बाबुहरि ज्ञवाली | जीवनदर्शन | जेठ १४, २०७६
ईश्वरीय शक्तिद्वारा संसार सञ्चालन भइरहेको छ भन्नेबारे वैज्ञानिकले पनि नकार्न सकेका छैनन् । ईश्वरले प्राणीलाई आफ्नो स्वभाव अनुसारको कर्म गर्न प्रेरणा दिन्छन्, त्यसमा आग्रह हुँदैन । त्यही कारण मनुष्यले आफ्नो कामना, ममता, आशक्तिको वशिभूत भएर अनेकौँ कर्म गरिरहेको हुन्छ ।
मनुष्य जन्म कर्म–योनि हो । मनुष्यबाहेक अरु कुनै प्राणीको जन्म कर्म गर्नका लागि हुँदैन । ईश्वरमा पनि नयाँ कर्म गर्ने क्षमता हँुदैन, उनीहरू आफ्ले पहिलो जन्ममा गरेका शुभकर्महरूको फल भोग्नका लागि मात्र हुन् । तर, ईश्वरले मनुष्यलाई कर्मको सामग्रीहरू दिन सक्छन् ।
मानव शरीर ‘आफ्नो उद्धार आफैं गर’ भन्नका लागि प्राप्त भएको हो । आफ्नो अनुकूल–प्रतिकूल रूपले प्राप्त परिस्थितिको सदुपयोग गरेर मानिसले आफ्नो भविष्यको निर्माण आफैं गर्नुपर्छ र आफूले गरेका सुकर्म तथा दुष्कर्मको परिणाम पनि भोग्नु नै पर्छ ।
ईश्वरसँग प्रेम गर्नु, ईश्वरको प्रार्थना गर्नु, ईश्वरको स्वरूपको ध्यान गर्नु र आज्ञाको पालना गर्नु मानिसको कर्तव्य हो । ईश्वर प्रेममा अनुप्रणित भएर जसले मानव जातिको सेवा तथा प्राणी मात्रको कल्याणको लागि काम गर्छ, त्यो कार्य वास्तवमा ईश्वरको उपासनाको एक अंगको रूपमा मानिन्छ । यस्ता व्यक्तिलाई ईश्वरले कार्य क्षेत्रमा विशेष प्रेरणा दिन्छन् । त्यस्ता व्यक्तिले कुनै प्रकारको अभिमान नलिइकन जे–जस्ता कार्य गर्छ, ईश्वरको पे्ररणा अनुसार नै गर्छ ।
देश भन्नु त्यहाँँका जनता, त्यहाँका सस्ंकृति, जाति, धर्म भाषाको ऐक्य रूप हो । जाति, धर्म, सम्प्रदाय, वाद, भाषा तथा क्षेत्रीयताको आधार लिएर परस्परमा अविश्वास एवं घृणाको भाव फैलाएर समाज तथा देशको हित हुन सक्दैन ।
ईश्वरप्रति अगाव प्रेम राख्ने व्यक्तिले समस्त मानव जाति ईश्वरको सन्तान हो भन्ने दृढ विश्वासका साथ उसको सुख, समृिद्ध, कल्याण तथा उद्धारका लागि निरन्तर प्रयत्न गर्छ । यही मानव प्रेमले उसको कर्म पूर्णता हुन्छ ।
तस्मिन् प्रीति स्तस्य प्रियकार्मसाधनञ्चे–न्युपासना ।
अर्थात् ईश्वरमा प्रेम तथा ईश्वरको इच्छा अनुसारको काम गर्नु यथार्थमा ईश्वरको उपासना हो, भक्ति हो ।
