कृषि मन्त्री डा. भुसालको प्राथमिकता: अर्ग्यानिक टुरिजम देखि इको टुरिजम प्रवर्द्धनसम्म

कृषि मन्त्री  डा. भुसालको प्राथमिकता: अर्ग्यानिक टुरिजम देखि इको टुरिजम प्रवर्द्धनसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २८, २०७९

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आफ्ना प्राथमिकताका क्षेत्र निर्धारण गर्नु भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको  छ  । नव नियुक्त कृषि मन्त्री भुसालले मन्त्रालयगत रुपमा भए गरेका हरेक औपचारिक अनौपचारिक कार्यक्रममा आफ्ना प्राथमिकताका क्षेत्र प्रस्तुत गर्दै आउनुभएको हो ।

मन्त्री भुसालले कृषिको व्यवसायीकरण र औद्योगिक, पोषण सुरक्षा र कृषि पर्यटनलाई प्राथमिकतामा राख्नुभएको हो ।

कृषिको व्यवसायीकरण र औद्योगिक रणमा समग्र मूल्य श्रङ्खलाको विकास गरेर जानुपर्नेमा जोड दिनुभएको छ । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा समस्या परिरहेका बेला मन्त्री समग्र मूल्य श्रङ्खलाको विकास गर्न सके केही हदसम्म समस्याको समाधान हुने विश्वास मन्त्री भुसालको छ।

पोषण सुरक्षामा हरित स्कूल र घरेलु बगैचा कार्यक्रम ल्याउन तयारीमा मन्त्री भुसाल हुनुहुन्छ । आगामी बर्ष ०८०÷८१ का लागि यो कार्यक्रमसहितको बजेट बनाउने गरी अगाडि बढ्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

समग्र कृषि क्षेत्रलाई  अर्ग्यानिक  टुरिजम र इको टुरिजम प्रवर्धन कार्यक्रम मार्फत समेट्ने तयारीमा मन्त्री भुसाल हुनुहुन्छ ।

मन्त्रालयको मातहतका निकायलाई निर्देशन दिनुहुँदैन कृषि मन्त्रीले भन्नुभएको छ, ‘मलाई परिणाम चाहिएको छ । किसानले मन्त्रालयबाट के पाइरहेका छन् त्यो आफ्ना लागि महत्वपूर्ण छ । कृषि अनुसन्धानलाई किसान र पालिकासँग जोड्ने गरी कार्यक्रम बन्नुपर्छ ।’