लोकसंवाद संवाददाता | समाचार | भदौ १७, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
पार्टीमा उत्पीडित समुदायको नेतृत्व र संघीयता, सुशासन, समृद्धि र समाजवादको २१ औँ शताब्दी सुहाउँदो अग्रगामी विचार र सिद्धान्तबाट प्रेरित भएर पार्टी प्रवेश गरेको नव प्रवेशीहरुले बताए ।