झलनाथ खनाल | दृष्टिकोण | भदौ ०९, २०७९
सबैभन्दा पहिले पार्टी पुनर्गठनको यो प्रथम वार्षिकीको सुखद अवसरमा म सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, पार्टी सदस्यहरु, जन सङ्गठनका नेता र कार्यकर्ता तथा सम्पूर्ण पार्टी पक्षधर दिदीबहिनी तथा दाजु भाइहरुमा अझ ठूला बिजय,अग्रगति र सफलताका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।
कमरेडहरु ! आज हामीले नेकपा (एमाले)को नेतृत्वमा रहेको ओली गुटका दक्षिणपन्थी औसरवादी कार्यदिशा, विचार, नीति र व्यवहारका विरुद्ध विद्रोह गरेको ठिक एक वर्ष पुगेको छ । यो एक वर्ष नेपालको कम्युनिष्ट आन्दोलनको विकास र विस्तारको बाटोमा एउटा विशिष्ट वर्षका रुपमा रहेको छ ।
जतिबेला हामीले ओली गुटका विरुद्ध विद्रोह गयौँ,त्योभन्दा अघि नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो विकासको सर्वोच्च उचाइमा पुगेको थियो । ०६२/०६३ को जनक्रान्ति पछि हामीले १० वर्ष लगाएर नयाँ संविधान बनाएका थियौं । त्यो संविधान निर्माण गर्न कम्युनिष्ट आन्दोलनकै निर्णायक भूमिका रहेको थियो । उक्त संविधान घोषणा भएपछि आयोजना भएको तिनै तहको पहिलो निर्वाचनमा नेपाली कम्युनिष्ट आन्दोलनले आशातित सफलता हासिल गरेको थियो । संघीय संसदमा नेकपाको दुईतिहाइ बहुमत, छ वटा प्रदेश सभामा नेकपाकै बहुमतको सरकार र स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी नेकपाको प्रतिनिधिहरूको बिजय वास्तवमा यो नेपाली कम्युनिष्ट आन्दोलनको अभूतपूर्व विजय थियो, असाधारण विजय थियो र नेपाली जनताले कम्युनिष्ट पार्टीप्रति गरेको अगाध विश्वासको अनुपम उदाहरण पनि थियो ।
त्यस्तो विजयपछि बनेको सरकारको नेतृत्व गर्ने औसर खड्ग प्रसाद शर्मा ओलीलाई प्राप्त भएको थियो । त्यो असाधारण अभूतपूर्व औसर थियो । त्यो सरकारले नेपाली कम्युनिष्ट आन्दोलनले सन १९५० देखि नै उठाउँदै आएका जनता र राष्ट्रका आधारभूत महत्वका सवालहरूलाई केन्द्रबिन्दुमा राखेर मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अघि बढाउन जरुरी थियो । तब मात्र मुलुकलाई पार्टीको लक्ष्यअनुरुप समाजवादको दिशामा अघि बढाउन सकिन्थ्यो । तर पहिलेदेखि नै दक्षिणपन्थी औसरबाद तिर उन्मुख खड्गप्रसाद शर्मा ओलीको सरकार एकलौटी सत्ता प्राप्त भएपछि दक्षिणपन्थी औसर वादको दलदल तिर भासिँदै गयो । त्यसको परिणाम स्वरूप हामीले ऐतिहासिक बिद्रोह गर्नुपर्यो ।
हामीले उक्त बिद्रोह गरेर एक बर्ष अघि ०९ भदौ २०७८ मा पार्टी पुनगर्ठन गरेका थियौँ । यस बिचमा हाम्रो पार्टीको बिकास,बिस्तार र अग्रगति कसरी अघि बढ्दै आएको छ र हाम्रा सामु आज के कस्ता कार्यभारहरू रहेका छन । भन्ने कुराका बारेमा सामान्य समिक्षा गर्न जरूरी छ । यसरी हेर्दा हाम्रो एक बर्षको अनुभव निम्न बमाेजिम देखिन्छ ।
१ हामीले दक्षिणपन्थी औसर वाद र नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट ग¥यौँ ।त्यो एउटा महत्वपुर्ण पहलकदमी थियो ।
२ हामीले स्वतन्त्र रुपले पाटी निर्माण गर्ने पहलकदमी लियौं र एउटा नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक प्रकृयालाई अघि बढायौँ ।
३ हामीले जनवादी क्रान्ति सम्पन्न भएर देश समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरालाई सिंगो राष्ट्रले थाहा पाउने गरी घोषित गर्यौ ।
४ हामीले समाजवादी क्रान्ति र रुपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य,बाटो र बिधि विधानहरूलाई क्रमशः व्यवस्थित गर्दै ल्याएका छौ र त्यस बारेमा क्रान्तिकारीको बढ्दो पंक्ति स्पष्ट हुदै गएको छ ।
५ हामीले उक्त कार्यदिशा,नीति र सिद्धान्तका आधारमा नयाँ क्रान्तिकारी पार्टी संगठनलाई देशब्यापी र प्रवासमा समेत फैलाउँदै लगेका छौ र एउटा नँया क्रान्तिकारी शक्तिको बिकास भईरहेको छ ।
६ यो पार्टीलाई एउटा वर्ग आधारित र जन आधारित पार्टीका रूपमा र एउटा सच्चा क्रान्तिकारी पार्टीका रुपमा विकास गर्ने, वैचारिक, सैद्धान्तिक र राजनीतिक आधारहरू निर्माण गर्दै लगेका छौं ।
७ पार्टीका वरिपरि २१ भन्दा बढी जनवर्गीय र सामुदायिक संगठनहरुको राष्ट्रव्यापी संजालको विकास भइरहेको छ र ती जनवर्गीय संगठनहरु मार्फत पार्टी वरिपरि लाखौं जनताको पंक्ति मोर्चा बद्ध बन्दै गरिरहेको छ ।
