बेलायतमा पाका कामदारको संख्या दोब्बर

बेलायतमा पाका कामदारको संख्या दोब्बर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं, एजेन्सी । काम गर्नका लागि उमेर वाधक होइन भन्ने ज्वलन्त उदाहरण अचेल लंडनका विभिन्न मल तथा अन्य कार्यस्थलमा देखिन थालेको छ ।

रिसाइक्लिंग प्लान्टमा काम गर्ने ६९ वर्षका रेमंड इरविंग भन्छन, मलाई काम गर्न कसैले रोक्न सक्दैन् । उनी पेंशन प्राप्त गर्ने अधिकारी हुन तर पनि रिसाइक्लिंग प्लान्टमा काम गरिरहेका छन् । उक्त प्लान्टका सबैभन्दा पाका उमेरका व्यक्ति समेत हुन रेमंड । 

रेमंडमात्र त्यस्ता व्यक्ति होइनन् अहिले बेलायतमा ७० वर्ष उमेर हाराहारीका करीब ५ लाख ज्येष्ठ नागरिक कतै न कतै काम गरिरहेका छन् । 

बेलायत सरकारले उपलब्ध गराएको तथ्यांक विश्लेषण गर्ने हो भने पछिल्लो एक दशकमा ज्येष्ठ नागरिक कर्मचारीको संख्यामा दोब्बर वृद्धि भएको छ । रेस्ट लेस कर्मचारी नियुक्ती कार्यालयका अनुसार ७० वर्षका १२ नागरिक मध्ये एक जना कहीं न कहीं कार्यरत भएको पाइन्छ । जबकि यो संख्या एक दशक अघि २२ मध्ये एक हुने गर्थ्याे । संस्थाले ५० भन्दा धेरै पाका कर्मचारीमा अनुसन्धान गरेपछि यो रिर्पोट आएको हो । 

रेस्ट लेसका संस्थापक स्टुअर्ट लुईसका अनुसार अवकाश पछि काम गर्ने प्रचलन पुरुष तथा महिलामा बराबरी जस्तै रहेको छ ।

बेलायतमा सरकारी पेंशनका लागि ६५ वर्ष पुग्नु जरुरी छ ।  अक्टोबर २०२० देखि यसलाई बढाएर ६६ वर्ष बनाउने योजना रहेको छ । 

‘सेंटर फर एजिंग बैटर’ का वरिष्ठ कार्यक्रम व्यवस्थापक प्याट्रिक थमसनका अनुसार पाका उमेरका अनुभवी नागरिकलाई काम गर्ने मौका दिने हो भने अनुभवी कर्मचारी खोज्ने झण्झट रहँदैन् । साँच्चै ब्रेक्जिट लागु भएका खण्डमा श्रम बजारमा ठूलो असर पर्नजान्छ । त्यसकारण कर्मचारी नियुक्त गर्ने संस्थाहरुले कर्मचारी नियुक्ती गर्ने खुकुलो नियम बनाउनु पर्ने हुन्छ । 

चैरिटी संस्था ‘सेंटर फर एजिंग बैटर’का क्याथरीन फुटका अनुसार यी पाका कामदारलाई राम्रो सेवा सुविधा, सहज काम गर्ने समय तथा पार्ट टाइम काम गर्ने सुविधा पनि दिनुपर्ने हुन्छ किनकि जुन अनुभव र सीप पाका मान्छेसँग हुन्छ त्यो अरु कसैमा हुँदैन् । 

कैथरीन भन्छिन, अवकाशको अमेरमा वृद्धि भएका कारण यस्ता पाका कर्मचारीका बारेमा रोजगारदाता कम्पनीले ध्यान दिनुपर्ने जरुरी देखिन्छ । 

यो उमेरमा पनि कसैले म काम गरेर आफैं कमाएर आफैं आफ्नो आवश्यकता पुरा गर्छु भन्नु त राम्रो कुरा हो ।