सुशीला शर्मा | दृष्टिकोण | असोज २८, २०७९
युवालाई समाजको भविष्य भनेर पनि सम्बोधन गरिन्छ । यूवा पुस्ताले समाजको बर्तमान स्थितिलाई नवीकरण, ताजा र कायम राख्ने भूमिका खेल्न सक्छन् । जब यूवाहरुले सामाजिक समस्याहरु समाधान गर्न आफ्नो बिचार र उर्जाले योगदान गर्छन, तब उनीहरु एक सक्षम व्यक्तित्व बन्न सक्छन् । साथै उनीहरुले आफ्नो मात्र नभएर अरुको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्छन् । भन्छन नि युवाले सजिलो को अपेक्षा गर्न हुँदैन् । सजिलो बाटोबाट सधै बिकास पनि हुँदैन् ।
यूवा संस्कृति रुचि, शैली व्यवहार संगित, विश्वास, शब्दावली, कपडा र खेलकुद तथा 'मूभि मसला' तथा डेटिङसँग बढी सम्बन्धित देखिन्छ बर्तमान समयमा । अर्को एउटा पाटो पनि छ जुन हाम्रो जस्तो अविकसित देशमा बहुतै झांगिएको पाईन्छ । त्यो थपिएको संस्कृति भन्नू कि पाटो भन्नू युवाहरु बीचको गसिप, दुर्व्यवहार यौन हिंसा आदि । यूवा संस्कृतिको पछाडिको अवधारणा भनेको किशोर किशोरीहरु समाजभित्रका पुराना पुस्ताहरूको मुख्य संस्कृतिभन्दा भिन्न मानदण्ड, आचरण र मूल्य मान्यता भएका उप संस्कृति हुन भनेर पनि कुनै विद्धानले उल्लेख गरेका छन् ।
विश्व जनसंख्याको १६ प्रतिशत यूवा छन भन्ने तथ्यांक एकातिर छ जसले समाज बिकासमा सक्रिय आर्किटेक्ट बन्नुपर्ने हुन्छ । सम्बन्धित राज्यले यूवा बिकासमा प्रयास गर्नुपर्ने देखिन्छ । वल्र्ड युथ रिपोर्टका अनुसार १४२ मिलियन युवाहरु सेकेन्डरी विद्यालय उमेरकाले विद्यालय छोडेका छन् । ७१ मिलियन युवाहरु बेरोजगार छन् । दशौं लाख यूवाहरु अनौपचारिक काममा छन् । यो तथ्यांक पक्कै पनि विश्वका विपन्न मुलुकहरुले नै प्रतिनिधित्व गर्दछन् । लैङ्गिकता, गरिबी,दुर्गम स्थान, अपाङ्गता र माईग्रेट तथा शरणार्थी सम्बन्धी समस्याकै कारण पनि यूवा बेरोजगारी र निष्क्रिय ता बढेको हो भन्ने यथार्थहरू पनि छन् ।
युवाका जिम्मेवारी
युवाले सजिलो को अपेक्षा गर्नु हुँदैन् । सजिलो बाटोबाट सम्पूर्ण समाजको बिकास सम्भव पनि हुँदैन् । युवाहरुले सबैभन्दा महत्वपूर्ण ध्यान दिनुपर्ने कुरा भनेको समयको महत्व बुझ्नुपर्ने हुन्छ । अनुशासन,काम गर्नुपूर्व सोच्ने नैतिक रुपमा बलियो, समर्पण भाव र देशको लागि केही गर्न सक्षम हुनुपर्छ भन्छन यूवा । भयरहित र साहसी हुनु पनि युवाका गुण नै हुन । युवामा लक्ष्य हुनुपर्छ र त्यो लक्ष्य पूरा गर्न पूर्णता दिनको लागि काम गर्नुपर्ने हुन्छ । युवालाई जोसिलो उर्जा वान बनाउनुपर्छ । राष्ट्रिय सुरक्षा र देशको हित र बैचारिक स्थितिको रक्षा गर्न युवाको नै ठूलो महत्व हुने गर्छ । मानव जीवनको यस्तो उर्जा वान र महत्वपूर्ण समय यूवा समयको उचित सदुपयोग र व्यवस्थापनमा परिवार,राज्यका इकाईको पनि उतिकै महत्व हुनेगर्दछ । सही मार्ग दर्शन पछिमात्र यूवा सचेत बन्छन्, सजग बन्छन अनि राष्ट्र निर्माणमा आ आफ्नो तप्काबाट योगदान गर्न सक्छन् ।
आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वका युवाबारे केही उदाहरण
यस लेखमा विश्वका ६जना युवाहरु जसले आ आफ्ना राज्यहरुमा सुधारात्मक कार्य गरिराखेका छन उनीहरुको चर्चा गर्न लागिएको छ । यिनीहरुले स्वास्थ्यसेवा, शिक्षा, प्रविधि, खाद्य सुरक्षाका क्षेत्रमा काम गरेर भविष्यलाई आकार दिइरहेका छन् । यो प्रस्तुती वर्ल्ड इकोनोमिक फोरमले सन् २०१८ मा प्रस्तुत गरेको प्रतिवेदनको आधारमा लेखिएको हो ।
बसिमा अब्दुल रहमानः बसिम एक इराकी संरचनात्मक ईञ्जिनियर हुन । यिनी वातावरणको बारेमा झुकाव राख्छन् । उनले इराकको पहिलो दीगो वास्तुकला परामर्शदाताहरूमध्ये एक संस्था 'केस्क' को स्थापना गरिन् । उनको परामर्शले अन्य व्यवसायहरूलाई तिनीहरुको भवनहरु पुःन फिटिङ मार्फत थप दीगो बनाउन मद्धत गर्दछ । सुरक्षा र अर्थतन्त्रलाई उच्च प्राथमिकतामा राखेको र दीगो डिजाईन र बास्तु कलाको चेतनाको अभाव भएको देशमा सजिलो काम होइन् । उनी ग्रीन हाउसको निर्माण गर्न चाहन्छिन् ।
युवाहरुको लागि रोजगारी र श्रम र सीपको उचित मूल्यांकन तथा विज्ञान र प्रविधिको क्षेत्रमा युवालाई अग्रसर गराउनुपर्ने खाँचो छ । शिक्षित र सक्रिय युवाहरुको राजनीतिमा सहभागिता पनि अत्यन्त जरुरी छ । राज्य नै प्रमुख जिम्मेवार हो यी सब कार्यको लागि । युवाहरुको सही परिचालन गर्ने विषयमा राज्य उदासिन नै देखिन्छ जसको कारण हाम्रा समाज युवाहरु विदेशिने समाजको रुपमा परिचित पनि भईसकेको छ ।
क्विरी एङ : क्विरी एङ लाइफ गार्डकी संस्थापक हुन् । साना व्यवसाय र अनलाईन प्लेटफर्ममार्फत युवालाई सल्लाह नेतृत्व र सहयोग गर्नु उनको काम हो । उनको पहिलो उद्यम 'इम्प्रेसिभ ट्रयाक रेकर्ड' ले क्यालिफोर्नियामा साना व्यवसायका आप्रवासी मालिकहरूलाई मद्धत गर्यो र उनले स्थानीय समुदायलाई सहयोग गर्ने चारवटा कम्पनीहरु फेला पारे । जब उनी एन्जाईटी र डिप्रेसनको शिकार भइन उनले यो महसुस गरिन कि उनीजस्तै कति मानिसहरु यो समस्या अर्थात मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेका होलान् । त्यसपछि 'लाइफगार्ड' को स्थापना भयो । साथै मानसिक स्वास्थ्य उपर हुने कलंकसँग लड्न लाइफगाईडले रोकथाम, सूचना र सल्लाहको सेवा प्रदान गर्दछ ।
