केन्द्रीय सदस्य सरोज उपाध्यायको निधनले एकीकृत समाजवादी मर्माहत

केन्द्रीय सदस्य  सरोज उपाध्यायको निधनले एकीकृत समाजवादी मर्माहत

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २१, २०७९

काठमाडौँ । नेकपा( एकीकृत समाजवादी ) ले एक शोक बक्तव्य प्रकाशित गरी  केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्यायको ०७९ फागुन २० गते दिउसो दुर्घटनामा परी आकस्मिक निधन भएकोमा हाम्रो पार्टी अत्यन्त मर्माहत भएको जनाएकाे छ  । 

एकीकृत समाजवादीका उपमहासचिव तथा सचिव केन्द्रीय कार्यलय डा. गंगालाल तुलाधरद्वारा जारी   शोक बक्तव्य  'पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका उपाध्यायको निधनले पार्टीलाई अपुरणीय क्षति  भएको छ । यस दुखद घडीमा  उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ र हाम्रो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।' 

शोकको यस घडीमा शोकलाई शक्तिमा बदलेर पार्टी निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकहरुमा अनुरोध गर्दछौ । साथै कमरेड उपाध्यायको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि ०७९ फागुन २२ गते दिनको १ बजे देखि ३ बजे सम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने व्यहोरा समेत जानकारी गराउन चाहन्छौ ।