८ हामीले नेपाली समाजमा ०६२/६३को पुँजीवादी जनवादी क्रान्तिले वर्गीय संरचनामा ठूलो परिवर्तन ल्याएको कुरालाई विश्लेषण गरेका छौं । साथै आज नेपाली समाज एउटा प्रारम्भिक रुपको पुँजीवादी समाजमा रुपान्तरित भएको कुरालाई प्रष्ट रुपले अघि सारेका छौं ।
९ हामीले आजको पुँजीवादी समाजमा दलाल पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, निम्न पूँजीपति वर्ग, किसान जन समुदाय र आधुनिक श्रमिक वर्ग जस्ता पाँच वटा प्रमुख सामाजिक–आर्थिक वर्गहरू रहेका छन भन्ने विश्लेषणलाई प्रष्ट रmपले अघि सारेका छौं र हामीले बर्तमान नेपाली समाजको बर्गीय संरचनाको प्रष्ट चित्र अघि सार्न सकेका छौँ ।
१०. हामीले ती वर्गहरू मध्ये यतिबेला दलाल पुँजीवाद संग अन्य सबै वर्गहरू तथा व्यापक जनसमुदायको वर्गीय अन्तरविरोध नेपाली समाजको प्रधान अन्तर्विरोध हो भन्ने कुरालाई पनि किटानी साथ अघि सारेका छौं ।
११ यसरी हामीले नेपाली समाजमा पुँजीवादी जनवादी क्रान्तिको युग सिद्धियो,पुँजीवादी जनवादी कार्यक्रमहरूको युग पनि सिद्धियो । तदनुरुप ऐतिहासिक कार्यक्रमहरु नयाँ जनवाद, जनताको जनवाद, राष्ट्रिय जनवाद, नौलो जनवाद र जनताको बहुदलीय जनवादको युग पनि सद्धियो । अब हामी समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको हुनाले हाम्रो अबको कार्यक्रम एकमात्र समाजवादी कार्यक्रम हो भन्ने कुरालाई पनि प्रष्ट रूपमा अघि सारेका छौं ।
१२. यसरी नेपालमा स्थापना हुने समाजवादको आफ्नै बिशिष्ठता हुनेछ । हामीले स्थापना गर्ने समाजवाद नेपाली विशेषता अनुरुपको समाजवाद हुनेछ र त्यसले नेपाली जनता र राष्ट्रलाई सुख र समृद्धि तिर लानेछ भन्ने कुरालाई पनि सिद्धान्ततः हामीले प्रष्ट रुपले अघि सारेका छौं ।
१३. नेपाली समाजमा स्थापना हुने समाजवादले आजको पुँजीवादी जनवादलाई ऐतिहासिक रुपले विस्तापित गर्नेछ र मुलुकमा लोकतन्त्रको सर्बोच्च रूपमा समाजवादी लोकतन्त्रको स्थापना गर्नेछ भन्ने कुरालाई पनि हामीले प्रष्ट रुपले अघि सारेका छौं । त्यो समाजवादी लोकतन्त्र आजको पुँजीवादी लोकतन्त्र भन्दा हर मानेमा समुन्नत र श्रेष्ठ हुनेछ । त्यसले आम श्रमिक जनतालाई राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, मौलिक र बालिका मताधिकार सहित सबै प्रकारका हक र अधिकारले सुसज्जित गर्नेछ । त्यो समस्त श्रमिक जनताको लोकतन्त्रका रुपमा तथा समाजवादी लोकतन्त्रका रुपमा नेपाली समाजमा स्थापित हुनेछ ।
१४ यसरी हामीले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई व्यवस्थित गर्न पहल गर्नुका साथै संघीय र प्रादेशिक संसदमा रहेका संसदीय दलहरुका तर्फबाट संघीय र प्रादेशिक सरकारहरुमा सहभागी हुने काम पनि गरेका छौं । ती सहभागिताहरूबाट पार्टी र क्रान्तिको अग्रगतिका निम्ति कति फाइदा भएको छ, जनता र राष्ट्रले कति उपलब्धी प्राप्त गरेका छन भन्ने कुरा भने मूल्याङ्कन र समीक्षाको विषय रहेका छन । यथा समयमा उपरोक्त कुराहरूको समिक्षा गर्दै हामीले सरकारमा गर्ने सहभागीता लाई पार्टी, क्रान्ति,देश र जनताको हित र अग्रगतिसँग जोडेर अघि बढाउनुपर्ने कुरालाई आगामी दिनमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेछ ।
१५ यो एक वर्षको अवधिमा हामीले देश र प्रवासमा रहेका जनताका बीचमा पार्टी र जन संगठनहरु विस्तार गर्नुका साथ साथै हाम्रो पार्टीका अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई विकास र विस्तार पनि गर्दै आएका छौं । हाम्रो पार्टीका सम्बन्धहरु चिनिया कम्युनिष्ट पार्टी, दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरु लगायत विश्वका विभिन्न कम्युनिष्ट पार्टीहरू सँगका सम्बन्धहरु विकास र विस्तार गरिरहेका छन् ।
१६ यसरी हामीले एक वर्षको अवधिमा पार्टी निर्माण विकास र विस्तारको प्रक्रियामा आम जनताका बीचमा पार्टीलाई लाने कुरामा क्रमशः प्रगति गर्दै आएका छौँ । जनताको तल्लो वर्गको पंक्तिमा पार्टी विस्तार गर्दैछ । नव युवाहरूको पंक्ति पार्टीमा प्रवेश गरिरहेको छ । विभिन्न अन्य राजनीतिक दलहरु परित्याग गरेर हाम्रो पार्टीमा एकताबद्ध हुने क्रम जारी छ । कैयौं साना मझौला कम्युनिष्ट समूहहरु हाम्रो पार्टीमा एकिकृत भएका छन र पार्टी संगठनलाई विस्तार गर्न महत्वपूर्ण योगदान गरेका छन ।