अबि रमानन : अबि रमानन इम्प्याक्ट भिजनका सह संस्थापक हुन् । खाद्य फोहर व्यवस्थापनको लागि सफ्टवेयर प्लेटफर्ममार्फत खाद्यान्न खेर जाने कार्य घटाउने मेसिनको प्रयोगको तालिम प्रदान गर्दछ । उनी वर्ल्ड इकोनोमिक फोरमको नयाँ च्याम्पियन्सको आगामी बैठकमा सह अधक्ष्य पनि हुन् । ईम्प्याक्ट भिजनको टेक्नोलोजीले हाईपरस्पेक्ट्रल इम्याजिङ्गको प्रयोग गर्दछ । यो डिजिटल इमेजिङ्ग र स्पेक्ट्रोस्कोपीको संयोजनले खानाको तस्विर लिन र यसको पोषण मूल्य र ताजा पनको विश्लेषण गर्न मद्धत पुर्याउँछ । यस्तो प्रकृतिको गैर आक्रामक प्रणालीले खाद्य सुरक्षा र स्थिरतामा सुधार गर्दै फोहोर घटाउने लक्ष्य राख्छ । टेक्नोलोजीको प्रगतिको रुपमा यसले प्रयोग गर्ने सेन्सरहरुको आकार, मूल्य घट्दै गएको छ र चाँडै नै दैनिक उपकरणहरूमा एकिकृत हुन सक्छ । हाईपरस्पेक्ट्रल क्यामेरा र हामीले खाई रहेको खानाको राम्रो बुझाई हाम्रो नजिकको स्मार्ट फोनमा पनि आउँदैछ । यसको नेतृत्व अवि रमानले गरेका छन् ।
डोरिन केस्सी: डोरिन अफ्रिकाको बहुमि डिया शैक्षिक प्लेटफर्म उबोङ्गोका सिइओ हुन् । मनोरञ्जन र आम सञ्चारको शक्ति प्रयोग गर्दै कम्पनीले कम लागत र उच्च मात्रा र स्केलमा शैक्षिक सामाग्री उपलब्ध गराउँछ । ३१ देशहरुमा लगभग ६.४ मिलियन घरपरिवारहरूले गणित र विद्यालय तयारीमा सुधारिएको नतिजाको साथ हरेक हप्ता उबङ्गोको कार्टुनहरू हेर्छन, सुन्छन र सिक्छन् । थप रुपमा कार्टुनहरूले हेरचाह गर्नेहरुको व्यवहारमा पनि सकारात्मक प्रभाव पारेको देखाइएको छ । 'अकिली एण्ड मी' तीनदेखि छ वर्षका बालबालिकाहरुको लागि बनाइएको दृष्य सामाग्री हो जहाँ बालबालिकाहरुले अंग्रेजी, चित्रकला नम्बर र अक्षरहरु सिक्छन् ।
नफिज डयाकक : नफिज लण्डन अफिसमा रहेको क्वीन रानिया फाउण्डेसनको सिईओ हुन् । यो फाउण्डेसनको स्थापना सन् २०१३ मा जोर्डनकी रानी रानीयाले गरेकी थिईन् । यो फाउण्डेसनको उद्धेश्य शैक्षिक श्रोतहरुको नेतृत्व जोर्डन तथा बाँकी अरेवियन राष्ट्रहरुको लागि नयाँ तौरतरिका र प्रारम्भको लागि काम गर्दछ । यिनको यस संस्थाभन्दा पूर्व ईदराक संस्थाका सिईओ थिए । मध्य पूर्वभरीका पिछडिएका युवाहरुसहित १.५ मिलियनभन्दा बढी अरबी भाषीहरुमा पुग्छ । उनको काम अरबी भाषा अनि पाठ्यक्रमहरू र हार भर्डएक्स र मिटएक्स जस्ता अनलाईन शैक्षिक प्लेटफर्ममार्फत सिकाइएका पाठ्यक्रमहरूको अरबी भाषा संस्करणमा पहुँच प्रदान गर्दछ ।
ओना तोयू : ओना रुमानियाको श्रम मन्त्रालयका पूवै राज्य सचिव हुन् । उनको सामाजिक महत्वाकांक्षा भनेको नविनतम कार्यद्वारा विश्वका ठूला समस्याहरुको समाधान खोज्नु हो । उनी संस्थापक तथा जनरल म्यानेजर रहेको सोसियल इनोभेसन सोलुसनले तालिम तथा कन्सल्टेन्सीमार्फत सामाजिक र व्यावसायिक कार्य पनि गर्दछ । यिनी द ईन्टरप्रिनियरसिप एकेडेमीकी वोर्ड अफ डाइरेक्टर पनि हुन जहाँ विद्यार्थीहरु टिममा काम गर्छन र टिम कोचको निर्देशनमा व्यवसाय पनि सिक्छन् ।
