डा.डीआर उपाध्याय : उपन्यास ‘भाग्यचक्र’ युट्युबमा

डा.डीआर उपाध्याय : उपन्यास ‘भाग्यचक्र’ युट्युबमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १९, २०७९

काठमाडौं ।आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनु भएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको ‘भाग्यचक्र’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।


उपन्यासको भोइस(ओभर गणेश सुवेदीले गर्नुभएको छ । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत रहेको छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा। उपाध्यायले भन्नुभयो । उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा। उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, र ‘वज्रघात’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।

कीर्तिमानी डा।उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठक माझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले बताउनुभयो ।

‘भाग्यचक्र’ यहाँ क्लिक गरेर  सुन्न सकिन्छ