१७ हामीले एक वर्षअघि नेकपा ९एमाले०को नेतृत्वमा रहेको ओली गुटसँग विद्रोहको सुरुवात गरेका थियौँ । त्यो विद्रोह अहिले पनि जारी छ । भर्खरै पाल्पामा कमरेड अशोक शाहीको नेतृत्वमा भएको विद्रोह त्यसैको पछिल्लो कडी हो । देशभरि यस्ता विद्रोहहरू भइरहेका छन् । अझै विद्रोहहरू हुँदै जानेछन् । नेपालका हामी कम्युनिष्टहरुले पुँजीवादी जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरेका छौं । तर अब समाजवादी क्रान्तिलाई अघि बढाउने बाटो के हो रु त्यसका लागि हामीले अवलम्बन गर्नुपर्ने सहि कार्यदिशा, नीति र सिद्धान्त के हुन ? यतिबेला व्यापक खोजी भइरहेको छ । एमाले नेतृत्वमा रहेको ओली गुटमा दक्षिणपन्थी औसरवाद झनझन घनीभूत भइरहेको छ । त्यसले समाजवादी क्रान्तिको बाटोमा ठूला भ्रम सिर्जना गरिरहेको छ । त्यो भ्रमलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले जति गहिरो र धारिलो ढंगले चिर्न सकिन्छ । एमालेभित्र बिद्रोह त्यति नै विस्तृत र व्यापक बन्दै जान्छ । यो वैचारिक पुनर्गठन र रूपान्तरणको प्रक्रिया हो । यसलाई कसैले पनि रोक्न सक्दैन ।
१८ हामीले के कुरा बुझ्नुपर्छ भने कम्युनिष्ट आन्दोलन भित्रको वैचारिक संघर्ष भनेको समाजमा चलिरहेको वर्गसंघर्षको सोझो प्रतिबिम्ब हो । यतिबेला ओली गुटका विरुद्ध चलिरहेको दक्षिणपन्थी औसरवाद विरोधी संघर्ष भनेको समाजमा दलाल पुँजीवादका विरुद्ध चलिरहेको जनताको संघर्षको प्रतिबिम्ब हो । त्यसैले आजको दक्षिणपन्थी औसरबाद बिरोधी संर्घष सोझै दलाल पुँजीवाद विरोधी, साम्राज्यवाद, प्रभुत्व वाद विरोधी संघर्षसँग जोडिएको छ । त्यो संघर्षलाई हामीले बडो जिम्मेवारीपूर्वक सञ्चालन गर्न सक्नुपर्छ । त्यसका निम्ति हामीले गाली‐गलौजमा उत्रेर होइन, नीति हिन आलोचना गरेर पनि होइन, व्यक्तिगत वा समूहगत आरोप–प्रत्यारोप गरेर पनि होइन, पानी बाराबारको नीति लिएर पनि होइन, बदलाको भावना लिएर त झनै होइन । कम्युनिष्ट आन्दोलनभित्र चल्ने बहस, विवाद, वैचारिक, सैद्धान्तिक, संघर्षहरु जहिलेपनि नीति निष्ट, सिद्धान्तनिष्ठ र विधिनिष्ट ढंगले सञ्चालन गर्नुपर्छ । तर त्यो संघर्षलाई अत्यन्त दृढतापूर्वक र धारिलो ढंगले सञ्चालन गर्नुपर्छ । हामीले दक्षिणपन्थी औसरवादलाई वैचारिक रुपले, राजनीतिक रुपले, सैद्धान्तिक रुपले, दार्शनिक रुपले, सांस्कृतिक रुपले, ऐतिहासिक रुपले र हर द्रिष्ट्रिले खण्डन गर्न सक्नुपर्छ । त्यो खण्डन शत्रुतापूर्ण वा व्यक्तिलाई वा समूहलाई निषेध गर्ने ढंगले होइन दक्षिणपन्थी औसरबादलाई निषेध गर्ने तर व्यक्ति वा समूहलाई रुपान्तरण गर्ने उद्देश्यबाट सञ्चालन गर्न सक्नुपर्छ । तब मात्र बैचारिक संघषर्, विद्रोह आदिले अपेक्षित नतिजा प्राप्त गर्न वा वैचारिक रुपान्तरण सिर्जना गर्न सक्छ ।
१९ हामीले यो एकवर्षको यात्रालाई पछि फर्केर हेर्दा पार्टी र क्रान्तिलाई अग्रगति तिर अघि बढाउने प्रक्रियामा हाम्रा केही गम्भीर कमजोरीहरु पनि भएका छन् । हामीले पार्टीभित्र प्रकट भएका दक्षिणपन्थी औसरबादका विरुद्ध संघर्ष गर्ने क्रममा वैशाख ४ र ५ गते जुन राष्ट्रिय कार्यकर्ता भेला गयौँ । त्यो ऐतिहासिक भेला थियो । त्यसले समानान्तर कमिटीहरु बनाउने, वर्गीय संगठनहरु अलग बनाउने र दक्षिणपन्थी औसरवादका विरुद्ध वैचारिक‐सैद्धान्तिक संघर्षलाई पार्टीभित्र गहिरो पार्ने जुन निर्णय गरेको थियो,त्यो दूरगामी महत्वको थियो । तर ती निर्णयहरू राम्ररी कार्यन्वयन हुन नपाउँदै वार्ता प्रक्रिया सुरु भयो । तर वार्ताका निम्ति जस्तो कार्यादेश अघि सारियो । त्यो बढी प्राविधिक बन्न पुग्यो । राजनीतिक रुपले जुन सवालहरुमा मतभिन्नता प्रकट भएका थिए, ती विषयमा वार्ता हुन सकेन । त्यसले गर्दा विद्रोहको प्रवाहमा अघि बढेको शक्ति नै एकताबद्ध बन्न सकेन । ओली सरकारले भित्रभित्रै अमेरिकासगँ बढाउँदै लगेको साठँगाठको परिणामस्वरूप हाम्रो देश प्रति थोर्पन लागिरहेको असमान सम्झौता एम।