लोकसंवाद संवाददाता | समाचार | फागुन १३, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
२०७९ फागुन १२ गते शुक्रवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको ।