चित्रकुमार सुवेदी | साहित्य | असोज १५, २०७९
म राजा बन्न चाहान्छु
गँड्यौला देशको
कम काइदा हुन्छ
गँड्यौला देशको राजा बन्न
किनकी
गँड्यौला प्राकृतिक हलो
ताछ्नु पर्दैन
खुर्किनु पर्दैन
ठाडो हुन्छ कि घोसे
केहि चिन्ता पर्दैन
न गोरु
न जुवा
न हल्लुँडो
गँड्यौलालाई कुट काट फाल निचोर चिमोट
गँड्यौला उफ्र नाच गाउँ खेल खाउँ रमाउ
गँड्यौलाले प्रतिक्रिया जनाउँदैन
त्यसैले ,
म निश्फ्रिक्री शासन गर्न
विवाद रहित शासन गर्न
एक्लै सधै राज गर्न
म राजा बन्न चाहान्छु
गँड्यौला देशको
जहाँ
गँड्यौला मात्रै बस्छन्
म विरोध सहँदैन
मेरो कुरा काटेको मलाइ मन पर्दैन
आलोचक समालोचक
देख्दै रिस उड्छ
म ख्याउकी ख्याउकी
लाउकी नलाउकी
आगन पुरेर
बलेसीमा पोखरी वनाउँ कि
डाँडामा लिङ्गो गाडौँ कि
गैरोमा पानी जमाउ
कसैले विरोध गर्न पाइदैन
म जे गर्छु
सबैले ठिक भन्नुपर्छ
त्यो त मान्छेको बस्तीमा सम्भव छैन
त्यसैले ,
म गँड्यौला देशको राजा बन्न चाहान्छु
गँड्यौला ,
घरी अगि सर्छ
घरी पछि सर्छ
त्यो उसको विशेषत हो ।
कमजोरी हो ।
म पनि मान्छे रुपी गँड्यौला हु ।
म बस्दिन भूपि दाई ,
तपाईँले देख्नु भएको
यो हल्लै हल्लाको देशमा
दिन रात
नसुती नसुती १८ घन्टा खट्दा पनि
नदेख्ने विरोधी मान्छेहरुको वस्तीमा
म ,
अब
शान्तिपूर्वक शासन गर्न
गँड्यौला देशको राजा बन्न चाहान्छु
मेरो एउटै एजेन्डा
सपना बाड्न चाहान्छु
मेरो सपना
गँड्यौलालाई बोल्ने बनाउने