आध्यात्मिक प्रवृित्त तथा त्यसप्रति अभिरुचि नराख्ने कतिपय व्यक्ति ऐस–आरामको जिन्दगी नै यथार्थ हो भन्ने ठान्छन् र भौतिक सुखका सामग्री जुटाउनुमा सदा प्रयत्नशील रहन्छन् भने कतिपय मानिसको सर्वोपरि ध्येय एवं साध्य राजनीति हुन्छ । त्यस्ता व्यक्ति राजनीतिबाट मात्र देशको सर्वांगिण विकास हुन्छ भन्ने विश्वासमा रहन्छन् । देश भन्नु त्यहाँँका जनता, त्यहाँका सस्ंकृति, जाति, धर्म भाषाको ऐक्य रूप हो । जाति, धर्म, सम्प्रदाय, वाद, भाषा तथा क्षेत्रीयताको आधार लिएर परस्परमा अविश्वास एवं घृणाको भाव फैलाएर समाज तथा देशको हित हुन सक्दैन ।
शक्ति प्रयोग गरेर आफ्नो कार्य क्षेत्रभन्दा बाहिरका मानिसप्रति गरिने कटु व्यवहारले समाजमा जुन विशृंखलताको स्थिति उत्पन्न हुन्छ, त्यसको परिणाम देशले भोग्नु पर्ने हुन्छ । त्यसैले समयमै सचेत बनेर सुन्दर, सभ्य समाजको निर्माणमा लाग्नु आजको आवश्यकता हो ।
आधुनिक राजनीतिका जन्मदातामध्ये एक प्रमुख मानिने इटालीका मैजिनीले धर्मले समाजमा मातृभाव एवं समाजसेवाको महान् तत्वलाई उदास बनाउँछ र समाजलाई शान्त एवं सुरक्षित राख्छ भनेका छन् । उनले भनेका छन्– धर्मको अभिप्राय असीम एवं अनन्तको भावना, अज्ञात एवं अदृश्यलाई प्राप्त गर्ने आकांक्षा ईश्वरलाई बुुद्धिद्वारा सम्झने आन्तरिक इच्छासँग छ, जुन प्रत्येक मनुष्यको अन्तःकरणमा निहित हुन्छ र उसको जीवनसँग घनिष्ट सम्बन्ध राख्छ ।
देशको पुनरुत्थान गर्न चाहने नेतृत्व वर्गमा नैतिक सुधारको पनि जिम्मेवारी रहन्छ । नैतिक सुधारबिनाको कुनै पनि सगंठनको माने रहँदैन । धार्मिक भावनालाई पन्छाएर मर्यादित समाजको निर्माण सम्भव छैन ।
संगठनभित्रको मनुष्यको वास्तविक स्वरूपले उसको वास्तविक स्थिति एवं चरित्रलाई स्वीकार गर्छ, आफ्ना प्रवृत्तिलाई निश्चित गर्छ र आचरणलाई आफ्नै अनुरूपको बनाउन चाहन्छ । यसरी ऊ आफ्नो कार्यक्षेत्रबाट विचलित हुन सक्छ । आध्यात्मिक प्रवृत्तिमा उसलाई सही दिशानिर्देश गर्न सक्ने शक्ति विद्यमान छ ।
धर्मको मर्मलाई नबुझी अन्धानुकरण गर्ने कतिपय मानिसको प्रवृत्तिलाई देखेर ‘धर्म अफीमको नशा हो’ पनि भनियो र सांस्कृतिक क्रान्तिको नाममा आफ्नो परम्परालाई नै नष्ट गर्ने प्रयास पनि गरियो । तर, आध्यात्मिक बलको आधारबिना कडा नियम–कानुनले मात्र मर्यादित समाजको निर्माण हुन सक्दो रहेनछ भन्ने महसुस गरियो ।
अतः ईश्वर–निर्देशित मार्गको अवलम्बन गर्दै आफ्नो नैतिक जिम्मेदारीको पालना गर्नु आजको मानवजातिको एक मात्र उपाय हो, किनकि ईश्वरबाहेक मानवजातिको उद्धारक अर्को विकल्प छैन ।