यी उदाहरणहरूले पक्कै पनि युवाहरुले अवसर र क्षमताको सदुपयोग गर्नुपर्छ भन्ने कुराहरु सिक्न मद्धत पुर्याउँछ । यूवा यूवा हुनको लागि केही नियममा प्रतिवद्ध हुनै पर्छ । सबैभन्दा पहिले यूवा समयप्रति पनि बफादार हुनुपर्छ । महत्वपूर्ण र कठिन निर्णय लिनको लागि समय र अनुशासनको पनि उतिकै आवश्यकता हुन्छ । अर्को युवालाई नभई नहुने गुण भनेको काम गर्नुपूर्व सोचविचार गर्ने हो । यूवा क्रोधी र आवेश पूर्ण हुनु हुँदैन् । नैतिक रुपमा बलियो, समर्पण भाव, देश प्रेम आदि युवामा हुनैपर्ने गुणहरू पनि हुन् । अझ यूवा भयरहित अनि साहसी हुनुपर्छ । साहसी युवाले अन्याय विरुद्ध लड्न सक्छन् । युवामा लक्ष्य हुनुपर्छ र त्यसलाई पूर्णता दिन कार्य गर्नुपर्ने हुन्छ । यूवा नै हुन जसले राष्ट्रिय सुरक्षा र देशको हित तथा बैचारिक स्थितिको रक्षा गर्न सक्छन् ।
नेपालमा यूवा शक्ति
हाम्रो जस्तो कम विकसित देशमा युवाहरु खाडी मुलुकमा रोजगारीको लागि जाने क्रम बढ्दो छ । गाउँघर,खेतबारी शून्य जस्तै हुन लागि सके । नेपाल राष्ट्रिय यूवा नियमावलीमा जनाइए अनुसार यूवा भनेर १६ देखि ४० वर्षसम्मका उमेर समूहलाई तोकिएको छ । सन् २०१५ मा नेपाल सरकारको संसदबाट राष्ट्रिय यूवा परिषदको स्थापनाको विल पास गरेको थियो । युवाहरुको सन्दर्भमा प्रत्येक वर्ष साँढे पाँच लाख यूवा श्रम बजारमा आउँछन् । ९१ प्रतिशत यूवा मलेसिया र गल्फ राष्ट्रहरुमा पुग्छन् । नेपालको कूल ग्राहस्थ उत्पादनको ३० प्रतिशत रेमिट्यान्सले धानेका तथ्यांकहरु पनि छन् । यूवा श्रम र सीप अनि पसिना जति देश बाहिर नै खपत भएका कारण पनि हाम्रो देश अनि समाजको आर्थिक,सामाजिक र राजनैतिक,शैक्षिक लगायतका क्षेत्रहरु धरासायी बन्दै जाने त होइनन भन्ने प्रश्न पनि टड्कारो छ । निम्न मध्यम बर्गीय परिवारका युवाहरु खाडी मुलुकतिर मध्यम वर्गका युवाहरु जापान कोरियातिर अनि सयौं यूवा विद्यार्थीहरु अध्ययन गर्ने र उतै सेटल हुने रहरका साथ यूरोप,अस्ट्रेलिया,अमेरिकातिर भएपछि र यूवा सपना नै त्यस्तै बन्ने भएपछि हाम्रो देशको विकासको भविष्यमा पर्ने असर त आँकलन गर्न सकि नै हालिन्छ ।
नेपालमा युवाहरुलाई अत्यावश्यक भनेको रोजगारी मूलक शिक्षाको आवश्यकता अपरिहार्य छ । युवाको रुचि अनुसारका तालिम कार्यक्रमहरु, यूवा लक्षित कृषि कार्यक्रमहरु लगायत व्यवसायिक बिमाहरूको पनि अत्यावश्यक देखिन्छ । युवाहरुको लागि रोजगारी र श्रम र सीपको उचित मूल्यांकन तथा विज्ञान र प्रविधिको क्षेत्रमा युवालाई अग्रसर गराउनुपर्ने खाँचो छ । शिक्षित र सक्रिय युवाहरुको राजनीतिमा सहभागिता पनि अत्यन्त जरुरी छ । राज्य नै प्रमुख जिम्मेवार हो यी सब कार्यको लागि । युवाहरुको सही परिचालन गर्ने विषयमा राज्य उदासिन नै देखिन्छ जसको कारण हाम्रा समाज युवाहरु विदेशिने समाजको रुपमा परिचित पनि भईसकेको छ । के हामी बढी भन्दा बढी युवाहरु विकासमा सहभागी हुने कुरालाई वहसमा ल्याउन सक्छौं ?