणी नागलाई दुध पियाइ हत्या ! मा चर्चा गरि सकिएको छ । 

नेपालमा पाइने सर्पका प्रजातिहरू ?

हिमाली क्षेत्रमा पाइने भाइपर सर्पको थुतुनो निर बुट्टाजस्ता केही थोप्लाहरू हुन्छन् । ती थोप्लाका सहायताले उसले न्यानो वस्तु ठम्याउन सक्छ । नेपालमा हाल ८०-९० प्रजातिका सर्पहरू पाइन्छन् भनेर बताउनुहुने सर्प विज्ञ एवं अनुसन्धानकर्ता समेत रहेका प्राध्यापक करनबहादुर शाहका अनुसार ( तीमध्ये करिब २०-२१ प्रजातिका सर्पहरू विषालु छन् ।

विषालु मध्ये गोमन, करेत, मुगा, रुसेल्स (रुसी भाइपर), गोमन, राज गोमन (King Cobra) र कोरल स्‍नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन्छन् । 

नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमन सर्पहरु हुन् । त्यस्तैगरी हरेउका केही प्रजाति र बाघे सर्प पनि अति विषालु सर्पका रुपमा रहेका छन् । नेपालमा करेतका छवटा प्रजातिका छन् । त्यसमध्ये ५ वटाले मानिसहरुलाई डसिरहेका प्रमाण भेटिएका छन् । एउटा 'बङ्गारस बङ्गोरोइड'  भन्ने प्रजातिले चाहिँ खासै डसेको पाइएको छैन ।

सर्पको घ्राण शक्ति 

सर्पको घ्राण शक्ति र चिसो तातो थाहा पाउने क्षमता भने अति नै विकसित हुन्छ । जसका कारण उनीहरू आफ्नो सिकार पत्ता लगाउने, जाडो र गर्मीका बारेमा जानकारी पाउने, शत्रुबाट जोगिने जस्ता क्रियाकलाप गर्नलाई सक्षम हुन्छन् । सर्पमा वातावरणमा भएको तापक्रम उतारचढाव थाहा पाउने क्षमता यति धेरै विकसित भएको हुन्छ कि उनीहरू केवल शून्य दशमलव ००३ डिग्री सेल्सियस तापक्रमको उतारचढावसमेत सजिलै थाहा पाउन सक्छन् ।

सर्पका आहार 

सर्पले विशेष गरी छेपारो, भ्यागुता, मुसा तथा साना स्तन धारी, अन्य सर्प तथा माछा, चरा, कीरा-फट्याङ्ग्रा आदिको सिकार गर्छ अजिङ्गरले ठूलो मृगहरूको समेत सिकार गर्ने गर्छ । सर्पले आफ्नो सिकारलाई नचपाइ पूर्ण रूपमा निल्ने गर्छ । राज गोमन सर्पको मुख्य आहारा नै सर्प हो । काठमाडौँमा नै आठ-नौ ठाउँमा राज गोमन देखिइसकेको छ भनेर सर्प विशेषज्ञहरू बताउछन् । 

सर्पका आकारहरू 

अजिङ्गर (सर्पहरूका प्रजाति अनुसार यिनीहरु का लम्बाई र मोटाई आदि आकारमा पनि भिन्नता पाइएका छन् । हाल सम्मको अनुसन्धान अनुसार अजिङ्गर सबैभन्दा ठूलो सर्प मानिएको छ । अजिङ्गर छ-सात मिटरसम्म लामो हुन्छ र यसको तौल झण्डै सय किलोग्रामसम्मको हुन्छ । पच्चीस फिट लामो अजिङ्गरसम्म पाइएका छन् । 

राज गोमनका विष र विशेषता

 अनुसन्धान विदहरू भन्छन् - विश्वमा त्रिचालीस फिट सम्मको लामो सर्पको जीवावशेष फेला परेको छ । संसारको सर्वाधिक विषालु सर्पमध्ये राज गोमन सर्प पनि ठूला सर्प मध्ये एक मानिन्छ । यो सर्प करिब-करिब १५-१९ फिटसम्मको पाइएको बताउँछन् । 

