लोकसंवाद संवाददाता | समाचार | भदौ २१, २०७९
महोत्तरी । काङ्ग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेर तल्लो समितिको आधारमा निर्णय लिने अवधारणाको धज्जी उडाइएको छ ।
नेपाली कांग्रेसले सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको काङ्ग्रेस महोत्तरीले जनाएको छ ।
सिफारिसमा पर्नेहरुमा क्षेत्र न.१ प्रतिनिधिसभाको लागी कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र बिनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, बिष्णु देव यादव र प्रतिमा कोइराला छन् ।
प्रदेशको प्रत्यक्षतर्फ क मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन भने ख मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन् । गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ ।
त्यसैगरी ख मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र क को समानुपातिक तर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको काङ्ग्रेस महोत्तरीले जनाएको छ ।
सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले वाकी रहेका सवै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र न.२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सरोज कुमार यादव, ओमसंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।
प्रदेशसभामा प्रत्यक्षतर्फ क मा नागेस्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन । त्यसैगरी ख मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिक तर्फ नागेन्द्र सर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन ।
क्षेत्र न.३ को प्रतिनिधिसभाको समानुपातिक तर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरङ्ग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी ३ जनाको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभाको क मा प्रत्यक्षतर्फ रागबेन्द्र झा, डा. गरिव दास ठाकुर, बिनय यादव छन भने समानुपातिक तर्फ नरेन्द्र झा र अनिता सर्मा छन ।
ख मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
क्षेत्र न.४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि महेन्द्र कुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको काङ्ग्रेस महोत्तरीले जानकारी दियो ।
प्रदेशसभाको क मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, ख तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देस्वर यादव, डा. अशोक यादव क मा र ख तर्फ ललन कुमार सिंह र लिला कुमारी यादवको नाम सिफारिस भएको छ ।
जिल्लाले सिफारिस गरेर पठाएका नामहरु माथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको काङ्ग्रेस जिल्ला सचिवालयले जनाएको छ ।
विशाल बस्नेत/ न्युज कारखाना