लोकसंवाद संवाददाता | शिक्षा | जेठ १८, २०७६
बैताडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ ।
यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो । उहाँले भन्नुभयो–टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।’ उपाध्यक्ष कार्कीले जोड दिर्नुभयो –भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा राखेका छौँ ।