यसको विष चाहिँ अरू विषालु सर्पको विषको तुलनामा पातलो हुन्छ । राज गोमनको २० मिलिग्रामले बल्ल मान्छे मर्छ तर यसले एक पटकको डसाईमा ६ सय मिलिग्रामसम्म विष छोड्छ । ठूलो मात्रामा विष फाल्ने हुँदा यसले आक्रमण गरे पछि मानिस तुरुन्तै मर्छ । नेपालमा १४ फिट सम्मको राज गोमन फेला परेको थियो । आफ्नो लम्बाइको एक तिहाइ माथि टाउको उठाएर दौडन सक्छ । यसको मुख्य आहारा सर्प नै हो । त्यसैले यसलाई ओफियो फागस हाना  पनि भन्ने गरिन्छ । 

तेलिया सर्प- भारत तथा नेपालमा पाइने तेलिया साँप भने संसारको सबैभन्दा सानो सापको श्रेणीमा पर्छ । १०-१५ सेन्टिमिटर जति लामो यो सर्प गड्यौला जस्तो देखिन्छ । 

उड्ने सर्पहरू -उड्ने सर्पहरू पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । दक्षिण अफ्रिकाको घना जङ्गलमा पाइने युरोपेलटाइडी नामको सर्प उड्ने सर्पको रूपमा ज्यादै प्रसिद्ध छ । यो सर्प झण्डै तीन फिट लामो हुन्छ । यो सर्प 'गोमन' सर्पभन्दा दसौँ गुणा विषालु पनि हुन्छ । जब यो सर्प भोकाउँछ, त्यतिखेर एकदम आक्रामक हुन्छ । त्यसपछि सिकार खोज्ने क्रममा ग्लाइडर उडे झैँ आकाशमा उड्न थाल्ने गर्छ । आकाशमा यसरी उड्दा पनि यो सर्पमा आफ्नो मुखमा आहार च्याप्न सक्ने कुशल क्षमता राख्दछ । हावामा उड्न सक्ने यस प्रकारको सर्पको पखेटा नभए पनि चरा उडझैँ उड्न सक्दछ ।

रुखमा गुँड बनाएर बस्ने सर्प-अस्ट्रलीयाको जङ्गलमा पाइने ब्ल्याक डाइ मण्ड जातिको सर्प चराले जस्तै रुखमा गुँड बनाएर बस्ने गर्दछ । यो जातिको सर्पहरू प्रतिघण्टा चालीस किलोमिटरसम्मको गतिमा उड्न सक्दछ । जङ्गलमा पाइने जुनसुकै प्रकारका चराहरू पनि यस्ता सर्पको आहार बन्न सक्छन् । 

हात्ति मार्ने सर्पहरु- झण्डै दस वर्षअगाडि स्थानीय अमेरिकी सिकारीले वासिङ्टन पोस्ट पत्रिकाको रबिवारीय परिशिष्टमा प्रकाशित भए अनुसार 'मिश्रको घना जङ्गलमा उड्नसक्ने अनौठो जातिका सर्प पाइन्छन् । त्यस प्रकारका सर्पहरू तीनरचारवटाको सङ्ख्या भएपछि जतिसुकै ठूलो जनावरलाई पनि आक्रमण गर्न तयार हुन्छन् । जबकि उनीहरूको जमात ठूलो भएमा कहिलेकाहीँ हात्तीलाई पनि आक्रमण गर्न सक्दछन् र आफ्नो सिकार बनाउँछन् ।'

सर्पको छालाको रङ्ग र त्यसमा रहेका बुट्टाहरूको पनि ठूलो महत्त्व छ । जापानसहित कतिपय देशमा पोसाक डिजाइनरहरूले ती रङ्ग र चित्रलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरेका छन् । विगतमा सपेराहरूले सर्प प्रदर्शन गर्दै आयआर्जनका पनि गर्थे । उनीहरूले सर्प पाल्थे र ठाउँठाउँमा लगेर घुमाउँथे । अहिले नियम कानुनले गरेर त्यसो गर्न मिल्दैन तर सर्प पालेर अनुसन्धानमा प्रयोग गर्ने कामहरू भएका देखिन्छन् ।

