लोकसंवाद संवाददाता | समाचार | माघ १७, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नेतृत्वमा गएकाे एक प्रतिनिधि मण्डलले नोटबन्दी गरी अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने समेत सुझाब सरकारलाई दिएको छ ।
‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ नेकपा एकीकृत समाजवादी अध्यक्ष सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८ प्रतिशत ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गर्न एकीकृत समाजवादीले माग गरेको छ । व्यवसायीले कर तिर्ने तथा बैंकको किस्ता तिर्ने समय २०८० असार मसान्तसम्म थप गर्नुपर्ने माग पनि एकीकृत समाजवादीले गरेको छ ।
‘समस्याग्रस्त उद्योग तथा व्यवसायीले जरिमाना नतिरी कर तिर्ने सुविधा आगामी असार मसान्तसम्म प्रदान गरियोस् । भाखा नाघेका ऋणीहरूले लिएको ऋणको किस्ता र ब्याज तिर्ने अवधि अगामी असार सम्मलाई बढाइयोस्’ एकिकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र सहित माग गरिएको छ ।
ज्ञापन पत्रको पूर्णपाठ