सि।सी।बारे पार्टीलाई स्थिर अडानमा राख्न सकिएन। एक हप्ताअघि अस्वीकार गर्ने र एक हप्तापछि अनुमोदन गर्न पुग्दा हाम्रो पार्टीका वरिपरि लहरका रूपमा आर्कषित भइरहेको जनताको पंक्ति पार्टीमा आउनबाट रोकियो । स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अघि बढ्न नसक्दा र गठबंधन माथि मात्र भरोसा गरेर अघि बढ्न खोज्दा पार्टीको बिकास,बिस्तार र बिजयमा नकारात्मक असर पुग्न गयो । जसले गर्दा हामीले हाम्रो यथार्थ जनमत मात्र पनि प्रकट गर्न सकेनौं । पछिल्लो अवधिमा नागरिकता ऐनमा पनि विवादमुक्त बन्न सकिएन । यस्ता कुराहरुबाट हाम्रोजस्तो उदियमान र क्रान्तिकारी पार्टीले अन्त्यन्त होसियारी हुनसक्नुपर्छ । हामीले आम जनताको इच्छा, आकांक्षा, भावना, चाहना र ठोस आवश्यकताहरूलाई हाम्रा नीति र पहलकदमीमा प्रतिबिम्बित गर्न सकेनौँ भने पार्टीको विकास अग्रगति तिर जादैन । त्यो स्थिर हुन्छ र अधोगतितिर लाग्छ । त्यसैले हामीले बिगतमा पार गदै आएको यात्रालाई पटकपटक सिंहावलोकन गर्नुपर्छ । सिंहले जस्तै पछि फर्केर हेर्न सक्नुपर्छ । त्यसबाट शिक्षा लिनुपर्छ र अग्रयात्रा तर्फ नयाँ योजना र संकल्पका साथ अघि बढ्नुपर्छ ।
२० हामीले बिद्रोह मार्फत नँया पार्टी निर्माण गरेको यो एक बर्षमा अरm पनि धेरै अनुभबहरm प्राप्त भएका छन । हामीले बुझ्नुपर्छ कम्यूनिष्ट आन्दोलन भनेको बैचारिक आन्दोलन पनि हो । हामीले बैचारिक‐सैद्धान्तिक संर्घषलाई,बहसलाई र गलत कुराहरmको खण्डन आलोचनालाई सशक्त र ब्यापक बनाउन सकिएन भने आन्देलनमा अग्रगति प्राप्त हुन सक्तैन । हामीले यो अबधिमा खासगरी दक्षिणपन्थी औसरबाद बिरोधी बैचारिक संघर्षलाई जुन शसक्त ढङ्गले अघि बढाउनु पर्ने थियो, त्यो हुन सकेको छैन । पार्टीको केन्द्रीय मुख पत्रको एक अङ्क सम्म पनि निकाल्न सकिएको छैन । पार्टीले बैचारिक, राजनीतिक र सैद्धान्तिक बिचारहरmको प्रवाहलाई अघि बढाउन सकेन भने वैचारिक आन्दोलन र रुपान्तरणमा गति पैदा हुन सक्दैन ।
२१ त्यसैले हामीले आजको तनावपूर्ण र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्छ । बदलिदो राष्ट्रिय परिस्थितिको विश्लेषणलाई त्यतिकै गहिरो गरी विश्लेषण गर्नुपर्छ । साथै पार्टी पुनर्गठनको यो दोस्रो वर्षमा निम्न कामहरु गर्दै सशक्त रुपले अघि बढ्नुपर्छ ।
१. हामीले विगत एक वर्षमा पार्टी निर्माण, विकास, विस्तार र समुन्नतिका क्षेत्रमा प्राप्त भएका अनुभवहरूको समग्र रूपमा संमिक्षा गर्नुपर्छ । त्यस भित्रका नकारात्मक पक्षहरूबाट शिक्षा लिनुपर्छ र सकारात्मक अनुभवहरुलाई अझ सशक्त रुपले अघि बढाउनुपर्छ ।
२. हामीले पुँजीवादी‐जनवादी क्रान्ति सम्पन्न भए पछि मुलुकमा विकसित भएको ठोस सामाजिक–आर्थिक परिस्थिति, बदलिएको समाजको बर्गीय स्थिति, अन्तरविरोधहरूको स्थिति र समाजवादी क्रान्तिको प्रकृयाका बारेमा हाम्रो अध्ययनलाई अझ गहन र गहिरो बनाउनुपर्छ ।
३. उपरोक्त परिस्थितिको गहन अध्ययनसँग माक्र्सवाद‐लेलिनवादका आधारभुत सिद्धान्तहरmलाई गास्तै हामीले नेपाली समाजवादी क्रान्ति र रूपान्तरणका क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य,बाटो र बिधि बिधानहरु सिर्जनात्मक रुपले अझ विकास, व्यवस्थित र समृद्ध बनाउनुपर्छ ।
४. उपरोक्त कार्यदिशा, नीति र सिद्धान्तका आधारमा हाम्रो गौरवमय पार्टीको संगठनात्मक सञ्जाललाई देशव्यापी रुपमा र प्रवासमा अझ ठोस योजनाका साथ विस्तार गर्नुपर्छ । त्यसलाई देशका सबै प्रदेश र जिल्लामा मात्र होइन प्रत्येक पालिका, वडा, गाउँ, टोल र बस्तीहरुमा समेत विस्तार गर्नुपर्छ ।
५. पार्टीलाई बिस्तार गर्ने काममा पार्टी केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरु, प्रदेश कमिटी र जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरु सबैले पूर्व सक्रियताका साथ अघि बढ्नुपर्छ । प्रत्येक कमरेडहरुले पहलकदमी लिनुर्पछ, जनताका बीचमा योजनाबद्ध रूपले जानुपर्छ, जनतासँगका सम्बन्धहरूलाई घनिष्ठ बनाउनुपर्छ,जनआधारलाई फराकिलो बनाउनु पर्छ र जन आधारित क्रान्तिकारी पार्टीलाई तिब्रताका साथ विस्तार गर्नुपर्छ । तब मात्रै एउटा देशव्यापी क्रान्तिकारी पार्टीले आकार लिदै जान्छ ।
