नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालकै सबैभन्दा पुरानो र उच्च प्राज्ञिक संस्था भएको कुरा सबैलाई अवगत नै छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जनस्तरको पहल, बालचन्द्र शर्माको राजनीतिक पहुँच र तात्कालिक कवि राजा महेन्द्रको साहित्य, कला आदि वाङ्मय प्रतिको प्रगाढ अनुरागको प्रति फलस्वरूप नेपाली भाषा, साहित्य, संस्कृति, कला, विज्ञान, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायतका प्राज्ञिक विधाहरूको समयानुकूल सर्वाङ्गीण विकास, विस्तार, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०१४ मा नेपाली साहित्य कला एकेडेमी नामबाट स्थापना भएको र काल क्रममा नेपाल एकेडेमी, रायल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामबाट सञ्चालित यस प्राज्ञिक संस्थाको नेतृत्व नेपाली वाङ्मयका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूले समय समयमा गर्दै आउनुभएको स्थितिप्रति समेत समस्त प्राज्ञिक जगत् जानकार नै छ ।
२०६४ सालमा जारी नेपाल प्रज्ञा–प्रतिष्ठान ऐनअनुसार भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरी ५ ओटा विषय क्षेत्रमा विशिष्टीकृत यो प्रज्ञा–प्रतिष्ठान नेपालको बहु भौगोलिक र बहु प्रतिकृतिका साथै बहुजातीय, बहु सामाजिक, बहुसांस्कृतिक र बहुभाषिक विशिष्टतालाई केन्द्रमा राखेर प्राज्ञिक गतिविधिका माध्यमबाट नेपालको गौरवलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने काममा अनवरत क्रियाशील रहँदै आएको छ । उपर्युक्त विषय क्षेत्र अन्तर्गत रहेर विभिन्न प्रकारका अध्ययन÷अनुसन्धान, अनुवाद, गोष्ठी, सम्मेलन, कार्यशाला, प्रकाशन आदि कार्यहरू सम्पन्न गर्ने एवम् अनुसन्धान र सिर्जनाका क्षेत्रमा क्रियाशील साधकहरूलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म सम्मानित र पुरस्कृत गर्ने जिम्मेवारी पनि यस प्राज्ञिक संस्थाले वहन गर्दै आएको छ ।
यिनै जिम्मेवारीहरूलाई पूरा गर्ने अभिभारासहित ऐन र नियमले निर्दिष्ट गरेको व्यवस्थाअनुसार प्रत्येक ४ वर्षका लागि कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद्का सदस्यहरू र प्राज्ञ सभाका सदस्यहरूको नियुक्ति/मनोनयन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षकज्यूको संयोजकत्वमा गठित २ जना विज्ञसहितको सिफारिस समितिको सिफारिसमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकज्यूबाट हुने व्यवस्था रहेको पनि विज्ञ समुदायलाई जानकारी नै छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान पदाधिकारीहरूमध्ये कुलपति र सदस्य सचिवको नियुक्ति तात्कालिक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक श्री रवीन्द्र अधिकारीज्यूको संयोजकत्वमा गठित समितिको सिफारिसमा तात्कालिक सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री केपी शर्मा ओलीज्यूद्वारा २०७५ असोज २१ गते भएको र उपकुलपति र प्राज्ञ परिषद्का सदस्यहरू तथा प्राज्ञ सभाका सदस्यहरूको नियुक्ति÷मनोनयन सोही समितिको सिफारिसमा २०७५ पुस १ गतेका दिन भएको पनि अवगत नै छ ।
उक्त नियुक्ति/मनोनयनअनुसार कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको चार वर्षको कार्यकाल २०७९ असोज २० गतेसम्म रहेको र २०७९ असोज २१ गतेदेखि सकिने एवम् उपकुलपतिलगायत प्राज्ञ परिषद्का सदस्यहरू र प्राज्ञ सभाका सदस्यहरूको कार्यकाल २०७९ मङ्सिर मासान्तसम्म रहने र २०७९ पुस १ गतेदेखि सकिने बेहोरासमेत जानकारी गराउँदछौँ । यस ४ वर्षको कार्यकालमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को दुष्प्रभावजन्य प्रतिकूलताका अवस्थामा समेत नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहासका गौरवपूर्ण उपलब्धिहरूलाई संस्थागत गर्दै वर्तमान नेपालको सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन प्रणालीअनुरूप नीति, योजना र कार्यक्रम तर्जुमासहित उल्लेखनीय प्राज्ञिक, प्रशासनिक÷व्यवस्थापकीय तथा भौतिक निर्माण÷सुधारसँग सम्बन्धित कार्यहरू गर्न सकिएको बेहोरा सम्बद्ध साधक तथा स्रष्टालगायत सबैमा जानकारी गराउन पाउँदा खुसी लागेको छ । यस अवधिमा सम्पादन गर्न सकिएका केही महत्वपूर्ण कार्यहरू निम्न लिखित छन् ।
