ज्ञानमित्र | समाचार | पुस ११, २०७९
नेपाली कांग्रेससँग माओवादीको गठबन्धन टुट्नासाथ एक थरी कांग्रेसी ले देउवा माथि धारे हात लाउँदै जिन्दगी बाहेक सबै कुराबाट राजीनामा दिने प्रलाप गर्न थालेका छन।
उनीहरुको बुद्धि अनुसारको सोच-नेपाली कांग्रेसले केन्द्रीय संसदमा ८९ सिटको बल हुँदाहुँदै विपक्षमा बस्नु पर्ने ! सातवटै प्रदेशमा पनि पार्टीले सत्ता गुमाउने !! यो सब देउवाको असफलता हो।
अहिले स्थानीय निर्वाचन अघि गगन थापाले माओवादीसँगको चुनावी सहकार्यबारे बोलेको क्लिप भाइरल भइरहेको छ। उनको भनाइ थियो माओवादीको विश्वास हुँदैन, यिनीहरुसँग चुनावी सहकार्य गर्नु हुँदैन। संसदीय निर्वाचन ताका पनि कांग्रेसभित्र माओवादीसँग मिलेर चुनाव नलड्ने अडान धेरैजना कांग्रेसीको रहेको थियो। उनीहरु चुनावी गठबन्धनको प्रखर विरोधी थिए।
देउवालाई पनि माओवादी चरित्र थाहा नभएको होइन, अरु कांग्रेसी भन्दा अलिक बढी नै थाहा थियो थियो। उनीसँग २०७४ निर्वाचनको अनुभव पनि थियो। उनको दाऊ चुनावसम्म माओवादीलाई ओली नजिक पुग्न नदिनु थियो। निर्वाचन अघि देउवाले बुद्धि नपुर्याएको भए माओवादी एमालेसँग मिलेर चुनाव लड्थ्यो र परिणामस्वरुप कांग्रेसले २२-२५ सीटमा खुम्चिनु पर्थ्यो। देउवाले पार्टीभित्रको एवम समस्त डेमोक्रेटहरुको तमाम आलोचना सहेर माओवादीसँग सहकार्य गरे। परिणामस्वरुप नेपाली कांग्रेस 'लार्जेस्ट' पार्टी बन्यो।
अहिले देउवाको निन्दा-आलोचना तिनै कांग्रेसी ले गरिरहेका छन जुन हिजोका दिनमा माओवादीसँग चुनावी तालमेलको विरोधी थिए। अचम्म के छ भने सत्ता गुमेको पीडा देउवालाई भन्दा यी कांग्रेसीहरुलाई बढी भएको देखिन्छ।
'लार्जेस्ट' पार्टी भएर सत्ता बाहिरको तर्क अघि सार्नेले चुनाव अघि सम्मको स्थिति हेरे हुन्न र ? सबैभन्दा ठूलो दल एमाले झन्डै ९५ सिट सामर्थ्य भएर सत्ता बाहिर थियो। अहिले ८९ सिट सामर्थ्यले कांग्रेस सत्ताबाट बाहिर हुँदा कुन चाहि आकाश खस्छ ?
हिजो देउवाले माओवादीसँग चुनावी गठबन्धन गर्दा पनि विरोध गर्ने, आज देउवाले सत्ताको किञ्चित पनि परवाह नगर्दै माओवादीसँग सहकार्य टुटे पनि टुटोस् भन्ने दृढ मानसिकता प्रदर्शित गर्दा पनि रोइलो गर्ने यी कांग्रेसी जनले के खगेन्द्र संग्रौलासँगै दीक्षा लिएका हुन ?
देउवाले गठबन्धन बचाउन माओवादीलाई प्रधानमन्त्री छाडेको भए के यी कांग्रेसी जनले देउवाको विरोध गर्ने थिएनन् ? अथवा देउवाले प्रधानमन्त्री पद आफैसँग राखेर माओवादीलाई राष्ट्रपति दिएको भए के देउवाको चर्को विरोध हुने थिएन कांग्रेसमा ??