तीनसय फिट उचाइसम्म उड्ने सर्पहरू-त्यसैगरी साइवेरियाको जङ्गलमा रातो, हरियो, खैरो र पहेँलो रङका यी सर्पहरू एउटा रुखबाट अर्को रुखमा उडेर जाने-आउने गर्दछन् । यस प्रकारका सर्पहरू जमीनबाट झण्डै तीन सय फिट उचाइसम्म उड्न सक्दछन् । एसियाका केही राष्ट्रहरूमा पनि उड्ने सर्पहरू पाइन्छन् । एक प्रकारको उड्ने सर्प केवल एक फिट लामो हुन्छ । यो जातिको सर्प एकदम विस्तारै उड्छ । श्रीलंकामा पाइने यस्ता किसिमका सर्पहरू भने विषालु हुँदैनन् । यसकारण यस्ता सर्पहरू घरमा नै पालेर मासुसमेत खाने गर्दछन् ।

स्पेनमा पाइने दुवैतिर मुख हुने सर्प- स्पेनको घना जङ्गलमा पाइने उड्ने सर्पहरू एकदम डरलाग्दा हुन्छन् । पन्ध्रदेखि बीस फिटसम्म लम्बाई भएका यी सर्पहरूको लम्बाई अनुसारको मोटाई हुनुका साथसाथै दुवैतिर मुख पनि हुन्छन् । यी सर्पहरू जमीनमा घस्रँदा घस्रँदै कुनै पनि बेला कुनै पनि दिशामा सजिलै उड्नसक्छन् । यस्ता सर्पहरूदेखि जङ्गलको ठूलो जनावर सिंहसमेत डराउने र आतङ्कित हुने गर्दछ । किनभने यस्ता सर्पहरूले सिंहलाई नजिक देखेमा सिंहलाई डसेर रगत पिउन मन पराउँछन् ।

लाटोकोसेरोझैँ दिउँसो सुत्ने सर्प- दक्षिण एसियामा पनि प्रशस्तै उड्ने सर्पहरू पाइन्छन् तर यहाँका उड्ने सर्पहरू दिउँसो प्रायः लाटोकोसेरोझैँ सुत्ने गर्दछन् । जब राति हुन्छ, अनि आकाशमा उड्न थाल्छन् । यसरी राति उड्दा यी सर्पहरूसँग चमेरो, लाटोकोसेरो, गौँथलीसँग भिडन्त हुने गर्दछन् । साथै यस प्रकारका सर्पहरूले लाटोकोसेरो, चमेरो आदिलाई आफ्नो आहार बनाउँछन् । 

नेपालमा पाइने उड्ने सिरिसे सर्प-  नेपालमा पनि थुप्रै प्रजातिका सर्पहरू पाइन्छन् । नेपालको पहाडी भेगमा पाइने र प्राय रुखमा बस्ने सिरिसे सर्प उडेर एउटा रुखबाट अर्को रुखमा जाने गर्दछ । यो सर्प करिब तीस चालिस मिटर टाढा सम्म पनि उड्न सक्छ । करिब एकदेखि डेड् फिट सम्म लम्बाइ भएको यो सर्प भने विषालु र आक्रामक हुँदैन ।

कसरी हुन्छ दुध पिउँदा साँपको मृत्यु ? 

साँप मात्रै होइन कुनै पनि सरीसृपको लागि दुध फाइदा जनक छैन । किनकि सरीसृप स्वयम् न त दुध उत्पादन गर्ने क्षमता राख्छ न त यिनीहरूमा दुध पचाउने इन्जाइम हुन्छन् । यही कारण हो कि सर्पलाई दुध खुवाउनु भनेको सर्पलाई उल्टै मार्नु हो । जब साँपले दुध पिउँछ तब त्यो दुध साँपको फोक्सोमा जाने गर्छ र जसले गर्दा साँपलाई निमोनिया हुने गर्छ । यो साँपमा हुने निमोनियाँलाई एस्पिरेशन निमोनिया भनिन्छ । यही निमोनियाँको कारणले साँप पन्ध्र-बीस दिनमा मृत्यु हुने गर्दछ । त्यसैले धार्मिक अन्धविश्वासमा लागेर नाग पञ्चमीको दिन नाग अथवा सर्पलाई दुध खुवाउनु भनेको त्यसलाई उल्टै मार्नु हो ।

के सर्पको श्रवण गर्ने कान हुन्छन् ?

