लोकसंवाद संवाददाता | समाचार | कात्तिक ०५, २०७९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उद्धाटन गर्दै उहाँले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभएको हो ।
उहाँले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरू लाई पाँच बर्षको कार्य योजनासहित जनतामाझ जान समेत आग्रह गर्नुभएको छ । निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भई नेपाली कांग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस एउटा निश्चित कार्य योजना सहित अगाडि बढेको परिपेक्षमा परिस्थिति बस गठबन्धन सहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभई निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गर्नुभयो । हामीले गरेका कामलाई जनताले पक्कै पनि मुल्यांकन गर्ने भएकाले । पाँच बर्ष जस्तो सुकै परिस्थिति आएपनि नेपाली कांग्रेस सत्तामा पुगेपछि राम्रोसँग काम गर्ने समेत थापाले बताउनुभयो ।
नेपाली कांग्रेसले निर्वाचनमा कुन कुन पार्टी सँग गठबन्धन गरेका छन् भन्ने कुरा प्रष्ट छ तर, नेकपा एमालेले निर्वाचनमा कुन कुन पार्टी सँगै गठबन्धन गरेको छ भनेर नेकपा एमालेका नेता कार्यकर्ताले समेत बताउन सक्ने अवस्था नरहेको थापाले बताउनुभयो ।