प्रचण्डले शपथ खाने बित्तिकै पहिलो काम गट्ठाघरबाट बालकोटेश्वर जाने बाटो फराकिलो बनाउने गर्नुपर्छ। आखिर जे कुराका लागि पनि उनले ओली निवासको बार्दलीमा नपुगी हुन्न। अब नेपालमा बार्दली ब्रान्ड स्थापित हुन्छ। बार्दली रेस्टुरेन्ट, बार्दली कफी शप, बार्दली ब्रा, बार्दली पेन्टी, बार्दली सिगरेट !
तर शायद धेरै कांग्रेसीलाई थाहा छैन देउवाले माओवादीलाई प्रधानमन्त्री दिए पनि, राष्ट्रपति दिए पनि प्रचण्ड मान्ने थिएनन्। देउवाले जति लचकता देखाए पनि माओवादी अन्ततः ओली कर्नरमा जान्थ्यो।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनको आधी परिणाम आउदा नआउँदै भविष्यमा हुने सत्ता गठबन्धनको 'स्क्रिप्ट' लेखिसकेको थियो। मङ्सिर १८ गते यसबारे लोकसंवाद डटकम लेखेको थिए - लिंक हेर्नुस
https://www.loksambad.com/
ओलीको दोश्रो कार्यकाल, दुईतिहाई बहुमतको कार्यकालमा संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदिलाई 'कन्टीन्यू' गर्ने कि समाप्त गर्ने बारे 'व्हिस्परिंग' भएकै हो। ओली त्यस 'व्हिस्परिंग' को मास्टर माइन्ड हुनुका साथै यी सबैलाई विसर्जन गर्ने पंक्तिमा उभिए कै हो। झन्डै दुइ तिहाईको प्रधानमन्त्रीले संसद भङ्ग गर्नु, आफ्नै सहकर्मीबाट संविधान, गणतन्त्र, संघीयताको हत्या गर्ने मनसाय राख्ने प्रतिगामी को दर्जा पाएकै थिए ओलीले।
संविधान, गणतन्त्र, संघीयताको रक्षार्थ प्रचण्ड र माधव नेपाल कांग्रेसको शरण पुगेका थिए। देउवाले दुबैको बिनती स्वीकार गरी त्यसबेला हत्यारा ओलीबाट संविधानसहित सबै कुरा जोगाई दिए। गत २ वर्ष देखि नेपालमा संविधान जोगाउने र मास्ने बीच लडाई चलिरहेको छ। माधव र प्रचण्डले विगतमा भने जस्तै यदि ओली साच्चै नै संविधान विरोधी हुन भने के संविधान बनेदेखि नै यसको चर्को आलोचक भारतीय प्रधानमन्त्री मोदीलाई यो कुरा अवगत छैन होला र ?
