लोकसंवाद संवाददाता | समाचार | फागुन १३, २०७९
ललितपुर । नेपाल अटोमोवाइल्स एसोसोएसन (नासा नेपाल) का कार्टस ड्राइभर (एथ्लेट)हरुलाई आज लाइसेन्स (प्रमाण–पत्र) वितरण गरिएकाे जनाइएको छ ।
नोविस , नेशनल र इन्टरनेसनल गरि ३ तहमा वर्गीकरण गरिएको कार्टस लाइसेन्सको लागि ६२ जना खेलाडी योग्य भएकोमा पहिलो चरणमा सम्पूर्ण प्रक्रिया पुरा गरि १६ जनाले सो लाइसेन्स प्राप्त गरेका छन् ।
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागिता, अरीन्टेसन, प्रयोगात्मक परिक्षा तथा प्रतियोगितामा समावेश भएका ड्राइभर मध्येवाट परिक्षामा उतिर्णलाइ लाइसेन्स प्रदान गरिन्छ ।
अन्तराष्ट्रिय अटोमोवाइलस फेडेरसन (एफआइए) का वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराई तथा नासा नेपालका कार्यसमिति सदस्य विनोद तन्डुकारले सातदोबाटोस्थित कार्यलयमा उक्त लाइसेन्स प्रदान गर्नु भएको थियो ।
पहिलो चरण लाइसेन्स प्राप्त गर्नेहरुमा मन्चन तिवारी , सरोज श्रेष्ठ , सुष्मा नेपाल , कुशल भण्डारी , अंकित भण्डारी , अविना सुबेदी , अजिता गोदार , करुणा श्रेष्ठ , कोर्निवा महर्जन , प्रशंषा सिग्देल , प्रेरिका मल्ल , संचिता दाहाल , संस्कृति गिरि , सुजाता शर्मा र सुजिता महर्जन रहेकाछन । छनोट भएका बाकीलाइ समेत प्रकृया पुरागरी प्राप्त गर्ने सकीने छ ।
स्मरण रहोस नासा नेपाल कमीसन इन्टरनेशनल डे कार्टीङ्ख ९ ऋक्ष्प्(ँक्ष्ब् ० को समेत नेपालको लागी समेत आदीकारीक फेडेरेसन हो ।