सर्पको श्रवण गर्ने कान भने हुँदैनन् । जमिनको कम्पनका आधारमा त्यसले आफ्नो बाटो पहिल्याउने गर्छ । अब सुन्ने कानै नभएपछि सपेराहरूले बजाएको बिन पनि सर्पले सुन्ने त कुरै भएन । जस्तो जस्तो सपेराले बिन नचाएर बजायो त्यस्तै त्यस्तै बिनको नचाइमा सर्प पनि झुल्ने मात्रै हो । अनि हामीलाई लाग्दछ,  सर्पले बिनको भाषा बुझ्दछ भन्ने । तर यो मात्रै भ्रमको पर्चा हो । 

के सर्पको जिब्रोले हाम्रो जिब्रोले जस्तै खानेकुराका स्वाद लिन्छ ?

सर्पको जिब्रो देखेर हामी तर्सने गर्छौँ । हामीलाई विष वमन गर्ने, डस्ने अङ्ग नै त्यो फाटेको जिब्रो हो कि भन्नेजस्तो लाग्छ तर त्यो पनि एउटा अर्कै भ्रम हो । सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रिय हो । यसले आफ्नो सिकारको गन्ध पछ्याउन मदत गर्ने गर्दछ । हाम्रो जिब्रोजस्तो खाद्य पदार्थको स्वादानन्द दिने अङ्ग पनि होइन यो ।
 
के सर्पको आँखाले क्यामराले जस्तो फोटो खिच्छ  ?

सर्पले मान्छे अथवा जनावरले जस्तो आँखा बन्द गर्न, झिम्क्याउने पनि गर्न सक्दैन । सर्पको आँखाले क्यामराले जस्तो फोटो खिच्छ भन्ने कुरा पनि एउटा तेस्रो भ्रम मात्रै हो ।  बरु कुनै कुनै सर्पले अँध्यारोमा देख्न भने सक्छन् । अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारेड क्यामरा यही सिद्धान्तको आधारमा निर्माण भएको हो ।

के सबै सर्पहरू विषालु हुन्छन् ?

विश्वमा हालसम्मका तथ्याङ्क अनुसार पन्ध्र परिवार अन्तर्गत करिब २,९०० देखि ४,०००-४५०० प्रजातिका सर्प पाइएका छन् । संसारमा पाइने ती प्रजातिका सर्पहरू मध्ये केवल ७५० प्रजातिका सर्पहरू मात्रै विषालु छन् । अझै त्यसमा पनि केवल २५० प्रजातिका सर्पहरू मात्रै मानिसका लागि खतरनाक मानिन्छन् । 

विषालु सर्प कसरी चिन्ने ?

सर्पको पेट, ओठ, पिठ्युँ, टाउको आदिको कत्ला र बनावटको आधारमा विषालु र कम विषालु भनेर छुट्याउन सकिन्छ । विषालु सर्पको मुखमा दुईवटा फ्याक तथा कत्ला पेटको एक छेउदेखि अर्को छेउसम्म हुन्छ । टाउकोको कत्ला स-सानो तर धेरै हुन्छ । तर सर्प हेरेरै भने ढुक्क हुनुहुँदैन । सर्पले टोकेको स्थानमा ससाना दाँतको चिनो देखिए भने सर्प विष हीन हो । तर यदि सुनिनु का साथै दुइटा ठुलो दाँतको चिनो देखियो भने त्यो विषालु सर्पले टोकेको संकेत हो । 

विषालु सर्पको विष तीन प्रकारका हुन्छन्  

सर्पले आफ्नो विषको प्रयोग सिकारलाई गतिहीन गर्न वा मार्नलाई प्रयोग गर्छ । 
१‍. हिमोटक्सिन (रगतमा असर गर्ने)– यसले शरीरको रक्तसञ्चारमा असर पार्ने काम गर्छ । यसले रातो रक्त कणिकालाई नष्ट गर्छ । शरीरको तन्तुलाई क्षतिग्रस्त पार्छ । आन्तरिक रक्तश्राव गराउँछ । आत्तिएर बिरामीको मृत्यु पनि हुन सक्छ ।
२. न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने)– यसले स्नायु प्रणालीमा असर पार्ने काम गर्छ । मुटुको चाल र श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कको केन्द्रलाई प्रभावित गर्छ । त्यसैले सर्पले टोकेकाहरूले सास फेर्न वा निल्न समस्या अनुभव गर्छन् ।
३.मायोटक्सिन (मांसपेशीमा असर गर्ने)- यसले मांसपेशी सुनिने, दुख्ने, नीलो हुने आदि हुनेगर्छ । यिनै विषको आधारमा बिरामीमा लक्षण देखिन्छ । 

