एकीकृत समाजवादीको दृढ प्रतिज्ञा:निर्वाचन प्रणाली सरल र कम खर्चिलो बनाउने (घोषणा पत्रको पूर्ण पाठसहित)

एकीकृत समाजवादीको दृढ प्रतिज्ञा:निर्वाचन प्रणाली सरल र कम खर्चिलो बनाउने  (घोषणा पत्रको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १४, २०७९

काठमाडौँ ।नेकपा एकीकृत समाजवादीले  वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख गरेको छ । 

नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ वजे पार्टी  केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाल लगायतका नेताले घोषणापत्र सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । 

 ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पेसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

 अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख छ।

‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ।

 एकीकृत समाजवादीले सुशासन र पारदर्शिताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताइएको छ। ‘भ्रष्टाचारमा शून्य सहनशीलता सहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढ प्रतिज्ञा छ । हामी यी प्रतिज्ञामा सधैँ अडिग रहने छौँ।’

समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधि लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ।

‘हामी वर्तमान नेपाली समाजमा व्यापक रूपले आर्थिक-सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादका आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ । द्रुततर आर्थिक विकाससहितको समृद्धिको यात्राबाट अगाडि बढेर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । यसका लागि पनि हामीलाई जनताको साथ अवश्य प्राप्त हुनेछ,’ घोषणापत्रमा उल्लेख छ।

घोषणा पत्रकाे पूर्णपाठ