लोकसंवाद संवाददाता | समाचार | पुस ३०, २०७९
पाँचथर झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा झापा सहकारी सम्मान पुरस्कार पाँचथरका दिपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । उहाँ नेपालको सहकारी अभियानका अग्रणी नेता हुन् । पुरस्कार राशिको २५ हजार ५५५ रुपैयाँ रहेको छ ।
पारेर सहकारी संस्थाका विभिन्न विधालाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ ।
त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्व सञ्चालक सम्मान पुरस्कार हरि किशोर आचार्यलाई प्रदान गरिएको छ ।
उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेची नगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आज भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।