विषालु सर्पले टोकेपछिका लक्षणहरू: 

विषालु सर्पले टोकेको १५ मिनेटभित्रै देखिने लक्षण –  
१. सर्पले टोकेको ठाउँको छालाको रङ्ग रातो हुन्छ । त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र अति पीडा अनुभव हुन्छ । टोकेको ठाउँमा फोका पनि उठ्न सक्छ । 
२.  दुईवटा दाँत गाडिएका निसान देखिन्छ र त्यसबाट रगत आउँछ । 
३. सास फेर्न असजिलो हुन थाल्छ । दृष्टि कमजोर हुन्छ । आँखा अगाडि धमिलो देखिन्छ । 
४. वाकवाकी लाग्न थाल्छ । र्‍याल आउन र अत्यधिक पसिना बग्न थाल्छ । हातखुट्टा झम झुमाउने र ! हातखुट्टा संवेदना हीन हुँदै जान्छ । 
५. पक्ष घातको लक्षण देखिन थाल्छ । स्वर भासिन थाल्छ । कुनै पनि वस्तु निल्न असजिलो हुन्छ । मांसपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ । 
६.   आँखा लोलाउने र निद्रा आउने हुन्छ । जिब्रो सुनिने जस्ता यसका साझा लक्षणहरू हुन् ।
७‍. ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाँदा अङ्गै काट्नु पर्ने पनि अवस्था हुन आउँछ । 
८.  रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आँखा, गिजा, मुख, पिसाब मार्ग तथा योनि मार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोस समेत हुने गर्छ ।

विषालु सर्पले टोके पछिको उपचार :

सर्पले डस्नासाथ त्यसको विष लाग्यो भन्ने हुँदैन । कतिपय अवस्थामा सर्पले डस्छ, तर विष छाड्न भ्याउँदैन । यस्तो अवस्थालाई ‘ड्राइ बाइट’ अर्थात सुख्खा डसाइ भनिन्छ । दोश्रो अवस्थामा सर्पले डस्छ र विष छाड्न भ्याउँछ । तेस्रो अवस्थामा एकै डसाइमा सर्पले दुई पटक विष छाड्न सक्छन् । जब कुनै व्यक्तिलाई सर्पले डस्छ, उसको उपचार सर्पको विषबाटै गरिन्छ । सुईमार्फत ‘एन्टी स्नेक भेनम’ दिएर सर्पले डसेको मान्छेलाई बचाइन्छ । 

१. पहिलो अवस्थामा डराउने कुरै भएन । यद्यपि अस्पताल भने जानैपर्छ । 
२. दोस्रो र तेस्रो अवस्थामा शरीरलाई विषले गलाउन सक्छ । खासगरी यसले स्नायु प्रणालीमा तुरुन्तै असर गर्छ । त्यसैगरी रगतमा पनि यसको असर पर्छ । शरीरको कुन भागमा डसेको हो, त्यही अनुसार नै विषको असर देखिन्छ । जतिसक्दो चाँडो सर्पले डस्नासाथ सकेसम्म ९सर्पदंश केन्द्र०मा लैजानुपर्छ ।  
३. सर्पले डसेको व्यक्तिलाई तुरुन्तै एन्टि स्नेक भेनम दिइँदैन । किनभने उसको शरीरमा सर्पको विष नहुन पनि सक्छ । यस्तो अवस्थामा एन्टि स्नेक भेनम दिइयो भने त्यसले उल्टो असर पर्छ । त्यसैले लक्षण देखिएपछि मात्र यसको उपचार गरिन्छ ।

मानिसको उपचारमा सर्पको विष उपयोगी : 

