गठबन्धनलाई विजयी गराउन अपिल:  विवादलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता (अपिलसहित)

गठबन्धनलाई विजयी गराउन अपिल:  विवादलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता (अपिलसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ११, २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल,  र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा सो अपिल गरिएको हो ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ' केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूचि सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ती स्थानमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।' साथै, केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता पनि  जनाएको छ ।