६. हामीले पार्टी संगठनको विकासलाई हरेक प्रकारले बर्ग आधारित बनाउँदै लानुपर्छ । हामीले सहरी क्षेत्रमा श्रमजीवि वर्ग, निम्न पुँजीपति वर्गका व्यापक जन समुदाय भित्र केन्द्रित गर्नुपर्छ भने ग्रामीण किसान जनताका बीचमा विशेष गरेर भूमिहीन र गरिब किसान, मध्यम किसानका विचमा पार्टी निर्माण प्रक्रियालाई केन्द्रित गर्नुपर्छ । शहरी क्षेत्र र ग्रामीण क्षेत्र बीचको काममा पनि हामीले ग्रामीण जनताबीचको कामलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । तब मात्र एउटा वर्ग आधारित क्रान्तिकारी कम्युनिष्ट पार्टीको विकास अनिवार्य हुन्छ ।
७. हामीले पार्टी निर्माणको यो प्रक्रियालाई अघि बढाइरहँदा दक्षिणपन्थी औसरवाद विरोधी संघर्षलाई अझ गहिरो र सशक्त बनाउनुपर्छ । ओली गुटको दक्षिणपन्थी औसरवाद भनेको के होरु त्यसको उत्पत्तिका कारण के हुन रु त्यसका ठोस अभिव्यक्तिहरु कस्ता छन् रु त्यसले ल्याउने परिणाम के हुनेछन रु भन्ने कुराका बारेमा गहन विश्लेषण गर्नुपर्छ र दक्षिणपन्थी औसरवादलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठानात्मक, दार्शनिक, सांस्कृतिक र ऐतिहासिक हर हिसाबले गहिरो खण्डन र आलोचना गर्नुपर्छ । कम्युनिष्ट आन्दोलनलाई त्यो दक्षिणपन्थी औसरवादका सम्पूर्ण तुषहरुबाट समेत मुक्त पार्नुपर्छ । तब मात्र हाम्रो पार्टीको सहि क्रान्तिकारी, कार्यदिशा, नीति र सिद्धान्तहरुलाई दरो गरि स्थापित गर्न सकिन्छ ।
८. हामीले पार्टी निर्माणको प्रक्रियालाई हर स्तरका कमिटिहरmबाट प्रचार, संगठन र संघर्षका ठोस योजनाका आधारमा अघि बढाउनुपर्दछ । योजनाबिना अघि बढ्दा हामी कुईराको काग जस्तै बन्ने खतरा हुन्छ । त्यसैले छोटा छोटा अवधिका कार्ययोजनाका आधारमा पार्टी निर्माणका अभियानहरुलाई अघि लानुपर्छ । तब मात्र पार्टी वैचारिक रुपले खदिलो बन्दै जान्छ ।
९. पार्टी निर्माणको प्रक्रियालाई अघि बढाइ रहँदा हामीले कमिटी प्रणालीलाई हर मुल्यमा बलियो बनाउने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । पार्टीका कमिटीहरु निर्माण भएपछि त्यसलाई कमिटी प्रणालीका आधारमा चल्न दिनुपर्छ। माथिबाट हस्तक्षेप वा छिनछिनमा कमिटीका सञ्चालनहरुमा हस्तक्षेप गर्ने काम गर्नुहुँदैन । पार्टीको जनवादी केन्द्रीयताका आधारमा प्रत्येक स्तरका पार्टी कमिटीहरुलाई सुसञ्चालित हुने वातावरण निर्माण गर्नुपर्छ । पार्टीभित्र गुटबन्दी, अराजकता र हस्तक्षेपका कुनैपनि प्रवृत्तिका विरुद्ध कमिटी प्रणालीका आधारमा अन्र्तरसंघर्ष गर्नुपर्छ र पार्टीभित्र कमिटी प्रणालीलाई सुदृढ गर्दै अघि बढ्नु पर्छ । तब मात्र पार्टी प्रणाली बलियो हुन्छ ।
१०. त्यसैगरी पार्टीका वरिपरि जनसंगठनहरुको संजाल फैलिरहेको छ । सवै वर्गीय वा सामुदायिक जनसंगठनहरुलाई सापेक्षित स्वतन्त्रताका साथ उनीहरुलाई तेर्सो्र र ठाडो नेतृत्वका आधारमा अघि बढाउनुपर्छ । उनीहरुलाई ठाडो नेतृत्व सवल बनाउन हर बखत प्रेरित गर्नुपर्छ, उनीहरुलाई आफ्नो खुट्टामा उभिएर अघि बढ्न सबै प्रकारले प्रेरित गर्नुपर्छ र पार्टीको आम नेतृत्व र मार्गदर्शनका आधारमा अघि बढ्ने कुराको सुनिश्चितता पनि गर्नुपर्छ । तर पार्टीले स साना कुराहरुमा पनि हस्तक्षेप गर्ने, उनीहरूलाई स्वाभाविक रूपले चल्न नदिने र उनीहरूको स्वभाविक विकासको गतिमा अवरोध खडा गरिदिने जस्ता काम गर्नुहुँदैन । पार्टीले सबै जन संगठनहरुलाई सामान्य नीतिगत मार्गदर्शनका आधारमा अघि बढाउनुपर्छ, उनीहरmलाई पार्टी कार्यदिशाका आधारमा अघि बढ्ने कुराको सुनिश्चितता गर्नुपर्छ र उनीहरूलाई आफ्नो वर्गीय वा सामुदायिक स्थिति अनुरुप स्वायत्त ढंगले र तीव्र गतिले अघि बढ्न सबै जन संगठनहरुलाई प्रेरित गर्नुपर्छ । त्यसरी मात्र पार्टीका वरिपरि जनसंगठनहरुको व्यापक सञ्जाललाई गतिशिल ढङ्गले संचालन गर्न सकिन्छ ।
