लोकसंवाद संवाददाता | समाचार | भदौ २२, २०७९
काभ्राे । भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा तिव्र रूपमा फैलिरहेको रेबिज रोग गाउँ भरी फैलिएपछि विद्यार्थीहरुद्रा जन चेतनाका कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
रेबिज रोग विरुद्ध वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ र श्री सेति देवि मा. वि. रिठ्ठेका, प्रध्यानाध्यापक अमर बहादुर प्रधान सहितको टोलीले शिक्षक शिक्षिका, विद्यालय नर्सको साथमा विद्यार्थीहरुद्वारा रेबिज रोग विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
काभ्रेको भुम्लुमा फैलियो रेबिज, सिंगो गाउँ नै जोखिममा: ५० भन्दा धेरै पशु चौपायाको मृत्यू भन्ने समाचार लोकसंवाद डटकमले प्रकाशन गरेको थियो ।