लोकसंवाद संवाददाता | समाचार | असोज ०९, २०७९
मकवानपुर । नेपाल कृषि मजदुर संगठन मकवानपुर जिल्ला कमिटि गठन गरिएको छ ।
यही असोज आठ गते सम्पन्न एक भेलाले सानुकान्छा मुक्तानको अध्यक्षतामा ९ सदस्य रहेको कमिटि गठन गरेको हो ।
नेपाल कृषि मजदुर संगठन केन्द्रिय कमिटीको उपाध्यक्ष शंखर न्यौपाने बाग्मती प्रदेश इन्चार्ज अर्जुन दहाल र केन्द्रिय कृषि मजदुर संगठनको सल्लाहकार बिभागको प्रमुख मदन रिजालको समेत उपस्थितिमा सम्पन्न भेलाले उक्त कमिटि गठन गरिएको प्राप्त समाचारमा उल्लेख छ ।