प्राज्ञिक अनुसन्धान तथा प्रकाशन
राष्ट्रको प्राज्ञिक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानमा रहेका ११ ओटा विभाग र केन्द्रीय योजनाअन्तर्गत रहेर आ.व. २०७५/७६ मा ५० ओटा, २०७६/७७ मा ८३ ओटा, २०७७/७८ मा ८३ ओटा र २०७८/७९ मा ९३ ओटा गरी चार आर्थिक वर्षमा ३०९ ओटा विभिन्न विषय क्षेत्रसँग सम्बन्धित प्राज्ञिक अनुसन्धानका कार्यहरू सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि हालसम्ममा लगभग तीन दर्जन अनुसन्धान प्रक्रिया अगाडि बढेकामा केही सम्पन्नसमेत भइसकेका छन् ।
नेपालका विभिन्न मातृभाषाबाट नेपालीमा आई प्रचलनमा रहेका शब्दहरू र नेपाली भाषाका विभिन्न भाषिका अन्तर्गत प्रचलित शब्दहरूलाई समेत समेटेर १ लाख २८ हजारभन्दा बढी शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (प्रथम संस्करण) तयार गरी प्रकाशन गरिएको छ । देश/विदेशमा रहेका ५५०० भन्दा बढी नेपाली लेखक/कलाकारहरूको परिचय समेटिएको ‘लेखक–कलाकार परिचय कोश’ का साथै पूर्वको ओलाङचुङगोलादेखि पश्चिमको लिपुलेकसम्मका महत्वपूर्ण भौगोलिक, प्राकृतिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक स्थलहरूसँग सम्बन्धित कलात्मक तस्बिरहरू समेटिएको ‘तस्बिरमा नेपाल’ कृति नेपालीमा र Nepal in Images अङ्ग्रेजी भाषामा प्रकाशन भएका छन् ।
वर्तमान सङ्घीय गणतन्त्र नेपालका सातओटै प्रदेशको भूगोल र प्रकृतिका साथै त्यहाँको जनजीवन र तिनका भाषा, साहित्य, कला, संस्कृति, इतिहास, पुरातत्व, शिक्षा, प्रशासन आदि पक्षहरू समेटिएका अलग अलग सातओटा प्रादेशिक ग्रन्थ र तिनको सारसङ्क्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक बृहत् ग्रन्थ निर्माण परियोजनासहित आवश्यक बजेट नेपाल सरकारसँग माग गरिए तापनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को नियन्त्रणमा राज्यले ठुलो लगानी गर्नुपरेको परिस्थितिमा बजेट व्यवस्था हुन नसकेकाले आफ्नै आन्तरिक स्रोतबाट भए पनि मधेस प्रदेशको परिचयात्मक ग्रन्थ ‘मधेस दर्पण’ तयारीसहित प्रकाशन गर्न सकिएको छ ।
प्रज्ञा–प्रतिष्ठानको स्थापनादेखि विभिन्न कालखण्डमा प्रकाशन भएका तर हाल अप्राप्य अवस्थामा रहेका र आम पाठकहरूबाट माग भइरहेका महत्वपूर्ण ग्रन्थहरूलाई आवश्यकता र औचित्यका आधारमा पुनः प्रकाशन गरिएको छ, जसमा– भरतमुनिको नाट्यशास्त्र, अमरकोश, नेपाली निघण्टु, कौटिल्यको अर्थशास्त्र, शुक्रनीति, पूर्वीय काव्यशास्त्र, पाश्चाŒय काव्यसिद्धान्त, नेपालका प्राचीन अभिलेख, डिभाइन कमेडी, विश्वसाहित्यको रूपरेखा, नेपाली साहित्यकोश, श्रीमद्वाल्मीकि रामायण (नेपाली भाषा पद्यानुवाद), नेपालनिरूपण, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रिक सिद्धान्त ज्यौतिषको तुलना, लिच्छवि संवत्को निर्णय, चीनका प्राचीन कथा, चुयाँ (चिनियाँ नाटक), नेपाली बृहत् शब्दकोश (दसौँ संस्करण), आई.ए. रिचर्ड्सको साहित्यिक सिद्धान्त, एरिस्टोटल र उनको काव्यशास्त्र, जर्ज लुकासको साहित्य सिद्धान्त, नेपाल माहात्म्य, शैली विज्ञान, नेपाली लिपि प्रकाश, नेपालको संस्कृतिका केही पक्ष, नेपालमा बुद्ध धर्म, नेपालको इतिहासका स्वर्णिम पृष्ठ, नेपालको इतिहासका विविध पक्ष, नेपाली अलङ्कार परिचय, नेपाली वाङ्मय: केही खोजी केही व्याख्या, माध्यमिक कालीन कवि र कविता, माध्यमिक कालीन नेपाली गद्याख्यान, समको दुःखान्त नाट्यचेतना, संस्कृत साहित्यको सिंहावलोकन, ईशादि नौ उपनिषद्, नेपाली मूर्तिकलाको इतिहास, नेपाली धातुमूर्तिकलाको इतिहास, पशुपति प्रत्यभिज्ञा, तन्त्र सर्वस्व, चूडानाथ भट्टरायका पौरस्त्य दार्शनिक कृतिहरू (योगप्रबोध, न्यायप्रदीप, विशेषार्थ सिद्धि, अद्वैतचूडामणि, मीमांसामयूख, दर्शनसमुच्चय, दर्शनकौस्तुभ र साङ्ख्यविवेक), कन्फेसन्स, जनताको शत्रु, आर्य जगत्का महाविभूतिहरू, मुन्धुम, चिनियाँ साहित्यको दिग्दर्शन, नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, नेपाली काव्यमा प्रकृति, सुवर्ण प्रभाससूत्र, महाभारत शान्तिपर्व, पञ्चदशी, नेपाली उखानको विषयात्मक अध्ययन, कृषि विज्ञान शब्दकोशलगायत अनेकौँ ग्रन्थहरू छन् ।
