प्रवासी एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल

प्रवासी एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २६, २०७९

 

जापान । नेकपा (एकीकृत समाजवादी) ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला सम्पन्न भएको छ।

नेकपा(एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहाको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको जापानको भेलाले द्रोण सिलवालको अध्यक्षमा २३ सदस्यीय राष्ट्रिय संगठन कमिटी गठन गरेको हो।

राष्ट्रिय कमिटीको तीन जना उपाध्यक्षहरुमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहेका छन्।त्यस्तै सचिव टक्कर कुवँर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन भएका छन्।

त्यसैगरी भेलाले माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, बिश्वास न्यौपाने, निर्प कुवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया,दिनेश खनाल,रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल,  तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ।कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेश राज ज्ञवाली, राजु कार्की ,सागरमणि भण्डारी, भोज राम भण्डारी, प्रकाश महरालाई सदस्यमा चयन गरेको छ।

कमिटीका अध्यक्ष सागर रिजालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथि शाहाले बर्तमान राजनैतिक परिस्थितिको बारेमा र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका तथा दायित्व बारे प्रकाश पार्दे सपथ गराएका थिए।