१. हाम्रो आधुनिक उपचार पद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरै मात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट नै बन्छन् ।
२. सर्प दंशकै उपचारमा प्रयोग हुने एन्टी(स्नेक भेनम  पनि सर्पकै विषबाट बनाइन्छ ।
३. क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट नै बनाइन्छ । पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो । तर त्यो दम भएको बिरामीलाई दिनुहुँदैन । अहिले गोमन सर्पको विषबाट बनेको कोब्रोक्सिन  भन्ने औषधि अहिले मोर्फिनको साटो दुखाइ कम गर्नको लागि दिइन्छ । 
४. सर्जरी गर्दा रगत बढी नबगोस् भनेर केही हदसम्म रोक्नको लागि सर्पको विष नै प्रयोगमा ल्याइन्छ । 
५. सर्पले डसेको बिरामीको उपचारमा रगतको क्लोटिङ् हटाउन सर्पकै विष नै प्रयोगमा ल्याइन्छ । 
६. गोमन सर्पको विषमा भएको इन्जाइम्सलाई स्नायु सम्बन्धीको रोग अल्जाइमरको उपचारमा प्रयोग गरिन्छ । 
७.  सर्पको विषको इन्जाइम्सलाई स्तन क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । 
८. छालाको चाउरीपना हटाउन समेत सर्पको विषको प्रयोग गरिन्छ । 

परम्परागत उपचारमा पनि सर्पको विषको प्रयोग:

१. हाम्रो परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचार पद्धतिमा पनि सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ । जस्तैः सर्पको बोसो, काँचुली र रगत अनि विषसमेत आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । 
२. विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ । गाउँघरतिर सर्पका विभिन्न अङ्गहरूबाट २० देखि २२ वटा औषधि बनाइन्छन् । 
३. बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने जन(विश्वास पनि पाइन्छ । 
४. हैजा लागेको गाईवस्तुका गोठमा काँचुली बाल्यो भने अरू जनावरहरूलाई त्यो सर्दैन भन्ने मान्यता पनि छ ।
५. बूढापाकाले पुराना ग्रन्थहरूको बिचमा सर्पको काँचुलीको टुक्रा राख्ने गर्थे त्यसका कारण कीरा लाग्दैन भन्ने जन(विश्वास रहेको पाइन्थ्यो । यी वैज्ञानिक रूपमा प्रमाणित भएको कुरा भने होइन ।

विषालु सर्पले टोक्दा एकपटकमा फाल्ने विषको मात्रा:

१. गोमन सर्पले एक पटक डस्दा १२० देखि २०० मिलिग्रामसम्म विष निकाल्ने गर्दछ । जसमा मानिसलाई मृत्यु हुनको लागि १२-२० मिलिग्राम काफी हुन्छ । 
२. करेत सर्पले एक पटकमा ५ देखि २२ मिलिग्रामसम्म विष निकाल्ने गर्दछ । जसमा २ देखि १० मिलिग्राम विष मान्छे मर्नको लागि काफी हुन्छ । 
४. रुसेल्स (रुसी भाइपर) सर्पले एक पटकमा १२० देखि २५० मिलिग्रामसम्म विष निकाल्ने गर्दछ । तर मान्छेलाई मृत्यु हुन १५ देखि ७० मिलिग्राम काफी हुन्छ । 
५. राज गोमन सर्पले एक पटकमा १०० देखि ५०० मिलिग्रामसम्म विष निकाल्ने गर्दछ । कुनै पनि प्राणीलाई मार्न १२ देखि २० मिलिग्राम काफी हुन्छ । 

के नेपालमा पनि सर्प उद्यान आवश्यक देखिन्छ ? 

