प्रकाश बिक | समाज | असोज १२, २०७९
विजय तब भइन्छ जब कसैले हार्नु पर्ने हुन्छ, हार त्यसको हुन्छ जो कमजोर हुन्छ, अशक्त, हुन्छ, असहाय हुन्छ ! असहाय असक्त र कमजोर माथिको विजयलाई हामीले हर्ष उल्लासका साथ मनाउनु र कमजोर वर्गलाई चुनौती दिनु हो !!
हो कुनै समय कालखण्ड त्यस्तो थियो जहाँ आफू बाँच्नको लागि आफूलाई बलियो बनाउनु आवश्यक थियो । आक्रामक हुनु आवश्यक थियो, लडाकु हुन आवश्यक थियो । त्यसैले मानिसको पहिलो हतियार ढुङ्गाको थियो र पहिलो जनावर कुकुर थियो । जसको माध्यमबाट मानिस आत्मरक्षा चाहन्थे अर्थात् सुरक्षित हुन्थे ।
समय क्रम सँगै मानिस कबिलामा बस्न थाले । कबिलामा मुखिया सबैभन्दा बलियो कहलाउन थाले । किन कि एक कबिला अर्को कबिला माथि आक्रमण गर्ने र विजय प्राप्त गरे पश्चात हुकुम चलाउने प्रचलन स्थापित हुँदै आएको छ ।
राज्य शासनमा पनि मानिस आक्रामक हुँदै आयो । एक राज्यले अर्को राज्य हडप्ने, युद्ध गर्ने गरेको इतिहास छ । त्यसैले त्यतिबेला मानिस आफूलाई बलियो बनाए मात्र यो धर्तीमा जीवित रहन सकिन्छ भन्ने विचारबाट प्रेरित र विस्तार हुँदै आएको विगत रहँदै आएको छ । त्यसबेला पनि जसको जीत हुन्थ्यो उसलाई सबैले मान्नु पर्ने बाध्यता थियो । यो त विगत अर्थात् मानिसको सामाजिकीकरणको चरण थियो ।
तर अहिलेको समाज भनेको मानवता वादी समाज हो । अहिलेको समाज विजय र युद्धमा जित्नेको मात्र हुँदैन । शान्ति चाहनेको पनि हुन्छ । सहयोग गर्नेको पनि हुन्छ । माया सदभाव बाँड्नेको पनि हुने गरेको छ ।
आज विजय हतियार उठाउने को मात्र होइन, अर्काको जिम्मेवारी उठाउने को पनि हुने गरेको छ अर्थात् आजको समय विजय सैनिक बलले जित्ने मात्र होइन मन मष्तिष्कले जित्नेहरूको हाे ।
आजको समय अझ परिष्कृत मानवता वादी समाजको आवश्यता छ । जुन समाजमा दिनहुँ हुने बलात्कार, हत्या हिंसा, विभेद र चोरीका घटनाको परिकल्पना सम्म गरिदैन ।
तर विडम्बना नै भन्न पर्छ हाम्रो आजको समाज हिंस्रक बनि रहेको छ । कुनै औषधीले न छोइरहेको सन्दर्भमा मानिस मात्र लाई मानव र मानवताको पाठको बिकल्प छैन ।द दशैं अर्थात् विजय दशमी पनि त्यही विजयको उपजका रुपमा लिंदै अनेकौं विजय मध्य एक मान्दै र मनाउँदै आएको पर्व हो ।
रामायणका अनुसार राम विजय दशमी अर्थात रावणलाई मरेको दिनलाई मानेको उल्लेख छ । विक्रम सम्वत १८२५ मा पृथ्वी नारायण शाहले किर्तिपुर माथिको विजय पछि गोरखाबाट हनुमान ढोकाको दसैँ घरमा फूलपाती भित्र्याएर मनाउने परम्परा बसेको र विजय दशमी धुमधामले मनाउँदै आएको मानिन्छ र सोही दिन लाई फूलपाती दिवस भनेर निरन्तरता दिइँदै आएको छ ।
कुनै कालखण्डमा घटेका अमानवीय घटनालाई जीवित राख्न अर्थात् सचेत बनाउन ठुलो समय र धनराशी खर्च गरिरहेका हुन्छौ । दशै पर्वका नाममा हाम्रो पैसा राख्ने सन्दुक र बैंकको खातलाई नै धक्का पुग्ने गरी खर्च गर्ने गर्दछौँ ।
सकी नसकी नयाँ लुगा किन्ने पर्ने बाध्यता छ । हामीसँग लुगा प्रसस्त हुँदा हुँदै पनि । घरैमा खसी ढाल्नै पर्ने, घरमा खाने चार जना भए पनि । नयाँ सवारी साधन खरिद गर्नु पर्ने । कर्जा गरेर भए पनि । वास्तवमा केका लागि मात्र हो विजय दशमी मनाउने भनेको ?