‘सनातन संस्कृति विश्वकोश’, ‘नेपाली दर्शन’, ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, ‘प्रज्ञा नेपाली लोककथा’ ‘नेपाली लोकवार्ताकोश’, ‘सहिद स्रष्टा परिचयकोश’, ‘नेपाली कविताको प्रादेशिक इतिहास’, ‘गण्डकीको शिल्पी समुदायका मन्त्रसम्पदा’, ‘बौद्ध दर्शन ः सरल अध्ययन’, ‘बोटे भाषाको व्याकरण’, ‘कुसुण्डा भाषाको व्याकरण’, ‘प्रज्ञा नेपाली समालोचक कोश’, ‘प्रज्ञा आधुनिक नेपाली कथा कोश’, ‘प्रज्ञा आधुनिक नेपाली लघुकथा’, ‘दर्शनबोध’, ‘मातृभाषाको रूपरेखा भाग १ र २’, ‘धिमाल भाषाको व्याकरण’, ‘नेपाली राष्ट्रिय संस्कृतिको विकासमा मगर पुजारीहरूको भूमिका’, ‘केवरत लोकजीवन’, ‘वैदिक संस्कृतिमा राष्ट्रवाद’, गोविन्द भट्टका कविता, ‘प्रज्ञा आधुनिक नेपाली प्रतिनिधि गजल’, आधुनिक नेपाली छन्दकवितामा युगबोध’, समकालीन नेपाली कवितामा युगबोध, समकालीन नेपाली कवितामा समावेशिता, समकालीन नेपाली कवितामा पहिचानको स्वर, ‘सर्वार्थ योगवाणी’, ‘विश्वधर्म’ (अनुवाद), ‘समकालीन नेपाली कविताको शिल्प’, ‘काव्य विमर्श २०७७’, ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता र प्रवृत्ति’, लेखनाथ ज्ञवालीका कविता र काव्य, दाहाल यज्ञनिधिका कविता र गीतहरू, ‘प्रज्ञा भोजपुरी कथा’, ‘प्रज्ञा नेपाली कथा’, ‘प्रज्ञा नेपाली बाल गजल’, ‘द भ्वाइस अफ नेपाल’, महर्षि याज्ञवल्क्यः’ (नेपालीबाट संस्कृत भाषामा अनुवाद), ‘भारतीय दर्शनमा के जीवित र के मृत छ ?’ (अनुवाद), ‘अन्तरदेशीय नेपाली कथाहरू’, ‘नेपाली बालसाहित्यको इतिहास’, ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, ‘साङ्ख्यदर्शन र माक्र्सवाद’, ‘उत्तर अमेरिकी नेपाली कविता’, ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’, ‘भारतीय नेपाली कविता’, ‘नेपाली समालोचना’ (हिन्दी अनुवाद), ‘मातृभाषा साहित्यको रूपरेखा’ (भाग १–३), ‘मानवयात्रा ः सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’, ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’, ‘अनुवाद सन्दर्भ ग्रन्थ’, ‘नेपाल–बङ्गलादेश सम्बन्ध’, ‘द्वन्द्ववाद र पौरस्त्य दर्शन’, ‘महाभारतकालिक समाज र दर्शन’, ‘नेपाली समालोचनाको इतिहास’, ‘दर्शनावली’ (भाग ५–९), ‘नेपालका जातीय सामाजिक संस्कार’ (भाग ५–८), ‘लोकसाहित्य सिद्धान्त’, ‘नेपाली लोकविश्वास’, ‘सेलेक्टेड चिल्ड्रेन स्टोरिज फ्रम नेपाल’, ‘डिस्कोर्स अन ट्रान्स्लेसन, अनुवाद सिद्धान्त’, आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध’, प्रज्ञा समकालीन नेपाली कथा विमर्श’, ‘नेपाली लघुकथा र कथाकारहरू’, ‘नेपाली आख्यानमा शरीरराजनीति’, ‘महानन्द सापकोटाका कविता’, ‘गोविन्द भट्टका निबन्धहरू’, ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, ‘नेपाली नेपाली गीतिकविता’, ‘प्रज्ञा समकालीन नेपाली समालोचना’, ‘प्रज्ञा समकालीन नेपाली नियात्रा’, ‘दलित साहित्यको इतिहास’, दुरा जातिका लोककथाहरू’, ‘किराती लोकसाहित्य’, ‘मगही लोककथा सङ्ग्रह’, ‘साङ्ख्यदर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, ‘नेपालको दर्शनपरम्परा’, ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’, ‘कर्णालीमा प्रचलित दर्शनपरम्परा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘शैव तथा शाक्त दर्शन’, ‘नयराज पन्तका गणितीय चिन्तन’, ‘क्लासिफाइड बिब्लियोग्राफी अफ नेपाली ल्याङ्ग्वेज एन्ड लिङ्ग्विस्टिक्स’, ‘हिटलर र यहुदी’ (अङ्ग्रेजी अनुवाद), ‘हिन्दी कहानी सङ्ग्रह’ (नेपाली अनुवाद), ‘ध्वनिताविक समालोचना’, ‘प्रज्ञा उपन्यास विमर्श’, ‘नेपालमा संस्कृत शिक्षा’, ‘कर्णाली प्रदेशः विगत र वर्तमान’, ‘वैदिक यज्ञ र यज्ञपात्र’, ‘चिनियाँ दर्शन’, पौरस्त्य दर्शनको सैद्धान्तिक रूपरेखा’लगायत २५० भन्दा बढी नयाँ अनुसन्धानात्मक कृतिहरू प्रकाशन भएका छन् भने अनेकौँ कृतिहरू प्रकाशनका निम्ति निर्णय भई मुद्रणका क्रममा रहेका छन् ।
नेपालमा बोलिने आधा दर्जनभन्दा बढी मातृभाषाका शब्दकोशहरू प्रकाशन भएका छन्; जसमा ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ (अद्यावधिकसहित पुनः प्रकाशन), ‘प्रज्ञा अवधी–अवधी–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘प्रज्ञा नेपालभाषा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ ‘भुजेल–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘प्रज्ञा–तामाङ–अङ्ग्रेजी शब्दकोश’ प्रमुख छन् ।
