रिकेश बिश्वकर्मा(क्षितिज) | समाचार | भदौ २४, २०७९
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिकामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेका करिब सय दिनमा केही सामाजिक सुधारका काममा केही प्रशंसनीय कामको थालनी हुँदा हुँदै पनि सडक मर्मत सम्भारका विषय प्राथमिकतामा नपरेको र बजेटदेखि र करारमा राख्ने कर्मचारीमा पक्षपात गरेकाे आरोप लागेको छ ।
भुम्लु गाउँपालिकाले बेलुका ७ बजे अगाडि (जाड रक्सी) मदिरा, लागुऔषध सेवन र बेचबिखन,जुवातास खेल्न र अनावश्यक होहल्ला गरि समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने कार्यलाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको अध्यक्ष प्रेम बहादुर भुजेलले जनाकारी दिएका छन् ।
यी सबै निर्णय कार्यन्वयन गर्न जनचेतना अभिबृद्धि गर्ने र प्रहरी परिचालन गरिने समेत निर्णय भएकाे अध्यक्ष भुजेलले बताउनु भयो । यसको अलवा भुम्लु गाउँपालिका नयाँ नेतृत्व आएसँगै जनताले भुम्लु गाउँपालिकाले गरेको 'वृहत सार्वजनिक श्रम अभियान अन्तर्गत' दोलालघाट घट्टेखोला-डुम्रे सडक खण्डमा दायाँ र वायाँ रहेको अनावश्यक झाडी हटाइ सडक सफा गर्ने कार्यक्रम एकदमै राम्रो काम भएको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् ।
अध्यक्ष र उपाध्यक्ष सहित आफै सहभागी भएर घाँस झाडी पन्छाउँदै गरेको कार्यलाई गर्दा भुम्लु बासीहरूले राम्रो कार्य भनि प्रशंसा गरेका छन् । बिशेष गरी बेलुकीको समयमा सडकमा आवत जावत गर्नलाई अग्ला घाँस र झाडि हरुले अफ्ठ्यारो पारेको तर अहिले केही सहजता स्थानीयले बताएका छन् ।
'भुम्लुको धन, हरियो बन' भने पनि वनबाट खासै उपलब्धि नभएको बताउदै ब्यबस्थित वन बनाउन अनावश्यक झाडी फडानी गरि उपयुक्त बिरुवा लागाई र चक्लाबन्दी वनको बिकास गरी वनलाई पर्यटन गन्तव्य बनाउने, बेल घारी वन, अमला घारी वन गुराँस घारी वन,काफल घारी बन र सालघारी वन निर्माण गर्न आबश्यक परेको भन्दै कल्की लगाएतका बिरुवा रोपिसकेको छ भने अरु बिरुवाहरु रोप्ने कार्यलाई निरन्तरता दिने कार्यक्रम रहेको जानकारी अध्यक्ष भुजेलले दिएका छन् । साथै भुम्लु स्थित ६ आपघाट बेँसीमा धार्मिक वन निर्माणको लागि गरेको वृक्षारोपणको कार्य समेत भइरहेको छ । भुम्लु चौबास्को बबिता कुँवर भन्छिन्- बिरुवा लगेर सम्म ठाउँमा वृक्षारोपण गरिएको छ, तर जहाँ भूक्षय हुन्छ जहाँ पाखा छ पहिरो लड्छ त्यहाँ चाहिँ छैन ।
तर स्थानीयहरुले भने उपयुक्त ठाउँमा वा पहिरो जाने ठाउँमा चाहिँ बिरुवा नरोपेको र सम्म र सजिलाे भु-भागमा मात्र रोपेको गुनासो समेत गर्ने गरेका छन् । उनीहरुले जहाँ पहिरोले लाग्ने ठाउँ छ त्यहाँ वृक्षारोपण गर्न सुझाव समेत दिएका छन् । साथै जनताहरुले दिर्घ रोगीलाई भत्ता, विद्यालय अनुगमन, झोल मल उत्पादन प्रशिक्षण साथै भुम्लुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गरिएकाे पहलको भने प्रशंसा समेत हुन थालेको छ । । नयाँ नेतृत्व स्थानीय सरकारले विद्यालयहरुमा योग, नृत्य शिक्षक राखी शिक्षण गराउने कार्यलाई भने शुभ संकेतका रुपमा लिएका छन् । दोलालघाटको बसपार्क साइडमा र वरपर रहेको अस्थायी टहरा संरचना हटाउन ३५ दिने म्याद दिइएको छ ।
पालिकाको नयाँ नेतृत्व सहितको स्थानिय सरकारलाई केही जनताहरुले भने आलोचना र टिप्पणी मुक्त भने हुन सकिरहेको छैन । बजेट विनियोजनको सम्बन्धमा आफ्नो पार्टीका अध्यक्ष भएको ठाउँमा बढी बजेट पार्ने र नभएको ठाउँमा कम बजेट पार्ने गरेकाे समेत आरोप लाग्ने गरेको छ अर्थात् समानुपातिक बजेट वितरण हुन सकिरहेको छैन ।