विजय दशमीको आफ्नो आफ्नो मौलिक मान्यता छ । विजय दशमी मध्ये एउटा अशोक विजय दशमी पनि हो । सम्राट अशोक राज्य अभिषेक भएको आठ वर्ष पछि ईसपूर्व २६१ मा क लिंग माथि विजय प्राप्त गरेका थिए । सो युद्धमा एक लाख भन्दा बढि मानिसले मृत्युवरण गरेका थिए भने एक लाख पचास हजार मानिसलाई बन्दी बनाएको थियो भने इतिहासहरूमा पढ्न पाइन्छ ।
यो दृश्य देखेर राजा सम्राट अशोकको मनमा गहिरो चोट परेको थियो र उहाँको मन हिंसाबाट अहिंसा तिर गएको थियो र सम्राट अशोकले शान्तिको बाटो अबलम्बन गरेका थिए र बुद्ध धर्मलाई आत्मसाथ गरेका थिए त्यही दिनलाई अशोक विजय दशमीको रूपमा मनाउँदै आएको कसै कसैको तर्क रहँदै आएको छ ।
मौर्य शासनको अन्तिम राजा वृहदत्तको हत्या पुस्यमित्र शुङ्गले ईशा पूर्व १८५ मा षड्यन्त्र पूर्ण तरिकाले गरिएको र मौर्य वंशका दश वटा राजा चन्द्र गुप्त मौर्य, बिन्दु सार, सम्राट अशोक, कुणाल मौर्य, दशरथ मौर्य, सम्प्रति मौर्य, सलिशुक मौर्य, देववार्मन, शतदन्वा र वृहद्रथ गरी दश राजाको वंशको अन्त्य गरी शुङ्ग वंशको स्थापना गरेको दिनलाई विजय दशमीका मान्न थालिएको मत राख्नेहरूको पनि कमि छैन ।
लमजुङमा प्रत्येक वर्ष विजय दशमीको दिन दौड प्रतियोगिताबाट राजा छान्ने चलन रहेको कुरा पनि पढ्दै र पढाउँदै आएको विषय हो । त्यही मौका परी द्रव्य शाहले लिगलिग कोटमाथि सन् १६१५ मा आक्रमण गरी त्यहाँका राजाको हत्या गरेर विजय उत्सव मनाएको दिन लाई विजय दशमीको झन् बढावा हुँदै आएको तर्क गर्ने गरिन्छ ।
त्यस्तै रामायणका अनुसार राम विजय दशमी अर्थात रावणलाई मरेको दिनलाई मानेको उल्लेख छ । विक्रम सम्वत १८२५ मा पृथ्वी नारायण शाहले किर्तिपुर माथिको विजय पछि गोरखाबाट हनुमान ढोकाको दसैँ घरमा फूलपाती भित्र्याएर मनाउने परम्परा बसेको र विजय दशमी धुमधामले मनाउँदै आएको मानिन्छ र सोही दिन लाई फूलपाती दिवस भनेर निरन्तरता दिइँदै आएको छ ।
नेपालमा जमरा कहिलेदेखि चलनचल्तीमा आयो खासै भन्न नसकिए पनि विज्ञ र इतिहास कारका अनुसार जमरा इरानबाट नेपाल भित्रिएको मान्नेहरु पनि छन् । कसरी इरानको जमरा नेपाल भित्रियो भन्ने प्रश्नमा इरानमा नौ रोज या नी नयाँ वर्षमा जमरा राखिन्छ तर त्यो जमरा छोपेर नराखेको हुँदा हरियो हुन्छ त्यसलाई इरानी भाषामा 'सब्जी' भन्ने गरिन्छ ।
इतिहासकार हरुको दावी रहँदै आएको छ- लिच्छविहरूको पुर्खौली थलो खोज्दै जाने हो भने इरान पुग्नु पर्ने हुन्छ । त्यसैले नेपालमा जमरा इरानको संस्कृति बाट भित्रिएको हो । यसरी हामीलाई राजा महाराजाले जे जे गरे त्यही त्यही अनुसरण गर्दै गयौं र निरन्तरता दिँदै गयौं वास्तवमा सही के हो गलत के हो हामीले आफ्नो बुद्धि विवेकले कहिले सोच्न नै नपाएको अवस्था विगतलाई नियाल्दा देखिन्छ ।
हाम्रो आजको समाजलाई के आवश्यक छ ? त्यता तिर ध्यान दिँदैनौ । हामी हाम्रो संस्कृति भन्दै आँखा चिम्लेर अन्ध भक्त भएर पहिलेका ऐतिहासिक घटनालाई निरन्तरता दिँदै आयौ र आफ्नो वर्षौं सम्म पाई पाई जम्मा गरेर राखेको पैसा नसोची नबुझी दसैं र दीपावलीका नाममा अन्धाधुन्ध खर्च त गरिरहेका छैनौँ । हैसियत अनुसार चाडबाड मनाउन सचेत र सतर्क रहँदै कुरीति कुसँस्कारको अन्त्य गर्दै वैज्ञानिक समाजको विकास तर्फ अग्रसर हुने हो कि ?