पत्रपत्रिका प्रकाशनतर्फ
२०७६ सालबाट बालबालिकामा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने गरी अर्धवार्षिक ‘बाल प्रज्ञा’ पत्रिका प्रकाशन प्रारम्भ गरिएको छ र यसलाई निरन्तरता दिइएको छ ।
अर्धवार्षिक शोध पत्रिकाका रूपमा प्रकाशन गरिँदै आएको ‘प्रज्ञा’ लाई २०७६ देखि विज्ञ समीक्षित शोधपत्रिकाका रूपमा स्तरोन्नति गरी प्रकाशनमा नियमितता दिइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अङ्ग्रेजी भाषामा प्रकाशन हुँदै आएको Journal of Nepalese Literature, Art and Culture लाई नाम परिवर्तन गरी Journal of Nepalese Studies बनाइएको छ र यसलाई समेतPeer-reviewed journal रूपमा प्रकाशन प्रारम्भ गरी निरन्तरता दिइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट त्रैमासिक रूपमा प्रकाशन हुने गरेको समाचारप्रधान पत्रिका ‘प्रज्ञा गतिविधि’ लाई प्रज्ञासंवाद स्तम्भ र सम्पादकीय स्तम्भ थप गरेर गुणस्तरीय तुल्याइएको छ र त्यसलाई निरन्तरता दिइएको छ ।
गद्यप्रधान त्रैमासिक साहित्यिक पत्रिका ‘समकालीन साहित्य’, पद्यप्रधान चौमासिक साहित्यिक पत्रिका ‘कविता’, बहुभाषिक अर्धवार्षिक पत्रिका ‘सयपत्री’, नेपाल भाषाको अर्धवार्षिक साहित्यिक पत्रिका ‘थाय्भु’, मैथिली भाषाको वार्षिक साहित्यिक पत्रिका ‘आङन’, लिम्बू भाषाको वार्षिक साहित्यिक पत्रिका ‘फक्ताङलुङ’, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाको अनुवादमूलक वार्षिक पत्रिका ‘रूपान्तरण’ र भोजपुरी भाषाको वार्षिक साहित्यिक पत्रिका ‘महुआ’ नियमित रूपमा प्रकाशन भएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, सांस्कृतिक आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठी
चीन, भारत, बङ्गलादेश, पाकिस्तान, इजरायललगायतका देशहरूका प्रज्ञा–प्रतिष्ठान÷लेखक सङ्घहरूसँग दुई पक्षीय सम्बन्ध कायम गरी पारस्परिक सांस्कृतिक आदान–प्रदान कार्यको थालनी गरिएको छ ।
विश्वका ५० भन्दा बढी देशहरूसँगको प्राज्ञिक सहकार्यका लागि सम्बन्ध विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको ‘लिट्रेरी नेटवर्क अफ बिआरआई’ (एलएमबिआर) अन्तर्राष्ट्रिय संस्थाको सह संस्थापकका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठान आबद्ध रहेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा २०७५ कार्तिकमा त्रिदिवसीय ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौँ सम्मेलन’ र २०७६ असोजमा साताव्यापी ‘चीन तथा दक्षिण एसिया दोस्रो साहित्य सम्मेलन’ भव्यतापूर्वक सम्पन्न गरिएका छन् ।
पाकिस्तानको इस्लामावादमा पाकिस्तान एकेडेमी अफ लेटर्सको आयोजनामा सन् २०१९ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्रतिनिधित्व भएको छ भने सन् २०२० को जनवरीमा इजरायलको तेलअबिबमा नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसनबिच द्विपक्षीय सांस्कृतिक आदान–प्रदान सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले चिनियाँ साहित्यबाट उत्कृष्ट चिनियाँ कथा र समकालीन चिनियाँ कविता, पाकिस्तानी साहित्यबाट पाकिस्तानी महिला लेखन, बङ्गलादेशका बङ्ग बन्धुका जेलडायरी, बङ्गबन्धुका अधुरा संस्मरणहरू, एसियाका विभिन्न देशका कविताहरू आदिको नेपाली अनुवाद गरी प्रकाशन गरेको छ भने विभिन्न देशका समकक्षी प्रतिष्ठानहरूले नेपालका १३५ जनाभन्दा बढी कविका कविताहरू समेटिएको The Voice of Nepal कृतिको चिनियाँ, उर्दु, बङ्गाली आदि भाषामा अनुवादसहित प्रकाशन गरेका छन् । यी कार्यबाट नेपाल प्रज्ञा–प्रतिष्ठान र समान स्तरका वैदेशिक प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध थप प्रगाढ बनेको छ ।
