लोकसंवाद संवाददाता | समाचार | असोज १४, २०७९
काठमाडौँ । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरूलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको श्री गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश ३३,२५०रुपयाँ , ३८,००० रुपयाँ, ३८,००० रुपयाँ, ३८,००० रुपयाँ, १७,१००रुपयाँ, २८,०७७.२५ रुपयाँ, र ३८,००० रुपयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो।
बैंकले सो बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजना अनुसार खाता वालालाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।