सुवास ढकाल | दृष्टिकोण | कात्तिक २७, २०७९
नागरिकको चुनाव प्रति रुचि नहुनु, नेता प्रति आदर अर्थात् नहुनु तथा व्यवस्था प्रति आस्था धरमराउनु र राज्य प्रति नै बिश्वास नहुनु गम्भीर चिन्ताको बिषय हो। कयौं व्यक्ति पार्टीबाट टिकट पाएर देशभर चुनावी प्रतिस्पर्धा गरि रहेका छन् । यसरी पार्टीले अगाडि सारेका उमेदवार स्वतन्त्र भन्दा राम्रा, युवा र भिजन भएका पनि छन् । तर राजनीतिमा आएका उतारचढावबाट निराश भएका तथा योजनाबद्ध रुपमा व्यवस्था र नेतृत्व प्रति अनास्था फैलाउने काम भइ रहेको छ । दलले अगाडि सारेका राम्रा, युवा र भिजन भएका नेता भए पनि ती सबै बेकार तर 'स्वतन्त्र' उम्मेदवार भने यो समाज भन्दा बाहिरबाट आए जस्तो गरि प्रचार प्रसार गरेकाे पाइन्छ । यो हाम्रो दृष्टि दोष हो कि सृष्टि दोष ?
दलीय व्यवस्थामा दलको विकल्प दल नै हुन्छ । लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । प्राप्त उपलब्धिलाई रक्षा गर्दै नेपालको संविधान २०७२ को जगमा रहेर आर्थिक रुपमा सबल र सक्षम राष्ट्र निर्माण गर्नु हामी नागरिक, राष्ट्रसेवक कर्मचारी राजनीतिक दल र दलका नेता लगायत सबैको दायित्व हो । अब सबै खरानी घँसेर आउँदै मा जोगि हुँदैनन् र सबै स्वतन्त्र बालेन साहा र हर्क साङ्गपाङ्ग पनि हुँदैनन् । यसो भनिरहँदा अनि सवै राजनीतिक दलका उम्मेदवार राम्रा र असल मात्र छन भन्ने पनि होइन ।
देशमा व्यवस्था परिवर्तनको निम्ति नेपाली जनताले धेरै ठुलो योगदान, बलिदान र संर्घष गरेका छन् । हजारौ व्यक्ति घाइते भए कति अंगभंग भए भने धेरै बेपत्ता भए भने कतिले ज्यानको आहुति दिएका छन् । संक्रमणकालीन न्यायको सिद्दान्त, विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रकृयाका बाँकि काम सम्पन्न गरेर सबै प्रकारका विभेदको अन्त्य एक मात्र लक्ष्य सबैको हुन जरुरी छ ।
अबको मुद्दा व्यवस्था परिवर्तनको होइन र परिवर्तन गर्नु पर्ने पनि छैन । व्यवस्था परिवर्तनको मुद्दा बोकेर आउने सवै व्यक्ति वा उमेदवारलाई जनताले साथ दिनु पनि हुँदैन्, व्यवस्था परिवर्तनकै लागि नेपाली जनता सडकमा आउने समय भएको छैन र आउनु पनि हुँदैन् । व्यवस्था परिवर्तनको निम्ति नेपाली जनतासँग सडकमा आउने समय पनि छैन, तर संविधानमा भए रहेका केही त्रुटि भए त्यसलाई संशोधन गर्दै जानु पर्छ ।
नेपालमा कुनै प्रकारको अशान्ति छैन् भन्ने सन्देश विश्वभर फैलाएर गौतमबुद्धको देश भनेर संसारलाई चिनाउनु आजको आवश्यकता हो । तर मुलुकमा गणतन्त्रको प्राप्ति पछि पटकपटक सबै ठुला दलका नेताहरु प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगे । तर संक्रमणकालीन न्यायको सिद्दान्त, विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रकृयाका बाँकि काम सम्पन्न गर्ने बाच बन्धन पूरा गर्ने कुरामा चुके अर्थात् काम सम्पन्न नहुनुमा देशमा शान्ति र स्थायित्व स्थापनाको लागि नेताहरुले नै नचाहेको आम नागरिकमा सन्देश गइरहेको छ ।
अबको मुद्दा व्यवस्था परिवर्तनको होइन र परिवर्तन गर्नु पर्ने पनि छैन । व्यवस्था परिवर्तनको मुद्दा बोकेर आउने सवै व्यक्ति वा उमेदवारलाई जनताले साथ दिनु पनि हुँदैन्, व्यवस्था परिवर्तनकै लागि नेपाली जनता सडकमा आउने समय भएको छैन र आउनु पनि हुँदैन् । व्यवस्था परिवर्तनको निम्ति नेपाली जनतासँग सडकमा आउने समय पनि छैन, तर संविधानमा भए रहेका केही त्रुटि भए त्यसलाई संशोधन गर्दै जानु पर्छ ।
अहिले जनस्तरबाट जबरजस्ती रुपमा उठेको प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाने व्यवस्था संविधान संशोधन मार्फत जाने व्यवस्था गर्नु देश र जनताको हितमा हुने अवस्था सृजना भइरहेको छ । आजको मुद्दा भनेको आत्मा निर्भरताको हो, आजको मुद्दा भनेको आर्थिक वृद्धिको मुद्दा हो, आजको मुद्दा भनेको अवस्था परिवर्तनको मुद्दा हो, आजको मुद्दा राष्ट्रियताको मुद्दा हो, आजको मुद्दा सम्पन्न राष्ट्र निर्माणको मुद्दा हो ।
अतः त्यसैले सोच बदलौं भोट बदलौं, राम्रो र सक्षम उमेदवारलाई आफ्नो अमूल्य मत दियौँ !