विश्वभर छरिएर रहेका नेपाली भाषी साधकहरूलाई केन्द्रमा राखेर ‘अन्तरदेशीय नेपाली कथा’, ‘उत्तर अमेरिकी नेपाली कविता’, ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’, ‘भारतीय नेपाली कविता’, ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ जस्ता कृतिहरू प्रकाशन गरिएका छन् । यसबाट भौगोलिक दृष्टिले अलग अलग सीमामा बाँधिएका नेपालीहरूका बिचमा भावनात्मक एकतालाई संवर्धन गर्न टेवा पुगेको महसुस गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भाषा, साहित्य, कला, संस्कृति विभाग, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घलगायतका विभिन्न साहित्यिक सङ्घसंस्थाहरूसँगको सहकार्यमा विश्वभरि छरिएका नेपाली साधकहरूलाई जोडेर अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरू गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।
राष्ट्रिय स्तरका विभिन्न गोष्ठी, सम्मेलन र कार्यशाला
नेपाल प्रज्ञा–प्रतिष्ठानले आर्थिक वर्ष २०७५÷७६ मा ८७ ओटा, २०७६÷७७ मा ५१ ओटा, २०७७÷७८ मा ३६ ओटा र २०७८÷७९ मा ५२ ओटा गरी चार वर्षमा काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न ठाउँमा २२६ ओटा गोष्ठी÷सम्मेलन र कार्यशाला सम्पन्न गरेको छ । यीमध्ये २०७५ सालमा दैलेखको दुल्लुमा ‘बृहत् वाङ्मय सङ्गोष्ठी र दुल्लु सांस्कृतिक महोत्सव’, झापाको दमकमा ‘प्रदेश नं १ स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी’, २०७६ सालमा लालबन्दीमा ‘प्रदेश नं २ स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी’, २०७६ सालमा नै सुर्खेतमा ‘कर्णाली प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी’, २०७७ सालमा नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी’, २०७८ सालमा विराटनगरमा ‘प्रदेश नं १ स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी’, २०७९ सालमा मुस्ताङको कोबाङमा ‘मुस्ताङ वाङ्मय सङ्गोष्ठी’ जस्ता विशेष गोष्ठीहरू मुख्य छन् ।
नेपालमा विधिवत् स्थापना भई सञ्चालनमा रहेका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रसँग सम्बद्ध संस्थाहरूसँग सहकार्य गर्ने नीति अनुरूप यस अवधिमा समेत प्रज्ञा–प्रतिष्ठानले विभिन्न क्षेत्रमा विचार–गोष्ठीलगायतका कार्यक्रमहरू गरेको छ । हरेक वर्ष मातृभाषा दिवसका दिन भाषा आयोग र युनेस्कोसँगको सहकार्यमा मातृभाषासम्बन्धी विचार गोष्ठी तथा मातृभाषा कविता महोत्सव सम्पन्न गरिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आयोजना हुने राष्ट्रिय कविता महोत्सवलाई थप व्यवस्थित बनाइएको छ । प्रज्ञा गजल महोत्सवको थालनी गरिएको छ ।
भानु जयन्ती, मोती जयन्ती, देवकोटा जयन्ती, लेखनाथ जयन्ती, सम जयन्तीका साथै विभिन्न अन्य स्रष्टाहरूको जन्मजयन्तीलाई औपचारिक कार्यक्रम गरेर मनाउने परम्परालाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइएको छ ।
अन्तर्राष्ट्रिय दर्शन दिवस र विश्व कविता दिवसलाई क्रमशः विचार–गोष्ठी तथा काव्य–गोष्ठी आयोजना गरेर भव्यतापूर्वक मनाउने परम्परालाई अगाडि बढाइएको छ ।
प्रशासनिक/व्यवस्थापकीय सुधार
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासनिक तथा व्यवस्थापकीय काम कारवाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी तुल्याउन निम्नानुसारका कार्यहरू गरिएका छन्ः
‘नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सेवासम्बन्धी नियमावली–२०६७’ लाई निजामती सेवा नियमावलीसँग तालमेल हुने गरी ‘नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सेवासम्बन्धी (पाँचौँ संशोधन) नियमावली–२०७७’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
‘नेपाल प्रज्ञा–प्रतिष्ठान आर्थिक प्रशासनसम्बन्धी नियमावली–२०६७’ लाई नेपाल सरकारको सार्वजनिक खरिद ऐन र नियमावली तथा आर्थिक कार्यविधिसँग तादात्म्य रहने गरी ‘नेपाल प्रज्ञा–प्रतिष्ठान आर्थिक प्रशासनसम्बन्धी (तेस्रो संशोधन) नियमावली–२०७९’ निर्माण गरेर कार्यान्वयनमा ल्याइएको छ ।
‘नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा पुरस्कार मापदण्ड तथा कार्यविधि–२०६९’ र ‘नेपाल प्रज्ञा–प्रतिष्ठान मानार्थ प्राज्ञ सदस्यता एवम् आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि–२०६९’ लाई समयसापेक्ष संशोधन गरेर अद्यावधिक गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान सेवाका कलाकार तथा कर्मचारीहरूका पदनाम, श्रेणी, सेवा/समूह र आवश्यक न्यूनतम शैक्षिक योग्यताको निर्धारण गरी नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सेवासम्बन्धी (पाँचौँ संशोधन) नियमावली २०७७ को अनुसूचीमा समावेश गरिएको छ ।
