सरकारी, सार्वजनिक तथा गुठीको जग्गा जाँचबुझ आयोगले काम थाल्यो

सरकारी, सार्वजनिक तथा गुठीको जग्गा जाँचबुझ आयोगले काम थाल्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७६

काठमाडौँ । नेपाल सरकारद्धरा गठित सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीहल्ले शपथ लिई कार्यरम्भ गरेका छन् । 

उक्त आयोगका अध्यक्ष मोहन रमण भट्टराईले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा समक्ष शपथ ग्रहण गर्नुभएको हो भने आयोगका सदस्यहरूलाई  अध्यक्ष भट्टराईले सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको थियो ।

आफूले शपथ लिए लगत्तै अध्यक्ष भट्टराईले आयोगका अन्य सदस्यहरू जानकी बल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित समारोहमा शपथ ग्रहण गराउनु भएको थियो । शपथग्रहण समारोहमा मन्त्री पदमकुमारी अर्याल,सचिव गोपीनाथ मैनाली लगायतको उपस्थिति रहेको थियो । 

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्री पदमकुमारी अर्यालले आयोगका अध्यक्ष तथा सदस्यहरूलाई लोभलालचामा नपर्न आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको थियो  । ‘जटिल र चुनौतीपूर्ण विषय छानबिन गर्ने जिम्मा सरकारले तपाइहरूलाई सुम्पेको छ’ मन्त्री अर्यालको भनाई थियो¬– ‘यो चुनाचुने जिम्मेवारी होइन, लोभलालचामा नपर्नु होला, राष्ट्रको गहन जिम्मेवारी दिएको छ ।’ 

नेपाल सरकारले आयोगलाई अतिक्रमण जग्गाको खोजविना गरी फिर्ता गराउनेको उद्देश्यले आयोग गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्रालयका सचिव मैनालीका अनुसार सरकारी, सार्वजनिक अतिक्रमणको खोजविना गर्ने, गुठीको जग्गाको छानबिन, सरकारी, सार्वजनिक तथा गुठीको जग्गाको अभिलेख संरक्षण गर्न सुझाव दिने र जग्गा हिनामिनाको छानबिन र कारबाहीको सिफारिस गर्ने कार्य देश दिइएको छ ।