कुमारी बैंक : यस वर्षको नाफा १ अर्ब १४ लाख

कुमारी बैंक : यस वर्षको नाफा १ अर्ब १४ लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  कात्तिक २३, २०७९

कुमारी बैंक लिमिटेडको बाइसौं बार्षिक साधारण सभा यही कार्तिक २१ गते सोमवार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाण्डौंमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सम्पन्न भएको बैंकले जनाएको छ  ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९÷८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो भने कुमारी बैंकका शेयर धनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% (बाह्र दशमलव पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो । 

कुमारी बैंक अनुसार२३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको, प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, Visa Electron, डलर डेबिट कार्डहरु नेपाल, भारत र संसारभरि नै भिसाको संजाल मार्फत पहुँचगम्य भएको, साथै नवीनतम् प्रविधिको उपयोग गर्दै कुमारी फोनपे कर्जा सेवा प्रदान गर्दै आएको छ । 

बैंकले आ.व.२०७८/७९ मा चुक्ता पूँजी १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्व ६१ अर्व तथा नाफा १ अर्ब १४ लाख रहेको छ ।

 बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।