देवेन्द्र पाल | समाचार | कात्तिक ११, २०७९
वीरेन्द्र कनौडिया कपिलवस्तु जिल्लामा कनौडिया मारवाडी परिवारका सदस्य हुन । ब्यवसाय गर्ने समुदायबाट राजनीतिमा पाइला चाल्नु उति सहज नहुँदा नहुँदै पनि वीरेन्द्र कनौडिया राम्रैसँग उदाएका पात्रका रुपमा परिचित छन् । उनको परिवारले कपिलवस्तुमा व्यवसायसँगै समाज सेवामा अत्यन्तै सक्रियताका साथ आफ्नो उपस्थिति जनाउँदै आएको छ ।
विगतमा प्रदेश सभा सदस्य रहँदा कनौडियाले दलित जनता आवास कार्यक्रम लागु गराउन वजेट उपलब्ध गराएका थिए भने उक्त कार्यक्रमको थप विस्तार गर्ने कार्यक्रम रहेको कनौडियाले बताएका छन् ।
कनौडियाले पहलमा विजयनगर-७ स्थित मदरसा अहिले समुन्नत भवन निर्माणका लागी शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालय मार्फत १० लाख रुपयाँ वजेट निकासा भइसकेको छ । कनौडिया भन्छन्–‘म पिछडिएको समुदायको उत्थानमा सँधै लागी रहनेछु ।’
कपिलवस्तु जिल्लामा कनौडियाले परिवार सम्पन्न परिवारका रुपमा मानिन्छ । उनका अघिल्ला पुस्ताहरू समाजसेवा,दान र धर्म गर्ने परिवार हुँदा हुँदै वीरेन्द्र कनौडिया भने राजनीति मार्फत जनताको सेवा गर्न लागि परेकाे बताउँछन् । यसरी राजनीति मै लागेर सेवा गर्ने प्रेरणा पनि परिवारले गरेको समाज सेवा देखेरै मिलेको बताउँछन् ।
२०५८ सालमा जलश्रोत राज्य मन्त्री भइसकेका कनौडिया यतिबेला संघीयताको ब्यवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका रुपमा चर्चा गर्ने थालिएको छ । यही कुरा काे चर्चा गर्दै कपिलवस्तु क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा कनौडिया मत मागि रहेका छन् ।
कृष्णनगर स्थित पुर्ख्यौली थलोबाट राजनीतिक गतिविधि शुरु गरेका कनौडियाले निकट भविष्यमा यहाँका जनताको माग अनुसार ब्यवस्थित रुपमा एउटा चीनी मिल खोलेर यहाँका किसानलाई साथ दिने योजना रहेको बताउने कनौडिया चीनी मिल स्थापना पछि ठुलो रोजगारीको अवसर सृजना हुने उनी विश्वास गर्छन्
शिक्षा क्षेत्रमा गरिव जनताका छोराछोरीको सहज पहुँच रहोस् भन्ने उनको सोचले विस्तारै साकार रुप लिँदै गरेको र विद्यालय र मदरसाहरू लगाएतका संस्थाहरुको भौतिक संरचना तथा सुरक्षाका लागी समान तरिकाले वजेट छुट्याउन कार्यमा पहल विगतदेखि गर्दै आएको र अझ पनि त्यसलाई निरन्तरता दिन लागि रहेको बताउँछन ।
कोभिड महामारीको समयमा हजारौंको संख्यामा स्वास्थ्य गाँस र वासको समस्यामा परेका जनतालाई राशन वितरण तथा स्वास्थ्य उपचारमा जनतालाई सहज हुनेगरी ब्यवस्थापन गरेकाले यस क्षेत्रका जनताले रुचाएका जन प्रतिनिधिका रुपमा रहेका छन् ।
वि.सं. २०५६ सालमा पहिलो पटक सांसद भइसकेका कनौडियाले यतिबेला लुम्बिनी प्रदेशको मुख्य मन्त्रीका लागी पार्टी भित्र र बाहिर समेत रुचाइएका पात्र लिन थालिएको छ । युवा वर्गलाई खेल क्षेत्रसँग जोड्ने कार्यक्रमका लागि वजेट जुटाउने प्रयासलाई अन्तिम रुप दिन पनि लागि परेको बताउँछन् कनौडिया ।
लुम्बिनी प्रदेश सभामा यतिबेला कांग्रेस र माओवादी जोड्दा करिव ४३ प्रतिशत सभासद छन् । आसन्न मंसिर ४ गतेको निर्वाचन पछि बन्ने प्रदेश सभामा कनौडिया कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका लागि संसदीय दलको नेतामा प्रवल दावे दारी प्रस्तुत गरिरहेका छन् । उनि विगतमा प्रदेश तहको पार्टीको संसदीय दलको नेता रहिसकेका छन् । यसकारण पनि उनको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका नेताहरुले बताउने गरेका छन् ।
२०४९ सालमा जिल्ला विकास समिति कपिलवस्तुको उप सभापति भइसकेका कनौडिया २०३६ सालको जनमत संग्रह ताका बहुदलको पक्षमा लाग्ने अगुवाहरु सँगै थिए । २०५८ सालमा जलश्रोत राज्य मन्त्री भइसकेका कनौडिया यतिबेला संघीयताको ब्यवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका रुपमा चर्चा गर्ने थालिएको छ । यही कुरा काे चर्चा गर्दै कपिलवस्तु क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा कनौडिया मत मागि रहेका छन् ।
वितेको ५ वर्ष मध्ये पछिल्लो १ वर्षमा कनौडियाले समृद्ध कपिलवस्तु मनाउने उदेश्यले प्रदेश सरकार मार्फत आफ्नो निर्वाचन क्षेत्रमा मनग्य वजेट भित्र्याउन पहल गरेको अव मुख्यमन्त्री भई समृद्ध कपिलवस्तुको निर्माण गर्ने मुद्दालाई स्थापित गराउन आफुले उम्मेदवारी दिएका बताउँछन् ।