अनिल पोखरेल | दृष्टिकोण | भदौ ०९, २०७९
'साइबर स्याल' का बाबा साहेब देखि तल्लो तह सम्मका 'स्याल' हरू एकाएक सत्ता र शक्तिबाट उछिट्टिएर सडकमा पुग्दाको पिडा सहन नसक्नेहरू पत्रकारलाई पत्रकारिता सिकाउँदै हिड्न थालेका छन् । 'साइबर स्याल' हरु कटु सत्यलाई स्विकार र सहन गर्ने हिम्मत गरिराखेका छैनन् ।
उनीहरुको रवैया हेर्दा भन्न कर लाग्छ 'सबभन्दा पहिले पत्रकारिताको परिभाषा सिकेर आउ, अनि पत्रकारिता महाशयले दिएको जागिर हैन ।'
पत्रकार को हो ? पत्रकारिता के हो ? लेख रचना के हो कसरी लेखिन्छ ? सम्पादक भनेको को हो र सम्पादकीय के हो ? सम्पादकीय लेखन कस्तो हुन्छ भन्ने सामान्य जानकारी समेत नभएकाहरु 'साइबर स्यालका बाबा साहेबहरू 'ब्वाँसो' बनेको देख्दा टिठ लाग्दो अवस्था छ ।
आफूलाई उच्च कोटीको दर्जा दिने र ठान्ने, विभिन्न सामाजिक संघ संस्था, विद्यालय, कलेज आदिमा दार्शनिक भाषण दिन सक्नेहरू नै आफूलाई विद्वान ठान्नेहरू आफू अनुकुलको समाचार भएन भन्दैमा पीत पत्रकारिताको संज्ञा दिने कुरामा होड नै भइरहेको पाइन्छ ।
यी र यस्तै संज्ञा दिन कथित बुद्धिजीवीले आफ्नो पार्टीको चर्चा हुने समाचार सम्प्रेषण गर्ने मात्र सही पत्रकार हुने पहिले आफ्नो पार्टी भित्रका विभिन्न पदमा तथा ओहदाबाट पत्रकारलाई दिन सक्छन् ? कथित बुद्धिजीवी र उसको पार्टीको जयजयकार गरे मात्र सच्चा पत्रकार कटु सत्य पस्कने पत्रकार जती सबै पीत पत्रकारिता गर्ने पत्रकार भनेर चोक र चिया पसलमा कहिले सम्म परिभाषा गरि रहने ?
कथित बुद्धिजीवी महाशय सक्रिय राजनीतिमा संलग्न हुने उमेदवार हुने पार्टीको विभिन्न पदमा बस्ने राजनीतिक सङ्गठनको सदस्य बन्ने निर्वाचनमा पार्टीको झण्डा लिएर हिड्ने मात्र सच्चा पत्रकार हुने हो ?
राष्ट्रका चौथो अङ्गमा क्रियाशील पत्रकार पनि समान नागरिक हुन् तिनको पृथक विशेषाधिकार हुँदैन तर पेसा , भूमिका र क्षेत्रका आधारमा आम नागरिक र पत्रकार छुट्टै दर्जाका विशिष्ट नागरिक हैनन् भनेर नेपालको संविधानले पनि प्रष्टै पारेको छ ।
कथित बुद्धिजीवी महाशय विचारमा पत्रकारिताको परिभाषा यस्तो हो आफनो र आफन्त र यहाँको पार्टीलाई फाइदा पुर्याउने, कार्यकर्तालाई खुसी पार्ने, नेतालाई फ्याक्ने, तारिफ गर्ने विपक्षीको खरो आलोचना गर्ने , विपक्षीका विषयमा जे पनि लेख्न तयार हुने , विभिन्न माध्यमबाट आफ्नै मात्रै कुरा देखाउने सुनाउने र लेख्ने हुन होला सायद !
