लोकसंवाद संवाददाता | समाचार | कात्तिक ०९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्द सूचीको जाँचबुझ गरी अन्तिम बन्द सूची प्रकाशन गरिएको आयोगले जनाएको छ । समानुपातिक तर्फको बन्द सूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।
प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि ६ सय १६ जना
मधेसका लागि ८ सय ६३ जना
बागमतीका ७ सय ५४जना
गण्डकीका लागि ३ सय ४४ जना
लुम्बिनीका ५ सय ७९ जना
कर्णालीका लागि २ सय
सुदूरपश्चिम प्रदेशका लागि ३ सय ५२ जना
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्द सूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।