लोकसंवाद संवाददाता | समाचार | कात्तिक १४, २०७९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, शासकीय स्वरूप प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना पक्षमा रहेको बताएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय सहित घोषणा पत्र जरी गर्दै दुई तहको शासकीय संरचना पक्षमा रहेको बताएको हो । प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले घोषणापत्र जारी गर्दै प्रदेश खारेजी, सङ्घीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दा पनि अगाडि सारेको हो ।
हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना रहेको छ । यो संरचनाको व्यवस्था २०७२ सालमा संविधानसभाद्वारा जारी भएको संविधानबाट गरिएको हो भने २०७४ सालदेखि कार्यान्वयनमा आएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ ।
राप्रपाको घोषणा पत्रको पूर्णपाठ