त्यसैगरी करार कर्मचारी पदपूर्तिको विज्ञापनमा रुकुमबाट आइ एक प्रकाश खनाल भन्ने परीक्षार्थीले भने आफुले सतप्रतिशत परीक्षामा मिलाए पनि नाम ननिस्केको भन्दै गुनासो गरेका थिए भने परीक्षार्थी खनालले रेकर्ड सार्वजनिक गरेका थिए। जब रेकर्ड बाहिरियो झन आलोचना र टिका टिप्पणीले शिखर मात्र चुमेन सबै करार कर्मचारीमा आफ्ना लाई मात्र राखेको भन्ने आरोप लागि रहेको छ । साथै सवारी चालकको परीक्षामा पनि परीक्षाको समयमा सामेल नै नभएको प्रशिक्षार्थी बैकल्पिक मा नाम निकालेको आरोप लाग्यो । त्यसको जवाफमा पालिकाले 'अर्को दिनमा बोलाएर परीक्षा लिएको' भनी जवाफ दिन बाध्य भएका थिए । परीक्षामा नै सरिक नभएकालाई किन बोलाई बोलाई परीक्षा दिन लगाइयो ? स्थानीयको प्रश्न छ ।
भुम्लुका सुमन शिबभक्ती भन्छन - प्रयोगात्मक र मौखिक परीक्षामा सम्मिलित नै नभै कसरी लिखित परीक्षामा नाम आयो अध्यक्ष ज्यु ? सामाजिक सञ्जालमा त निष्पक्ष भएको छ भनेर भन्नु भएको छ । 'कसरी भयो निष्पक्ष ?' त्यसै गरि स्थानिय भुम्लु चौबास्को बबिता कुँवर भन्छिन् - नीतिगत रूपमा राखेका करार कर्मचारीलाई हटाउने र स्थानीय तहमा स्थानीयलाई प्राथमिकतामा नराख्ने यो कार्यविधिमा परिवर्तन भएको हो ? त्यसलाई वास्ता नगर्ने हो ? करारमा नाम स्थानीयको निस्किँदा नि फाल्ने बाहिरको झोले झाम्टे अनि लेख्दै नलेख्ने लाई फोन को भरमा राख्ने ?
कुँवरको थप गुनासो छ - वनजङ्गल बिनास भैरहेको छ केही अनुगमन छैन वास्ता छैन। नवनिर्वाचित जनप्रतिनिधिहरुले दुःख गरेर चुनाव जितेको छ पुरानो बाइक को चुड्छ नयाँ चुड्नु पर्छ भन्दै खोक्दै बस्ने जसलाई जनताको काम भन्दा बढी आफ्नो सान-सौकत प्यारो भइरहेको छ ।
स्थानिय नेत्र बहादुर कुँवर भन्छन् - करारका कर्मचारी फालेर आफ्नालाई राखियो वडाको बजेट पालिकाले खर्च गर्ने रे ! आफ्ना आसेपासे लाई काम र दाम सुम्पे रे ! अर्का प्रमोद राज गिरीको भनाइ छ- भर्खरै त पहिलो बजेट आउदै छ आउँदो बर्षको बजेट हेरौं अनि लेखौँला । सबैभन्दा बढी गुनासो स्थानीयको धेरै गुनासो रहने गरको छ । समयमा बाटो मर्मतमा ध्यान नदिँदा केही महिना अगाडि भुम्लु गाउँपालिकाको सापिङ १ भोटेटारको सुत्केरी महिलाको नवजात शिशुको ज्यान गएको थियो ।
स्थानीय अमृत खड्का थप्छन् - बिकासको कुरामा त्यो बिरुवा रोप्दै मा बिकास हुFदैन एउटा बाटो गतिलो नभयको कारण बच्चाको ज्यान गयो यो कस्ले जिम्मा लिन्छ । हावा कुराले विकास हुने हो र ? त्यो बिरुवा रोप्ने समय बाटोलाई दिएको भय आज एक सुत्केरी महिलाले आफ्नो काखको बच्चा गुमाउनु पर्ने थियो र ? भुम्लु सापिङका कृष्ण माझी भन्छन् - हामी गरिव दुखि को लागि राम्रो हुन्छ भनेर नै नयाँ स्थानीय सरकारलाई भोट दियौँ र जितायौ तर आज बाटो सम्म मर्मत नभएर शिशु गुमाउनु पर्यो। मलाइ त यस्तो भयो अब अरुलाई यस्तो नहोस स्थानीय सरकारको ध्यानाकर्षण होस । स्थानिय रिता बिश्वकर्माको गुनासो छ - हामीले दलितहरूको लागि धेरै कुराहरु टिपाउँदा एक दुई ओटा सुनुवाइ भयो अति आवश्यक केही भएन दलित भोटको लागि मात्र हो र ? खोइ दलितको लागि के कार्यक्रम सुरु भएको ?
उता गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले केही दिन अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै अबको तीन महिनामा जनताले केही बिकासको आभास गर्न सक्ने बताएका छन् । अध्यक्ष भुजेलले अहिले सम्म आफुहरु निष्पक्ष तरिकाले काम गरेको दाबी गर्दै कर्मचारी पदपूर्ति सम्बन्धि पनि अरुले त्यसरी नै आफ्नो मान्छे राखेको समाचारहरु आइरहेका छन् त्यसैको सिको हेरेर नै आरोप आलोचना र टिका टिप्पणी भइरहेको गुनासो गरे ।