मेकेंजी बेजोसद्वारा आधा सम्पत्ति दान

मेकेंजी बेजोसद्वारा आधा सम्पत्ति दान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं, एजेन्सी । गत महिना विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसंग सम्बन्ध विच्छेद गरेकी उनकी पूर्वपत्नी मेकेंजीले आफ्नो सम्पत्ति मध्ये १८.४५ अरब डलर  दान गर्ने भएकी छन् । 

उनले अमेजन कम्पनीका मालिक जेफ बेजोस तथा उनका पूर्व पतिका तर्फबाट प्राप्त गरेको अमेजन कम्पनीको ४ प्रतिशत शेयर प्राप्त गरेकी थिइन् । जसकाे मूल्य ३६‍ ९ अरब डलर रहेकाे थियाे ।

कम्पनीको ४ प्रतिशत शेयर प्राप्त गरेपछि मेकेंजी विश्वको चौथो धनी महिला बनेकी थिइन । 

सन् २०१४ मा वारेन बफेट, बिल गेट्स तथा मिलिंडा गेट्सले परोपकारको लागि प्रेरित गर्नका लागि खडा गरेको ‘गिभिंग प्लेज’ कम्पनीमा अब मेकेंजी पनि समावेश भएकी छन् । 

यस कामको उनका पूर्व पति जेफ बेजोसले पनि प्रशंसा गरेका छन् । 

हालसम्म २०४ जना व्यक्ति तथा परिवार ‘गिभिंग प्लेज’ अभियानमा सामेल भइसकेका छन् । 

मंगलबार मात्रै यसमा मेकेंजी लगायत व्हाट्सएप का सह संस्थापक ब्रायन एक्टन तथा पिंटरेस्टका सह संस्थापक पाउल सियारा पनि  ‘गिभिंग प्लेज’ अभियानमा सामेल भएका छन् ।