निर्वाचन परिणाम आई नसक्दै मोदी नेपाली राजनीतिमा एक्टिभ भएकै हुन। भारतीय प्लान ओलीलाई सर्व शक्तिशाली बनाउने थियो। यसको पहिलो शर्त माओवादीलाई देउवासँग छुट्टाएर ओलीतिर फर्काउनु थियो। ओली यसका लागि तैयार नहुने कुरै थिएन। छुट फुट रुपमा संसद बाहिर रहेका संविधान विरोधी, निर्वाचन २०७९ ले घोषित रूपमै रहेका संविधान विरोधी राप्रपा र स्वतन्त्र पार्टीले अर्जित गरेको ३४ सिटले झन माहौल तैयार गर्यो। कांग्रेससँग परिवर्तनको अपेक्षा न त नेपाली जनले गर्छन न त अन्तर्राष्ट्रिय शक्ति केन्द्रले। परिवर्तनका लागि ओलीलाई शक्तिशाली बनाउने उद्देश्यले माओवादीलाई ओली क्याम्प पठाइयो। ओलीले चतुराइ पूर्वक स्वतन्त्र पार्टी र राप्रपा दुबैलाई सरकारमा सहभागी बनाए। दुबै घोषित संविधान विरोधीको सहाराले माओवादीका प्रचण्ड प्रधानमन्त्री बने, ओलीको यो खुराफात प्रचण्डले बुझ्न सकेनन् अथवा बुझेर पनि प्रधानमन्त्री हुने कुराले समझौता गरे।
स्वतन्त्र पार्टी र राप्रपाका समर्थकले यी दल प्रचण्डसँग मिलेको भनी आलोचना गर्छन। तस्वीरको अर्को पाटो पनि हेर्नु पर्ने हो आलोचक वर्गले - संविधानका तथाकथित भीष्म पितामह प्रचण्ड संविधान विरोधीसँग सहकार्य गरेर प्रधानमन्त्री बने अर्थात अब उनलाई संविधान विरोधीसँग कुनै परहेज छैन। मौका परे उनी आफै संविधान विरोधीहरूको स्वरमा स्वर मिलाउन आइपुग्छन्।
वर्तमान गठबन्धनको सरकार संविधान विरोधी तथा परिवर्तनको पक्षमा रहेको जनसमुदायका लागि 'लिप जम्प' हो। भन्न त नहुने हो भोलिका दिनमा बालकोटेश्वरको ओली निवासमा कोही पाहुना आएको खण्डमा घरमा दूध नहुँदा ओलीले फोन गरेर 'ऐ प्रचण्डजी घरमा पाहुना आएका छन, चिया खुवाउनु पर्ने, हेर्नुस न घरमा दूध नै रहेनछ, छिट्टै दुइ प्याकेट दूध लिएर आउनुस त !'
प्रचण्डले शपथ खाने बित्तिकै पहिलो काम गट्ठाघरबाट बालकोटेश्वर जाने बाटो फराकिलो बनाउने गर्नुपर्छ। आखिर जे कुराका लागि पनि उनले ओली निवासको बार्दलीमा नपुगी हुन्न। अब नेपालमा बार्दली ब्रान्ड स्थापित हुन्छ। बार्दली रेस्टुरेन्ट, बार्दली कफी शप, बार्दली ब्रा, बार्दली पेन्टी, बार्दली सिगरेट !
संविधानको आयु त अब झन्डै निश्चित भइसकेको छ। राष्ट्रपति निर्वाचनपछि ओलीले कति दिन प्रचण्डलाई रिँगाउँछन् त्यो उनको मुडमा भर पर्ने कुरा हो। उनले एक जना रिपु माधव नेपालको त मर्दन गरिसके। अर्को रिपुलाई कहाँ पुर्याएर, कुन बेला, कुन समय, कुन स्थान, कुन घन्टा, नक्षत्रमा ठहरै पार्ने हुन उनै जानुन् ।
एकजना राजनीतिक विश्लेषक मित्र भन्दै थिए - संविधान गए त के नै हुन्छ ? मलाई त अर्को परिदृश्यको चिन्ता छ। भारतीय प्रधानमन्त्री मोदीले विगतका सबै प्रधानमन्त्रीभन्दा बढी काम गरेर देखाई सके। अब उनी इन्दिरा गान्धीभन्दा एउटा काममा मात्रै पछाडि छन। इन्दिराले सिक्किमलाई भारतमा विलय गराएर कीर्ति स्थापित गरेकी थिइन। मोदीले 'पीओके' लाई विलय गराएर आफुलाई इन्दिराको समकक्ष उभ्याउने हुन कि छिमेकको कुनै अर्को भूभाग विलय गर्ने हुन ! छिमेकको त्याे अर्को भूभाग कुन हुनसक्छ यसबारे चिन्तन गर्दा मलाई कामज्वरो आउँछ।