लोकसंवाद संवाददाता | समाचार | असोज ०८, २०७९
नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारण सभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा,गोपाल तिवारी, महासचिवमा सविन शर्मा सचिवमा प्रगती ढकाल र कोषाध्यक्षको जिम्मेवारी सोमनाथ लामिछानेलाई दिइएको छ ।
सदस्यहरुमा टिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल हुनुहुन्छ भने लेखा समिती संयोजकमा विजयराज पौडेल र सदस्यहरु निमेश अधिकारी र शोभा मानन्धर रहनु भएको नेपाल वातावरण पत्रकार समूह जनाएको छ ।