रिकेश बिश्वकर्मा(क्षितिज) | समाज | भदौ १६, २०७९
रमाउँदै आमासँग तीज मनाउन पुगेका अमित धामी फर्किदा आमाकै आँखा अगाडि पहिरोले छोपी संसार छोडे।सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बसुन्डोल खोलामा पहिरोमा परी १७ बर्षका आइत बहादुर थामीका छोरा अमित थामीको घटनास्थलमा नै बुधवार दिउँसो मृत्यु भएको छ । अमित धामी मंगल माई माविमा अध्ययनरत एक जेहनदार विद्यार्थी रहेको बताइएको छ ।
अमित धामी परिवारमा आइत बहादुरको तीन सन्तान मध्ये छोरामा कान्छो थिए। तीन सन्तान मध्ये जेठो छोरा पनि आठ नौ वर्ष सम्म राम्रो थिए ।एक्कासि हात गोडा नचल्ने समस्या देखा पर्यो । आफ्नो जेठो सन्तानको हात गोडा नचल्ने पीडामा छटपटाई रहेकी अमित कि आमा अहिले जुन आफ्नो भविष्यको सहारा आफ्नै आँखा अगाडि खोला माथिबाट आएको पहिरोले छोरालाई किच्दा, पहिरोमा परेर चिच्याइरहँदा बिचरा ती आमा मुकदर्शक बन्नु सिवाय कुनै बिकल्प रहेन ।
आमासँगै मामाघर गएका अमित फर्किदा आमा र बहिनी भन्दा अघिअघि हिडिरहेका बेला एक्कासी ठाडो खोलाले छोपिदियो। बिचरा ती अमित लाउ लाउ खाऊँ खाऊँ भन्ने उमेरका अनेकौँ सपना चाहनाहरू छिनभरमै पहिरोमा पुरिएका छन् । आमाले बाल्यकालदेखि दुःख गरी विविध पीडा सहेर हुर्काएको छोरा प्रति राखेको आश, माया , सबै एकाएक आँखा अगाडि नै सपना जस्तै भइदियो।
बसुडोल स्थिति रहेको खोलाले अमितको लागि काल बनिदियो, बाबा आमाको अनेक सपनामा कालो पर्दाले अहिले छेकिदिएको छ ।
त्यही दिन पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बस्नेत पनि नेपाली कांग्रेसको अहिले ‘जनतासँग कांग्रेस’–अभियान सहितको कार्यक्रम मा बाह्रबिसे थिए। पिस्करमा पहिरोले पुरिएर मृत्यु भएको खबर पाउन साथ अरु नेताहरु सहित घटना स्थलमा पुगेर परिवारलाई सम्झाउँदै नगद १ लाख ६ हजार, पाँच थान त्रिपाल, दुई बोरा जिरा मसिना चामल, दाल, तेल, तीन थान ओढ्ने, लत्ताकपडा, अन्य खाद्यन्न, सहयोग गरेका छन् ।
सहयोग गरे तर बिचरा ती आमाको चर्किएको छाती, अनि आफ्नै आखा अगाडि पहिरोले छोपेको यो कालो दिन त कहाँ बिर्सिन सक्नुहुन्छ र ! आमाको काख कहाँ भर्न सकिन्छ र, आफ्नो सन्तानको पीडामा सयौं छाक छोडी बचाउन कोशिश गर्ने ती आमाले आर्थिक सहयोगमा आफ्नो छोरालाई चटक्कै बिर्सिन कहाँ सक्नुहुन्छ र !
सोही ठाउँ माइती भएकी कल्पना धामी बताउँछिन्
अहिले अमितको लागि काल भनेको बसुडोल खोला भोलि कसको लागि काल बन्छ थाहा छैन। त्यस खोलमा पुल हिउँदको समयमा त जसोतसो हिँड्छन् गाउँले हरू तर बर्सातको समयमा भने ज्यान जोखिममा राखेर हिँड्नुपर्छ साह्रै कष्टकर छ। पुल बनाउनको लागि पनि स्थानीय सरकारले कोशिश त गरे तर अहिले सम्म बनेको छैन ।
साथै अरु स्थानीयहरुले भने स्कुल जानको लागि पनि विद्यार्थीहरू त्यही खोलाको बाटो हिँड्नुपर्छ। खेतीपाती गर्न पनि स्थानीयहरु आवतजावत गरिरहनुपर्छ तर खसिरहेको खोलाको पहिरोले कतिखेर ज्यान जाने हो थाहा छैन भन्दै गुनासो व्यक्त गरेका छन्।
साथै त्यस ठाउँ समस्या पर्दा राहत भन्दा नि समस्याको जोखिम न्यूनीकरण गर्न पुल बनाउनको लागि स्थानीय सरकार तथा सम्पूर्ण नेता गणहरूलाई ध्यानाकर्षण गराएका छन्।