‘नेपाल प्रज्ञा–प्रतिष्ठान उत्कृष्ट कर्मचारी पुरस्कारसम्बन्धी कार्यविधि–२०७८’ तर्जुमा गरी प्रत्येक वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कलाकार तथा कर्मचारीहरूमध्ये उत्कृष्ट ठहरिएका एक जनालाई पुरस्कृत गर्ने परम्परा प्रारम्भ गरिएको छ ।्
नेपाल प्रज्ञा–प्रतिष्ठान सेवाका कुनै पनि पदहरू रिक्त हुनेबित्तिकै सेवा आयोग मार्फत् पूर्ति गर्ने प्रक्रियालाई प्रभावकारी तुल्याइएको छ ।
देश/विदेशमा रहेका नेपाली लेखक÷साहित्यकारहरूलाई परिचय–पत्र प्रदान गर्ने उद्देश्यले ‘नेपाल प्रज्ञा–प्रतिष्ठान लेखक÷साहित्यकार परिचय–पत्रसम्बन्धी कार्यविधि–२०७७’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य तथा मानार्थ प्राज्ञ सदस्यहरूले स्वास्थ्यले साथ दिएसम्म वर्षमा कम्तीमा एउटा कृति लेखेर प्रज्ञा–प्रतिष्ठानमा बुझाउनुपर्ने वा दुई ओटा प्रवचन वा विचार–गोष्ठीमा अवधारणा–पत्र प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था प्रारम्भ गरिएको छ ।
श्रेणी विहीन कर्मचारी भर्ना गर्दा समेत विज्ञापन गरेर परीक्षा लिई छनोट गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।
भौतिक विकास तथा निर्माणतर्फ
२०१९ सालमा निर्माण प्रारम्भ भई २०२७ सालमा सम्पन्नतासहित समुद्घाटन भएको र २०७२ सालको भूकम्पले क्षति पु¥याएको प्रज्ञा भवनलाई रेट्रोफिटिङ (प्रबलीकरण) गर्ने कार्य सम्पन्न गरिएको छ ।
प्रज्ञा परिसरमा रहेको प्रज्ञा पुस्तकालय भवन परिसरमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा स्थापना गरिएको छ ।
नेपाली साहित्यका विराट् प्रतिभा, नेपाल प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकार एवम् संस्थापक सदस्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँको मैतीदेवीस्थित घर (कविकुञ्ज) र उक्त घरले चर्चेको बाह्र आना एक दाम जग्गा नेपाल सरकारको सहयोगमा गुठी संस्थानको स्वामित्व यथावत् कायम रहने गरी हकभोग नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत ल्याइएकोमा उक्त कविकुञ्जलाई सबलीकरण गर्न सकिने÷नसकिने सम्बन्धमा विशेषज्ञ प्राविधिकहरूको समिति गठन गरिएको र उक्त समितिले सो घर अत्यन्त जीर्ण भएकाले सबलीकरण गर्न नसकिने बरु उक्त घरको स्वरूप जस्ताको तस्तै रहने गरी पुनर्निर्माण गर्नुपर्ने रायसहितको प्रतिवेदन दिएबमोजिम सम्मानित सर्वोच्च अदालतको आदेश र पुरातŒव विभागको समन्वय र परामर्शमा साबिकको कविकुञ्जको स्वरूप दुरुस्त आउने गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको निर्माण सम्पन्न गरिएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा उक्त सङ्ग्रहालय निर्माणका लागि खुला प्रतिस्पर्धामार्पmत छनोट भएको ठेकेदार कम्पनी बिकोई–एम.के.जे.भी.सँग २०७८ साउन १२ गते रु. ७,११,७२,३९४/४३ (अक्षरेपि सात करोड एघार लाख बहत्तर हजार तीन सय चौरानब्बे रुपियाँ र त्रिचालिस पैसा मात्र) मा निर्माण सम्झौता भएकोमा उक्त सम्झौताअनुसारको निर्माण कार्य रु.५,४६,०४,७१४/१२ (अक्षरेपि पाँच करोड छयालिस लाख चार हजार सात सय चौध रुपियाँ र पैसा बाह्र मात्र) मा सम्पन्न गरिएको छ र उक्त सङ्ग्रहालयको समुद्घाटनसमेत यही २०७९ असोज १४ गते शुक्रवारका दिन गरिसकिएको छ ।
प्रज्ञा परिसरमा लगभग ६ दशक अगाडि बनेका र लामो समयदेखि जीर्ण अवस्थामा रहेका ग्यारेजलाई जीर्णाेद्धार र मर्मतसम्भार गरी पुस्तक बिक्री कक्ष तथा विभिन्न प्रशासनिक कक्षहरू सञ्चालन गर्न सकिने गरेर तिनको सञ्चालन गरिएको छ ।
प्रज्ञा भवनको वरिपरि रहेका बगैँचा, फूलबारी, डबली, पोखरी र त्यसमा पानीको फोहोरा, स्रष्टाहरूका प्रतिमा स्थलमा चौतारो निर्माण र पेटी निर्माण आदि कार्य सम्पन्न गरिएका छन् ।