विदेशमा जस्तै नेपालमा पनि सर्प उद्यान भए सर्पहरू हेर्न आउने पर्यटकहरूका सङ्ख्या बढ्छन् र देशलाई आम्दानी हुने संभावना देखिन्छ । अहिले त दक्षिण अफ्रिका, केन्या आदि देशमा पनि सर्प पर्यटनको अवधारणामा काम भैरहेका छन् । भारतमा समेत त्यस्तो काम सुरु भईसकेको छ । भारतमा राज गोमन सर्पलाई हेर्न पर्यटकहरू पैसा तिरेर जङ्गलमा जाने गर्छन् । त्यतिमात्र होइन विष उत्पादन गरेर ल्याबहरूलाई बेच्न सकिन्छ । यस विषयमा राज्यको ध्यान केन्द्रित हुन अत्यावश्यक देखिन्छ । 

विश्वमा वर्षेनी मर्ने मानिसहरूका सङ्ख्या विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार  वर्षेनी करिब ५० लाख व्यक्ति सर्पदंशको सिकार भएर मर्छन् । तीमध्ये २५ लाखमा सर्प विषको प्रभाव देखिन्छ । सर्पदंश भएकामध्ये करिब एक लाख व्यक्तिको मृत्यु हुने गरेको आँकलन गरिन्छ । वर्षेनी ३ लाख व्यक्तिले सर्पदंशका कारण हातखुट्टा गुमाउँछन् । 

किन टोक्छ त सर्पले ? 

जाडो समयमा सर्पहरू सुरक्षित कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई वैज्ञानिक भाषामा हाइवरनेसन भनिन्छ । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रतिरक्षा स्वरूप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउँदा वा धक्का लागेमा सर्पले आफ्नो बचाउ स्वरूप निदाएको मानिसलाई टोकिदिन्छ । 

सर्पको टोकाइबाट कसरी बच्ने ?

सर्पको टोकाइपछि उपचार गर्नुभन्दा सर्पको टोकाइबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाइबाट बच्न सकिन्छ ।

१. सर्प प्राय राति निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लालटिन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिँडडुल गर्नुपर्छ ।
२. घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जङ्गल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलहाहरू पुर्नुपर्छ ।
३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुङ्गा वा इँटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनु परेमा पहिला लामो लट्ठीले चलाएर मात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरू घर वरपर कदापि राख्नु हुनुहुन्न ।
४. सर्पलाई जिस्क्याउनु वा चलाउनु हुँदैन । कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
५. सर्पले मरेको जस्तो स्वाङ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन । बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ ।
६. स-साना नानीहरू खेल्ने ठाउँहरूमा सर्प बस्न सक्ने संभावना भएका ठाउँहरूमा उनीहरूले हातले चलाउने, दुलोमा हात घुसार्ने  जस्ता काम गर्न सक्छन् र सर्पले टोकि सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकि हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथसाथै अभिभावकले आफ्ना बच्चामाथि विषेश निगरानी राख्नुपर्छ ।
७. राति सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।
८ .सर्पको बढी प्रकोप भएको ठाउँमा सकभर एक्लै हिँड्नु हुँदैन ।
९. ताल-तलाउ, नदी-नालामा पनि विषालु सर्पहरू हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

विषालु सर्पले टोकी हालेमा के गर्ने ?

सबै सर्पहरू विषालु हुँदैनन् र टोक्ना साथ व्यक्तिको मृत्यु पनि हुँदैन । 
१. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
२. टोकेको ठाउँको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औँला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडा (प्रेसर व्यान्डेज)ले बेर्ने । 
३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्टको प्रयोग गर्ने र सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पुर्याउने ।
४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न । 
५. उपचार नहुन् जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने ।

सर्पले टोकेमा के के गर्नु हुँदैन ? 

१. सर्प मार्ने प्रयास नगर्ने बरु बिरामीलाई प्राथमिक उपचार दिने र सक्दो चाँडो अस्पताल पुर्याउने । 
२. टोकेको ठाउँलाई नचलाउने । चलाएमा शरीरमा विष चाँडै सर्न सक्छ । 
३. बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने ।
४.  ब्यान्डेज धेरै कसेर बाँध्नु हुँदैन तथा टोकेको भागभन्दा माथि डोरीले बाँध्नु हुँदैन । यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती अङ्ग नै नष्ट हुन सक्छन् ।
५. धामी(झाँक्री, तन्त्र(मन्त्र तथा झारपातको प्रयोग गर्नतिर नलाग्ने ।  
६‍‍‍‍. पुराना विधि जस्तै धारिलो हतियारले चिर्ने, अङ्ग नै काट्ने, डढाउने गर्नु हुँदैन । यसो गर्नाले अत्याधिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुन सक्छ ।
७‍. टोकेको ठाउँमा कुनै पनि रसायनको प्रयोग पनि गर्नु हुँदैन ।
८.   मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नु हुँदैन ।

