मुक्तक

मुक्तक

बिमला आठपहरिया राई  |  साहित्य  |  चैत १८, २०७९

तिमीले भन्यो पिडा भयो तिम्रै कारण 
खोजी हेरें चारैतिर भेटिन कुनै कारण 
मान्छे बद्लेपछि बद्लिन्दो हो मनपनि
 सायद आज  दोषी भएँ त्यसै कारण 

थाहा थिएन तिम्रो मुटु ढुङ्गा जस्तो छ भनी
अमूल्य माया के थाहा यति सस्तो छ भनी
मायाको मुल्य तौलिदै  हिड्ने मायालुलाई
सोधिन माया जोख्ने तराजु कस्तो छ भनी

बिदा छ मुस्कुराउँदै छोडेर जानेलाई 
बाटो देखाएर बाटो मोडेर जानेलाई 
सोधिन कहाँ जाने भनी निष्ठुरीलाई 
शुभकामना छ दिल तोडेर  जानेलाई 

 

धनकुटा -५ धनकुटा 
हाल . ललितपुर