शपथ ग्रहण समारोहका पाहुनालाई विशेष परिकार, दाल रायसीना

शपथ ग्रहण समारोहका पाहुनालाई विशेष परिकार, दाल रायसीना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७६

काठमाडौं, एजेन्सी । आज साँझ ७ बजे राष्ट्रपति भवनमा नरेन्द्र मोदीले प्रधानमंत्री पदको शपथ लिंदैछन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामनाथ कोविंद, उपराष्ट्रपति वेंकैया नायडुका अलावा देश विदेशका गरी ८ हजार अतिथिले भाग लिंदैछन् ।  

राष्ट्रपति भवनमा अहिलेसम्म भएका कार्यक्रम मध्ये यो सबैभन्दा वृहत हुने जनाइएको छ । २०१४ को शपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्र प्रमुख लगायत ३५०० अतिथि आमन्त्रित गरिएका थिए । यसपटक पनि कार्यक्रम राष्ट्रपति भवनको खुला परिसरमा आयोजना गरिनेछ । 

राष्ट्रपति भवनका प्रवक्ता अशोक मलिकका अनुसार यसपटक शपथ ग्रहण समारोह पछि पनीर टिक्का, समोसा तथा भेज र ननभेज परिकार अतिथिलाई खुवाउने कार्यक्रम रहेको छ । 

यसका अलावा ४० विशेष अतिथिका लागि राष्ट्रपति भवनको भान्सामा विशेष परिकार दाल रायसीना पाक्दै छ । यसको सामग्री राष्ट्रपति भवनमा नै तयार गरिएको हो । राष्ट्रपति भवनमा ४८ घण्टा अघिदेखि नै दाल रायसीना पकाउन शुरु गरिसकिएको छ । यसका लागि लखनउबाट सामग्री मगाइएको थियो । 

राष्ट्रपति भवनका प्रवक्ताका अनुसार शपथ ग्रहण समारोह पछि राती ९ बजे उपराष्ट्रपति वेंकैया नायडु, प्रधानमंत्री, बिमस्टेक देशका प्रमुख समेत गरी करीब ४० जना अतिथिलाई रात्रीभोजको आयोजना गरिनेछ । जसलाइ राष्ट्रपति भवनको विशेष परिकार दाल रायसीना खुवाइने  छ । 

यसमा मरिशसका प्रधानमंत्री प्रविंद कुमार जगन्नाथ, किर्गिस्तानका राष्ट्रपति सुरोन्बे जीनबेकोव, बंगलादेशका राष्ट्रपति अब्दुल हमीद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, नेपालका प्रधानमंत्री केपी ओली, म्यांमारका राष्ट्रपति यु विन मिन्ट, भुटानका प्रधानमंत्री लोते शेरिंग रहने छन् । 

युपीए अध्यक्ष सोनिया गांधी, कांग्रेस अध्यक्ष राहुल गांधी, पुर्व प्रधानमंत्री मनमोहन सिंह, तेलंगानाका मुख्यमंत्री के चंद्रशेखर राव, वाईएसआर कांग्रेस प्रमुख जगन मोहन रेड्डी तथा अभिनेता रजनीकांत पनि शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । 

अन्य चर्चित हस्तीहरुमा  मुकेश अंबानी, गौतम अडानी, रतन टाटा, पीरामल ग्रुप के अजय पीरामल, सिस्को सिस्टमका पुर्व सीईओ जोन चैम्बर्स, अंतरराष्ट्रीय मुद्रा कोषका अध्यक्ष क्रिस्टीन लेगार्ड तथा माइक्रोसॉफ्टका अध्यक्ष बिलगेट्स पनि समारोहमा सहभागी हुनेछन् । 

खेलक्षेत्रबाट पीटी उषा, राहुल द्रविड़, अनिल कुंबले, जवागल श्रीनाथ, हरभजन सिंह, साइना नेहवाल, पुलेला गोपीचंद, जिमनास्ट दीपा कर्माकरलाई पनि आमन्त्रण गरिएको छ ।  

बलीउडबाट शाहरुख खान, कंगना रनावत, संजय लीला भंसाली, करण जौहरलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।