सर्प मानिसका शत्रु होइन बरु मित्र हुन् । 

सर्पले आफ्नो सिकारलाई डस्दैन, बरु प्रतिरक्षाका लागि मात्र शत्रुलाई डस्छ । समान्यतया सर्पले मानिसलाई डस्दैन । उसलाई घाइते बनाउने, चलाउने वा त्यसको प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र प्रतिरक्षाका लागि आक्रमण गर्ने गर्छ । सर्पले पर्यावरण चक्रलाई सन्तुलित बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् । र मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पकै विषबाट नै बन्छन् ।

सर्पका कारण मानिसलाई धेरै फाइदा छ । प्रकृतिमा चाहिनेभन्दा बढी हुने हामीलाई अनावश्यक नोक्सान पुर्याउने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन् । उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको आधा भाग मुसाले नाश गर्ने गर्छन् । वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन् । एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन् ।

मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ । धेरै सर्पका मुख्य आहारा भनेको पनि मुसा नै हुन् । दुलो बाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी-खोजी मुसाहरू मार्ने गर्छ । अझै धामन सर्प किसानहरूका लागि झनै लाभदायक छ । किनकि  यसको मुख्य आहार भनेको मुसा र भ्यगुता हुन् । यसले खोजी-खोजी मुसालाई मार्छ र किसानलाई हुने अन्नको नोक्सानबाट लाभ पुर्‍याउँछ । र यसले मानिसलाई टोक्दैन र विष रहित सर्प पनि हो त्यसैले धामन सर्पलाई 'र्‍याट स्‍नेक'  पनि भनिन्छ ।  

विश्वमा सर्प लोप भए के होला ?

सर्प लोप भयो भने पृथ्वीको जैविक पारि स्थित प्रणालीमा पर्ने प्रभाव एकदम भयानक र डरलाग्दो हुन सक्छ । सर्प हाम्रो जैविक पारि स्थित प्रणालीको एउटा अभिन्न अंग हो । साइकलबाट एउटा पांग्रा झिकिदियो भने साइकलमा जे असर पर्छ, त्यस्तै असर सर्पको अभावमा जैविक पारि स्थित प्रणालीमा पर्छ र जसले गर्दा सबैभन्दा ठुलो असर मानिसहरूलाई नै पर्छ । 

वैज्ञानिक अनुसन्धानमा सर्पको महत्त्वपूर्ण भूमिका : 

प्रयोगशालामा सर्पलाई पाल्न एकदमै सजिलो छ । यिनीहरुले धेरै ठाउँ पनि ओगट्दैनन् र दैनिक आहारा पनि खुवाउनुपर्दैन । एक चोटि खुवाएपछि १५ दिनदेखि एक महिनासम्म खुवाउनु पर्दैन । त्यसैले विभिन्न अनुसन्धानका लागि प्रयोगशालामा सर्पहरूको ठूलो प्रयोग हुन थालेको छ ।

आम्दानीको स्रोत पनि हुन सर्प  

सर्पको छालाको रङ्ग र त्यसमा रहेका बुट्टाहरूको पनि ठूलो महत्त्व छ । जापानसहित कतिपय देशमा पोसाक डिजाइनरहरूले ती रङ्ग र चित्रलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरेका छन् । विगतमा सपेराहरूले सर्प प्रदर्शन गर्दै आयआर्जनका पनि गर्थे । उनीहरूले सर्प पाल्थे र ठाउँठाउँमा लगेर घुमाउँथे । अहिले नियम कानुनले गरेर त्यसो गर्न मिल्दैन तर सर्प पालेर अनुसन्धानमा प्रयोग गर्ने कामहरू भएका देखिन्छन् । त्यसले पनि कतिपय मानिसहरूलाई रोजगारी दिएको छ ।

(नोट : मैले यो सर्प सम्बन्धिको लेख आम सर्वसाधारणहरूका लागि फाइदा हेतु विभिन्न अनलाईन मिडिया र गुगल विक्किपिडीयाबाट लिएर लेखेको हुँ । )