श्रीओम श्रेष्ठ 'रोदन' : 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण

श्रीओम श्रेष्ठ 'रोदन' : 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  कात्तिक ०४, २०७९

काठमाडौँ ।  यही २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ 'रोदन' को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण समारोह सम्पन्न भएको छ । 

सो कृतिको लोकार्पण शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ 'रोदन'  भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले सयुक्त लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिउपर समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले आआफ्नो मन्तव्य राखेका थिए । कृतिमा पैंतालिस लेखकका आत्मपरक निबन्ध समेटएका छन । 

कार्यक्रम शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष लेकाली, सम्पादक श्रीओम श्रेष्ठ 'रोदन' र  प्रकाशक केशव पराजुलीले आआफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन लेखक श्रीबाबु कार्कीले गरेका थिए ।