प्रज्ञा–प्रतिष्ठानमा रहेका विभिन्न प्रवचन कक्ष तथा सभाकक्षहरूलाई स्रष्टाहरूका नाममा नामकरण गरी प्रवचन कक्ष–१ लाई ‘लेखनाथ प्रवचन कक्ष’, प्रवचन कक्ष–२ लाई ‘पारिजात प्रवचन कक्ष’, प्रदर्शनी कक्षलाई ‘भानुभक्त कक्ष’, पुरानो पुस्तकालय कक्षलाई ‘देवकोटा सभाकक्ष’, नयाँ पुस्तकालय कक्षलाई ‘सिद्धिचरण सभाकक्ष’ र ठुलो प्रेक्षा लयलाई ‘प्रज्ञा सम प्रेक्षा लय’ नामकरण गरिएको छ र ठुलो प्रेक्षा लयको बाल्कोनीसहितको सिट सङ्ख्या १३२३ कायम गरी प्रविधिमैत्री एवम् वातानुकूलित बनाइएको छ ।
प्रज्ञा छापाखानालाई अत्याधुनिक, व्यवस्थित र सुविधासम्पन्न बनाइएको छ ।
साहित्यिक पत्रिका सहयोग र राष्ट्रिय प्रतिभा उपचार सहयोग
नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत सञ्चालित साहित्यिक पत्रिका सहयोग कोषका नाममा जम्मा भएको मूल पुँजीको व्याजबाट प्रत्येक वर्ष देशभरबाट प्रकाशन भएका साहित्यिक पत्रिकाहरूबाट दरखास्त आह्वान गरी उनीहरूको निरन्तरता र गुणस्तरीयता मूल्याङ्कनका आधारमा वर्गीकरण गरी सहयोग उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको छ । यसअन्तर्गत २०७४ सालका लागि ५० ओटा, २०७५ सालका लागि ५७ ओटा, आर्थिक वर्ष २०७६/७७ का लागि ३३ ओटा र आर्थिक वर्ष २०७७÷७८ का लागि ५८ ओटा साहित्यिक पत्रिकाहरूलाई सहयोग उपलब्ध गराइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत सञ्चालित राष्ट्रिय प्रतिभा उपचार सहयोग कोषका नाममा जम्मा भएको मूल पुँजीको व्याजबाट प्रत्येक वर्ष देशका विशिष्ट साधकहरूलाई राष्ट्रिय प्रतिभा उपचार सहयोग कोष सञ्चालन कार्यविधिका आधारमा उपचारका लागि आर्थिक सहयोग गर्ने कामलाई निरन्तरता दिइएको छ । यसअन्तर्गत आर्थिक वर्ष ०७५/७६ मा २४ जना, आर्थिक वर्ष ०७६÷७७ मा ९ जना, आर्थिक वर्ष ०७७÷७८ मा २२ जना गरी जम्मा ५५ जना लेखक तथा कलाकारहरूलाई उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
प्रज्ञा–प्रतिष्ठानलाई प्रविधिमैत्री बनाउन गरिएका काम
‘नेपाली बृहत् शब्दकोश’लाई मोबाइल एपमा राखेर विश्वभर पु¥याउने कार्य सम्पन्न भई दुई लाखभन्दा बढीले उक्त शब्दकोश डाउनलोड गरी लाभ लिइरहेका छन् भने ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’लाई पनि एपमा लैजाने कार्यको थालनी गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको वेबसाइटलाई पुनर्निर्माण गरी www.nepalacademy.org.np लाई www.nepalacademy.gov.npमा परिवर्तन गरिएको छ । पुनर्निर्माण गरिएको वेबसाइटमा अनलाइन लाइब्रेरी, अनलाइन सभाकक्ष आरक्षण र भाडा रकम भुक्तानी, प्रज्ञा समाचार पोर्टल आदि रहने व्यवस्था गरिएको छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानको आफ्नै फेसबुक पेज र युट्युब च्यानल सञ्चालन गरिएका छन् । त्यस्तै अनलाइनबाट नै प्रज्ञाका पुस्तक तथा पत्रिकाहरू खरिद गर्न मिल्ने गरी नेपाल प्रज्ञा–प्रतिष्ठान इ–बुक एप सञ्चालनमा ल्याइसकिएको छ ।
‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘नेपाली बृहत् शब्दकोश’, ‘नेपाली–अङ्ग्रेजी शब्दकोश’ तथा विभिन्न मातृभाषाका शब्दकोशहरूलाई राख्न मिल्ने एकीकृत डाटा बेसको निर्माण गरिएको छ ।
लेखक/साहित्यकार परिचय–पत्र वितरण र विभिन्न प्रज्ञा पुरस्कारहरूको स्थापना
नेपाली भाषा तथा मातृभाषामा कलम चलाउने सम्पूर्ण लेखक तथा साहित्यकारहरूलाई परिचय–पत्र दिने कार्यको थालनी गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रदान गर्ने पृथ्वी प्रज्ञा पुरस्कार, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (पहाडी÷हिमाली र तराई/मधेस) लगायतका पुरस्कारहरूलाई यथावत् राखी नेपालको राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन विशिष्ट योगदान गरेका विदेशी साधकहरू मध्येबाट प्रत्येक ३ वर्षमा एक जनालाई तीन हजार अमेरिकी डलर बराबरको रकमसहित प्रदान गर्ने गरी नेपाल प्रज्ञालङ्कार, नेपाल बाहिर रहेर नेपाली साहित्यको श्री वृद्धिमा विशिष्ट योगदान गरेका साधकहरू मध्येबाट प्रत्येक २ वर्षमा एक जनालाई दुई लाख नेपाली रुपियाँ सहित प्रदान गर्ने गरी भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, नेपाली भाषामा लिखित वाङ्मयलाई नेपालका मातृभाषा र अन्तर्राष्ट्रिय भाषामा तथा नेपालका मातृभाषा र अन्तर्राष्ट्रिय भाषामा लिखित वाङ्मयलाई नेपाली भाषामा अनुवाद गरी विशिष्ट योगदान गरेका