११. हामीले पार्टी संगठनलाई देशव्यापी बनाउँदै लगेका छौं । तर सबै पार्टी कमिटीहरुलाई अधिकतम रुपले सक्रिय बनाउँदै लानुपर्छ । प्रत्येक कमिटीहरुलाई योजनाबद्ध रुपले काम गर्ने शैलीमा दीक्षित गर्दै लानुपर्छ । केन्द्रीय कमिटी देखि पारम्भिक कमिटीका सबै कमिटीहरुलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले सक्रिय र गतिशील बनाउँदै अघि बढ्नुपर्छ । कुनै कमिटीहरु सक्रिय बन्न सकिरहेका छैनन् भने तिनीहरूको सहि कारण खोज्नुपर्छ । ती कारणहरूलाई पत्ता लगाउनु पर्छ र ती कारणहरूलाई निराकरण गर्दै ती कमिटीहरुलाई हर प्रकारले सक्रिय बनाउदै अघि बढ्नुपर्छ । तब मात्र पार्टीलाई वैचारिक तथा नीतिगत हिसाबले निर्माण र सञ्चालन गर्न सकिन्छ ।
१२. हामीले पार्टीका वरिपरि रहेका सबै जनवर्गीय संगठनहरुलाई सक्रिय बनाएर अघि बढाउनुपर्छ । हामीले श्रमिकहरु, किसानहरु र महिलाहरुका जन संगठनहरुलाई हर मूल्यमा व्यापक र बृस्तृत बनाउँदै अघि लानुपर्छ । त्यसरी नै विद्यार्थी र युवाहरुका संगठनहरु बढी संवेदनशील र दीर्घकालीन महत्वका हुन्छन् भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन । विद्यार्थी र युवाहरुका संगठनहरुलाई नीतिनिष्ठ,बिधिनिष्ठ ढंगले परिचालन गर्नुपर्छ । उनीहरुका आफ्नै विधिविधान हुन्छन् । उनीहरुका आफ्नै कार्यक्रम र लक्ष्य हुन्छन । तिनीहरुका आधारमा उनीहरुलाई विधिसम्मत ढंगले परिचालन गर्नुपर्छ । उनीहरुलाई पार्टीका सामान्य नीतिगत मार्ग निर्देशनका आधारमा परिचालन गर्नुपर्छ। उनीहरूका ससाना कार्यशैलीगत वा बिधिगत सवालहरुमा पनि पार्टीले हस्तक्षेप गर्नु हुँदैन । त्यसो गर्न थाल्यो भने जन बर्गीय संगठनहरm भित्र गुटबन्दी सिर्जना हुन पुग्छ । त्यसले सम्बन्धित जनसंगठन वा जनसंठनहरुलाई विबादग्रस्त बनाइदिन्छ र उनीहरु भित्रको आपसी सम्बन्धलाई तनावग्रस्त बनाइदिन्छ । हामीले सबै संगठनभित्र प्रकट हुने बैचारिक र कार्यशैलीगत समस्याहरुलाई मैत्रीपूर्ण छलफलद्वारा अस्पष्टता वा भ्रमहरुलाई दूर गर्ने,आपसी मैत्रीपूर्ण सम्बन्धलाई गहिरो बनाउने, आत्मीयता बढाउने,असमझदारीहरुलाई दुर गर्ने र वैचारिक एकतालाई गहिरो बनाउने ढंगले सञ्चालन र समाधान गर्नुपर्छ ।तब मात्र पार्टीका वरिपरि रहेका जन संगठनहरु सकृय, क्रियाशील र एकताबद्ध रmपले गतिशील बन्न सक्छन ।।
१३. हामीले अब पार्टी र जनसंगठनहरु सबैको तथा सिंगो राष्ट्रको समेत एक मात्र भबिष्य वैज्ञानिक समाजवाद हो भन्ने कुरालाई एकदमै प्रष्टहरुले बुझ्न र बुझाउनु पर्छ । समाजबादले मात्र आजको सम्पूर्ण वगीर्य समुदायिक वा अन्य सबै समस्याहरूको समाधान गर्न सक्छ भन्ने कुरालाई हामीले आम जनतालाई नै बुझाउन सक्नुपर्छ । त्यसको प्राप्तिको निम्ति शान्तिपूर्ण संघर्ष र संगठनका सबै रुपहरुलाई अधिकतम रुपमा प्रयोग गर्दै समाजवादका पक्षमा व्यापक जनमत निर्माण गर्नुपर्छ । हाम्रो देशको स्वाधिनतालाइ रक्षा गर्ने,सबै जातिका जनताको एकतालाई घनिष्ट बनाउने र राष्ट्रिय एकतालाई सुदृढ बनाउने काम पनि समाजवादले मात्र गर्न सक्छ । त्यसैले समाजबाद सम्र्पूण नेपाली जनताको उज्यालो भबिष्य हो । त्यसको प्राप्तिका निम्ति दँलाल पुँजीवादका विरुद्ध श्रमिक वर्गको नेतृत्वमा अन्य सबै वर्गहरूको व्यापक एकता निर्माण गर्नुपर्छ ।
१४.समाजवाद प्राप्तिको आन्दोलन हाम्रो देशको वर्तमान विशिष्ट स्थितिमा शान्तिपूर्ण ढंगले अघि बढ्न अनिबार्य छ । किनभने हाम्रो समाजवाद प्राप्तिको आन्दोलन संविधान संमत आन्दोलन पनि हो । त्यसलाई समग्र रुपले र सफलतापूर्वक अघि बढाउनका निम्ति हामीले तीनवटा अमोध अस्त्रहरु निर्माण गर्नैपर्छ । पहिलो, एउटा शक्तिशाली माक्र्सवादी लेनिनवादी सिद्धान्तले युक्त क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तले सुसज्जित भएको, जनआधारित, लोकप्रिय र सक्रिय कम्यूनिष्ट पार्टी । यो पहिलो अमोध अस्त्र हो । दोस्रो, दलाल पुँजीबादका विरुद्ध व्यापक जनसमुदायको संयुक्त मोर्चा। यो दोस्रो अमोध अस्त्र हो । तेस्रो बहुआयमिक बर्ग सघर्ष । त्यो संसदभित्र र बाहिर बाट संचालित हुनेछ ।यी तीनवटै समाजवादी क्रान्ति र रूपान्तरणका अमोध अस्त्रहरm हुन । यी तीनवटै हतियारहरु योजनाबद्ध रूपले निर्माण गरेर मात्र समाजवादी क्रान्तिलाई क्रमशः विजयमा पुर्याउन सकिन्छ ।
