सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २६, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे यसकै लाग प्रदेशसभाको बैठक बस्दै छ । 

बुधबार नै विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी नहुने भएपछि आजलाई सारिएको थियो ।

आजको बैठकमा पनि नाउपाका सांसद सहभागी हुने/नहुने निश्चित छैन । नाउपाका सबै ७ जना सांसद अहिले काठमाडौंमा छन् । नाउपाले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने अडान लिएको छ ।

नाउपाले विश्वासकाे मत नदिए रावल नेतृत्वकाे सरकार १ महिनामै ढल्नेछ । मुख्यमन्त्रीकाे नियुक्ति बुझेकाे ३० दिनभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिइसक्नुपर्छ । रावलले मुख्यमन्त्रीले  नियुक्ति बुझेकाे आज ३० दिन पूरा हुँदै छ ।