साधकहरू मध्येबाट प्रत्येक २ वर्षमा १ जनालाई दुई लाख रकमसहित प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार नयाँ पुरस्कारका रूपमा थप गरिएका छन् । साथै संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र विषय क्षेत्रका लागि एउटा मात्र पुरस्कारको व्यवस्था भएकोमा २०७९ देखि अलग अलग प्रदान गर्ने गरी नेपाल प्रज्ञा संस्कृति पुरस्कार, नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार र नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार स्थापना गरिएका छन् । यी सबै पुरस्कार २०७९ सालसम्मका लागि तत् तत् क्षेत्रका साधकहरूलाई नियमानुसार प्रदानसमेत गरि सकिएका छन् । पृथ्वी प्रज्ञा पुरस्कारको राशि चार लाखबाट वृद्धि गरेर पाँच लाख पुर्याइएको छ । साथै राष्ट्रिय कविता महोत्सव पुरस्कारको राशिसमेत वृद्धि गरी प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कविहरूलाई क्रमशः पचास हजार, चालिस हजार र तीस हजार पुर्याइएको छ ।
अन्त्यमा
नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा आफ्नो विशिष्ट समय उपलब्ध गराई हामीलाई कृतार्थ तुल्याउनुहुने सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू एवम् सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक र प्रशासनिक/व्यवस्थापकीय अभिभारासहितको पदीय जिम्मेवारी प्रदान गर्ने तात्कालिक सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री केपी शर्मा ओलीज्यू तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सभा, वार्षिक उत्सव, भानुजयन्तीलगायतका कार्यक्रममा सशरीर समुपस्थितिसहित प्रज्ञा–प्रतिष्ठानलाई अपुग बजेट उपलब्ध गराएर सहयोग गर्नुहुने वर्तमान सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री शेरबहादुर देउवाज्यूप्रति पनि हामी आभार प्रकट गर्दछौँ ।
हामीलाई नियुक्ति/मनोनयनका लागि सिफारिस गर्ने तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रवीन्द्र अधिकारीज्यूप्रति हार्दिक श्रद्धाञ्जलिसहित कृतज्ञता जाहेर गर्दछौँ । २०७५ सालदेखि २०७९ को अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका तात्कालिक र वर्तमान मन्त्रीज्यूहरूलगायत राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने माननीय सदस्य, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरू, महाशाखा प्रमुखज्यूहरूलगायत कर्मचारीहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, आजीवन सदस्यहरू, मानार्थ प्राज्ञ सदस्यहरू, विभिन्न सङ्घ/संस्थासँग सम्बद्ध लेखक साहित्यकारहरू, स्वतन्त्र लेखकहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका गतिविधिहरूलाई प्राथमिकताका साथ जनसमक्ष सम्प्रेषण गरी सहयोग गर्ने विभिन्न श्रव्य–दृश्य र छापा सञ्चार माध्यम एवम् तीसँग सम्बद्ध सञ्चारकर्मी मित्रहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका सबै तहका कर्मचारीहरू, सुरक्षाकर्मीहरूलगायत सम्पूर्णमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् र प्राज्ञ सभाका तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।
कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको कार्यकाल सकिएकै मितिदेखि उपकुलपतिलगायत प्राज्ञ परिषद्का अन्य सदस्यहरू र सभाका सदस्यहरूको कार्यकाल नियमानुसार कायम रहने अवधि २०७९ मङ्सिर मासान्तसम्म अर्को नियुक्ति नभएको अवस्थामा निमित्त कुलपतिका रूपमा डा. जगमान गुरुङलाई र निमित्त सदस्य सचिवका रूपमा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेललाई क्रमशः कुलपतिले र सदस्य सचिवले गर्ने सबै काम गर्ने गरी जिम्मेवारी प्राज्ञ परिषद्को बैठकबाट तोकिएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अधिकार प्रत्यायोजन सम्बन्धी पत्र समेत प्राप्त भइसकेको बेहोरा सम्बद्ध सबैमा जानकारी गराउँदछौँ । प्रज्ञा–प्रतिष्ठानलाई विगतमा जस्तै यहाँहरूबाट अनवरत सहयोग, सद्भाव र शुभेच्छा प्राप्त भइरहने अपेक्षासहित बिदा हुन्छौँ ।
(२०७९ असोज २० गते कुलपति गङ्गाप्रसाद उप्रेतीले र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिको पूर्ण पाठ ।)