१५. यसरी हामीहरु र हाम्रो पार्टी समाजवादी क्रान्तिको बाटोमा अघि बढिरहेको अवस्थामा अहिले फेरी नेपाल र नेपालीका सामु संघीय संसद र प्रदेश संसदको निर्वाचन आएको छ । यो आम निर्वाचन एउटा राष्ट्रव्यापी राजनीतिक अभियान पनि हो । यो अभियान आम जनता सक्रिय र जागरुक हुने औसर पनि हो । यतिबेला आमजनताको सक्रियता पनि उच्च हुने गर्छ । यस्तो बेलामा हाम्रो जस्तो पार्टीका नेता र कार्यकर्ताले पनि अत्यन्त सक्रिय हुनुपर्छ र हाम्रो राष्ट्रव्यापी चुनावी अभियानलाई निम्न उद्देश्य प्राप्तिका निम्ति परिचालन गर्नुपर्छ ।
प्रथमतः हाम्रो पार्टीले गरेको विद्रोहको आवश्यकता र औचित्यलाइ अझ उचाइ र व्यापक परिधिबाट पुष्टि गर्ने ।
दोस्राे हाम्रो पार्टीका क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तहरुको व्यापक रुपले प्रचारप्रसार गर्ने,
तेस्रो, हाम्रो पार्टीका झण्डा र चुनाव चिन्ह कलमलाई देशव्यापी रुपमा लोकप्रिय बनाउने ।
चौथो, यहि अभियानका दौरानमा पार्टीका संगठानात्मक इकाईहरुलाई प्रत्येक पालिका,वर्डाहरु,टोलहरु, गाउँहरु र बस्तीहरू सम्म व्यापक बनाउने ।
पाचौं, पार्टीका वरिपरि रहेका जनवर्गीय संगठनका इकाईहरुलाई यसरी नै देशव्यापी रुपमा विस्तार गर्ने ।
छैटौँ,पार्टीका वरिपरि समाजवादका पक्षमा लाखौँलाख जनताको क्रान्तिकारी जनमत निर्माण गर्ने ।
सातौं, हाम्रो पार्टीका पक्षमा सबै संघीय र प्रादेशिक निर्वाचन क्षेत्रहरुमा बलियो जनआधार निर्माण गर्ने र पार्टी पक्षधर उम्मेदवारहरूको पंक्ति निर्माण गर्ने ।
आठौं, आउने चुनावमा पार्टी र क्रान्तिको हित अनुरुप संघीय र प्रादेशिक संसदमा हाम्रो पार्टीका क्रान्तिकारी समाजवादी सांसद्हरूको बलियो समूह विकास गर्ने ।
नवौँ,त्यो समूहमार्फत संसदीय संघर्षलाई समाजवादको निम्ति वैचारिक‐राजनीतिक आधार तयार पार्ने र विकास निर्माणलाई जनता र राष्ट्रको हित अनुकूल अघि बढाउने ।
१६.उपरोक्त नौवटा उद्देश्य प्राप्तिको निम्ति हामीले आगामी चुनावी अभियानमा पार्टी शक्तिलाई राष्ट्रव्यापी रुपमा परिचालन गर्नुपर्छ । ती उद्देश्य प्राप्तिका निम्ति पार्टीको हितलाई सर्वोपरि राखेर अन्य राजनीतिक पार्टीहरूसँग तालमेलका कामहरुलाई अघि बढाउनुपर्छ । यतिबेला सबै पार्टीहरु तालमेलका पक्षमा छन् । उनीहरु सबै एक वा अर्को रूपमा तालमेल गर्न प्रयत्नशिल छन् । हाम्रो पार्टीले देश,जनता र राष्ट्रको हित तथा समाजवादी क्रान्ति र रुपान्तरणको हितलाई ध्यानमा राखेर तालमेलका कार्यलाई अघि बढाउनुपर्छ र संघीय तथा प्रादेशिक संसदमा पार्टीको सशक्त बिजयलाई सुनिश्चित गर्नुपर्छ ।
१७. हामीले के कुरामा स्पष्ट हुनुपर्छ भने चुनावी अभियान मुलुकमा आवधिक रुपले आइरहने अस्थाई परिघटनाहरु हुन् ।ती प्रक्रियाहरुलाई क्रान्तिकारी ढंगले उपयोग गर्दै आफ्ना कार्यनीतिक लक्ष्यहरु प्राप्त गर्नुपर्छ र आम रूपले ती कार्यनीतिक लक्ष्यहरmलाई पनि पार्टी र क्रान्तिको रणनीति लक्ष्य‐समाजवाद प्राप्त गर्ने दिशातिर अग्रसर बनाउनुपर्छ । त्यसरी मात्र हामीहरु क्रान्तिकारी संसदवादको कार्यनीति प्रयोग गर्दै समाजवाद प्राप्तीको दिशातिर र आम जनता र राष्ट्रलाई अगुवाई गर्न सक्छौं ।
१८. यतिबेला हाम्रो पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेको छ, नेपाली क्रान्तिको विकासका बारेमा जुन निष्कर्ष अघि सारेको छ र समाजबादी क्रान्ति र रुपान्तरणको निम्ति जुन कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारेको छ, ती कुराहरु माक्र्सवादी‐लेनिनवादी विज्ञानको प्रकाशमा वर्तमान नेपाली समाजको ठोस बिश्लेषण माथि आधारित छन् । त्यसैले तिनीहरू सहि छन् । तिनीहरूको प्रकाशमा हामीले पार्टी निर्माण, संयुक्त मोर्चा निर्माण र जनताका बहुआयामिक वर्गसंघर्षहरूको निर्माण गर्ने कामहरु अत्यन्त दृढतापूर्वक अघि बढ्नुपर्छ । हामीले विभिन्न वर्ग,तह र समुदायका जनताका विविधतापूर्ण संघर्षका लहरहरु सिर्जना नगरी समाजवादका निम्ति राष्ट्रिय जनमत निर्माण गर्न सकिन्न । त्यस्ता संघर्षहरुलाई हामीले सदन र सडक दुवै तहबाट विकास गर्ने र अघि वढाउन दृढ प्रयत्न गर्नुपर्छ । क्रान्तिको विकासका निम्ति वर्गसंघर्ष नै मुख्य कडी हो भन्ने कुरा हामीले गहिरो गरी बुझ्नुपर्छ ।