पत्रकार समाजको भिन्न प्राणी भने होइन, न त विशेषाधिकार प्राप्त नागरिक नै हुन् । राज्यका नीति, नियम र कानुनको पालना हरेक पत्रकारले अन्य नागरिक सरह गर्नुपर्छ । कानुनभन्दा माथि पत्रकारलाई कुनै अधिकार छैन । तथापि, पत्रकारको पेशागत कामकारबाहीको लागि राज्यले केही छुट अवश्य दिएको छ । त्यति मात्र हो ।
पत्रकार समाजको ऐना पनि मान्ने गरिएको छ किनभने आफूले सुनेका र देखेका विषय घटनालाई पत्रकारले सार्वजनिक गर्ने उसको दायित्व हाे र बाहिर ल्याउँछ । पत्रकार समाजको आँखा र कान दुवै हो अर्थात् पत्रकारले समाजमा हुने र भइरहेका हरेक विषय घटनालाई सुन्ने र देख्ने गर्छ ।
पत्रकार/ सम्पादक/ सञ्चारकर्मी आफैँमा अमूर्त र निर्विवेकी प्राणी होइन । ऊ यही समाजको अंग हो, उत्पादन हो । ऊसँग सामाजिक चेतना हुन्छ, मानवीय संवेदना हुन्छ, उसका व्यक्तिगत विचार र दर्शन समेत निहित हुन्छन् । बस एक कुशल पत्रकारसँग सत्य र असत्य छुट्याउने र विश्लेषण गर्ने केही खुबी अलि बढी हुन्छ ।
यसर्थ एउटा सञ्चारकर्मी/सम्पादक/पत्रकार कहिल्यै पनि निष्पक्ष रहन सक्दैन । यदि कसैले रहन्छ भन्यो भने त्यो ढोगी मात्र हो । घटना वा विषयको पक्ष वा विपक्षमा घोषित/ अघोषित रूपमा ऊ रहेकै हुन्छ । पत्रकारले कलम कि पीडितको पक्षमा वा पीडकको पक्षमा, शासकको पक्षमा शासितको पक्षको सेवा भइ नै रहेको हुन्छ ।
लोकतन्त्रमा स्थानीय प्रदेश तथा संघीय सरकारको काम कारबाहीका बारेमा विषयमा आलोचना, समर्थन बिरोध हुनुलाई लोकतन्त्रको सौन्दर्य र सुन्दर पक्ष हो भन्ने कथित बुद्धिजीवी महाशयलाई सुझाइ रहनु नपर्ने हो ।
कथित बुद्धिजीवी महाशय विचारमा पत्रकारिताको परिभाषा यस्तो हो आफनो र आफन्त र यहाँको पार्टीलाई फाइदा पुर्याउने, कार्यकर्तालाई खुसी पार्ने, नेतालाई फ्याक्ने, तारिफ गर्ने विपक्षीको खरो आलोचना गर्ने , विपक्षीका विषयमा जे पनि लेख्न तयार हुने , विभिन्न माध्यमबाट आफ्नै मात्रै कुरा देखाउने सुनाउने र लेख्ने हुन होला सायद !
छापा र अनलाइन मिडियामा पत्रकार/सम्पादकले कुनै तात्कालिक विषय वा सन्दर्भमा आफ्ना विचार र दृष्टिकोण दिइरहेका हुन्छन् । लेख वा सम्पादकीय मार्फत् ती लेख र सम्पादकीय समाचार होइनन् ।
ती लेख र सम्पादकीय पत्रकार वा सम्पादकले नै लेख्ने हुन् । त्यसमा उनीहरूले समाचारमा जस्तो ‘निष्पक्षता’ देखाउनै पर्छ भन्ने कुनै जरुरी छैन । कुनै विषय वा सन्दर्भ प्रतिको पत्रकार/सम्पादकको धारणा वा दृष्टिकोण नै प्रस्तुत गर्ने हो । त्यसमा कथित बुद्धिजीवी महाशयले खाजेको र राखेको अपेक्षा पुरा नहुन पनि सक्छ । स्वतन्त्रताको सन्दर्भ पनि यस्तै हो । कुनै पक्ष वा विपक्षको दबाबमा वा प्रभावमा नपरी सूचना सम्प्रेषण गर्नु नै स्वतन्त्रता हो ।
सञ्चारकर्मी वा पत्रकारसँग विवेक छ, दृष्टिकोण छ, आफ्नै आदर्श छ भने उसले सत्य वा असत्य अथवा सही र गलतको मूल्याङ्कन गर्छ नै र विवेकशील मान्छेले सत्यको पक्षमा प्रत्यक्ष र अप्रत्यक्ष धारणा वा दृष्टिकोण नै प्रस्तुत गर्छ नै । यसलाई ‘पक्षपाती’ होइन, पत्रकार र सम्पादकको सत्यता तिरको सम्मान भन्ने बुझ्नु ठीक हुन्छ कि कथित बुद्धिजीवी महाशय !