१९. ठीक त्यसरी नै हामी हाम्रो पार्टीलाई एउटा क्रान्तिकारी माक्र्सवादी‐लेनिनवादी पार्टीका रुपमा विकास, विस्तार, एकीकरण र सुदृढीकरण गर्न प्रयत्नशील छौ । पार्टी निर्माणको मुख्य कडी भनेको विचारधारात्मक रुपान्तरण हो । मुलुकमा वैचारिक रुपान्तरणको लहर सिर्जना नगरी पार्टी निर्माणमा गति पैदा हुँदैन । त्यसका निम्ति हाम्रो पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनमा अझै पनि जमेर बसेको दक्षिणपन्थी औसरबादका विरुद्ध देशव्यापी रुपमा वैचारिक‐सैद्धान्तिक संघर्षको एउटा आधीबेहेरी सिर्जना गर्नुपर्छ । दक्षिणपन्थी औसरवादले सिर्जना गरेको वैचारिक त्वाँलो छ्याल्ल ब्याल्ल पार्नुपर्छ र क्रान्तिकारी अग्रगतिको क्षीतिजलाई उधाङ्गो र छ्याङ्ग बनाउनुपर्छ । तब मात्र दक्षिणपंथी औसरबादले ग्रस्त गरेका अन्य समूह भित्र उथलपुथल मच्चिन्छ, बैंचारिक रुपान्तरणको प्रक्रियाले गति लिन्छ, त्यहाँभित्र रहेका असल क्रान्तिकारीहरुका आँखा खुल्छन र उनीहरु एक पछि अर्को विद्रोहका श्रृंखलाहरु सृष्टि गदैँ पार्टी एकिकरणको दिशातिर अघि बढ्छन ।
२०. हामीले छर्लङ्ग देख्नुपर्छ यतिबेला नेपाली कम्यूनिष्ट आन्दोलन करिब एक दर्जन समूहमा विभाजित छ । ती प्रत्येक समूहका नेतृत्वमा एक वा अर्को वैचारिक समस्याहरु छन् । तर ती सबैजसो समूहका आम कार्यकर्ताहरु सहि क्रान्तिकारी कार्यदिशाका आधारमा एउटा एकतावद्ध सशक्त र एकीकृत कम्यूनिष्ट पार्टी निर्माण गर्न चाहन्छन् । यो आम कम्युनिष्ट कार्यकर्ताहरूको चाहना हो । यो आम नेपाली जनताको पनि चाहना हो । आज जनता र आम कम्यूनिष्ट कार्यकर्ताहरूको यो चाहनालाई अगुवाई गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिन हाम्रो पार्टीले तयार हुनुपर्छ । ठुलो सख्यामा कम्युनिष्ट क्रान्तिकारीहरm हाम्रो गतिविधी नियालीरहेका छन् । त्यसैले हामीले समाजवादी क्रान्ति र रूपान्तरणका सहि कार्यदिशा, नीति र सिद्धान्तका आधारमा वैचारिक‐सैद्धान्तिक संघर्षको आधीबहेरी सिर्जना गर्दै अघि बढ्नुपर्छ । त्यसले सिङ्गो कम्यूनिष्ट आन्दोलनमा वैचारिक उथलपुथल, पुर्नगठन,पुनर्विचार,पुन एकता, पुन एकीकरण र एउटा एकीकृत सशक्त कम्यूनिष्ट पार्टी निर्माणको दिशातिर हामी सबैलाई अग्रसर पार्नेछ ।
२१. त्यसैले कमरेडहरु १ हामीले पार्टी पुनर्गठनको उथलपुथल पूर्ण र प्रगतिको प्रथम वर्ष पार गरेका छौ । हाम्रा सामु ठुलठुला चुनौतीहरु पनि छन् र बिराट सम्भावनाहरु पनि अगाडि छन् । हामीले चुनौतीहरुका तालुमा टेक्दै अग्रगतिका विराट सम्भावनाहरुलाई साकार पार्न दृढ कदमका साथ अघि बढ्नुपर्छ । त्यसका निम्ति हामीहरु सबै माक्र्सवाद ‐लेनिनवादको वैज्ञानिक प्रकाशमा नेपाली क्रान्तिको ठोस वास्तविकतालाई अझ गहिरो अध्ययन गरौ, नेपाली समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई अझ विकसित, व्यवस्थित र धारीलो वनाऔँ । तिनीहरूको मार्गदर्शनमा पार्टी र जन संगठनहरुलाई देशव्यापी रुपमा विस्तार गरौं,देशीविदेशी प्रतिक्रियावाद र औसरबादका षडन्त्रहरूको व्यापक रुपले भण्डाफोर गरौँ । दलाल पुँजीवादका विरुद्ध सम्पूर्ण जनतालाई गोलबन्द गरौँ, राष्ट्रियता निम्तिका र उत्पीडित वर्गका बहुआयामिक संघर्षहरुलाई र अभियानहरुलाई योजनाबद्ध रुपले अघि बढाऔं । विचार मिल्ने कम्यूनिष्ट समूहहरुसँग एकताका प्रक्रियालाई पनि अघि बढाऔँ,आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगति को हितमा अधिकतम रुपले उपयोग गरौँ र हाम्रो गौरवमय पार्टी नेकपा ९एकीकृत समाजवादी०लाई पार्टी पुनर्गठनको यो दोस्रो वर्षमा एउटा देशव्यापी, जनव्यापी र सशक्त क्रान्तिकारी पार्टीको रुपमा, समाजवादी क्रान्तिको एउटा अग्रगन्य पार्टीका रूपमा, सहि क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको प्रतिनिधिका रुपमा र नेपाली कम्युनिष्टहरुको नीतिष्ठि र सिद्धान्तनिष्ठ एकता केन्द्रका रुपमा स्थापित गर्न हामी सम्पूर्ण नेता, कार्यकर्ता,समर्थक, शुभेच्छुक, मतदाता सबै नै पार्टीको झण्डामुनि एकताबद्ध भएर अघि बढौं । हाम्रा सामु चुनौतिहरु जतिसुकै भएपनि, हाम्रो बाटो जतिसुकै बाङ्गोटिङ्गो भएपनि हाम्रो पार्टीको विजय सुनिश्चित छ, समाजवादको विजय सुनिश्चित छ ।