लोकसंवाद संवाददाता | दृष्टिकोण | बैशाख १३, २०८०
तनहुँ र चितवनको उपनिर्वाचनले क्षमतावान तथा इमान्दार युवाहरु खोजेको अर्थात् पुराना राजनीतिक शक्ति प्रति बिद्रोह गरेको देखियो । अर्कोतर्फ मधेश प्रदेशमा रहेको बारा जिल्लामा अझैपनि जातीय मतलाई आधार मानेको रुपमा देखियो ।
तराईको विकासलाई अझैपनि पहाडीयाले नगरिदिएको , मधेसीलाई सत्तामा अवसर नदिएको भन्ने भाष्यलाई अझैपनि चिर्न नसकेर उनै पुराना खुंखार, भ्रष्ट तथा विदेशीको आज्ञा मान्ने नेताको पछि लाग्नु मधेसी जनताको चेतनाको कमि नै देखिन्छ । कमसेकम पहाडिया बसोबास भएका चितवन र तनहुँका जनता भने निकै जागरुक भएर पुराना दल र नेताबाट वाक्क दिक्क भइसकेका देखियो ।
परिणामस्वरुप नयाँ जोशिला तथा क्षमतावान स्वर्णिम वाग्ले र रबि लामिछाने जस्ता युवालाई रुचाएको देखियो । जनताले रबि लामिछानेको स्वतन्त्र दललाई विश्वासमा राखेर अवसर दिन खोजेको देखिन्छ । रबि लामिछानेको पुरानो नेपाली नागरिकतालाई उपयोग गरेको बिषय जुन धेरै बिदेशमा बस्ने नेपालीले गर्दै आएका थिए त्यो बिषयलाई अत्यन्त महत्वको बिषय बनाइ ठुला राजनीतिक दलका केहि नेता र ठुला मिडियाका अवसरवादी पत्रकार जो रबि लामिछानेले छोटो समयमा राजनीतिमा गरेको प्रगतिलाई पचाउन नसकेर उनलाई फसाउन प्रमुख भुमिका खेलेको भनेर रवि स्वयं आरोप लगाए। तर यो बिषय रविको गल्ती थियो तर ठुलो अपराध थिएन भन्ने अदालत र निर्वचन आयोगले पुष्टि गरिसकेका छन् ।
यसमा उनको नियत खराब थियो थिएन उनलेे सानोतिनो गल्ती नै भएको उनले स्वयं स्विकार गरि सकेका छन् । यो नागरिकताको बिषय धुँवा धार रुपमा उजागर गरेर उनलाई १०० दिन पनि काम गर्न नदि सर्बोच्चमा मुद्दा हालेर अत्यन्त छोटो समयमा निर्णय गरि सत्ताबाट बाहिर ल्याइयो । त्यहि अदालतमा ठुला नेता र ब्यापारीको काण्डका मुद्दाहरु लामो समयसम्म निर्णय नगरि वर्षौसम्म राखिएका छन् । कति ठुला भ्रष्टहरूलाई चोख्याइएका छन् । रबि लामिछाने गृहमन्त्री हुनासाथ सुरु गरेका भ्रष्टाचार बिरोधी कार्यक्रम तथा अबैध गिट्टी बालुवालाई बैध तरिकाबाट चलाउन खोजे । ती ब्यबसायी समेत लागेर रविलाई सबैतिरबाट घेराबन्दी गर्दै हटाएको जनताले बुझिकाे परिणाम पनि हो यो उपनिर्वाचन ।
यसबाट पनि ठुला भनिएका दल र नेताहरु सुध्रिने कुनै लक्षणसम्म देखिदैन । स्वतन्त्र पार्टीबाट सांसद भएका ढाका कुमार श्रेष्ठले मेडिकल व्यावसायी बाट मन्त्री हुन भनि २ करोड मागेको अडियो रेकर्ड बाहिर आएपछि पार्टीले छानबीन गरि निजलाई तुरुन्त पार्टीबाट हटाएर सांसद पद पनि खारेज गरिदिएपछि रवि लामिछानेको छविमा कुनै दाग लाग्न पाएन । अन्य ठुला दलजस्तो ज्यान मारेको तथा भ्रष्टाचार काण्डमा पनि आफ्ना सांसद जोगाएर दलको बदनाम गरिरहेको अबस्थामा स्वतन्त्र पार्टीको यो राम्रो उदाहरणले जनताले निकै तारिफ योग्य कार्यका रुपमा मतदाताले लिएका छन् । यसबाट पनि रविको दललाई निर्वाचनमा फाइदै फाइदा पुग्यो ।
अझैपनि प्रधानमन्त्रीले आफ्नो मन्त्रीमण्डल पुरा नगरेर चुनावमा गएर मन्त्री पदको लोभ देखाएर भोट माग्ने कुचेष्टा यो उप निर्वाचनमा पनि भयो । यसमा निर्वाचन आयोग चुपचाप बस्छ । अर्कोतर्फ केहि नेता र पत्रकारका केहि बोलिएका तथा लेखिएका ससाना बिषयमा निर्वाचन आयोग स्पष्टिकरण माग्न ढिला गर्दैन । सरकारमा बसेका सत्ताधारी सबै पदहरु आफ्नै निजी सम्पति जस्तो गरि दुरुपयोग गरिरहेका छन् । लामो समयसम्म अत्यधिक मन्त्रालय साथमा राखेर त्यसको भरपुर दुरुपयोग प्रधानमन्त्रीले गरिरहेको बिषयमा पत्रपत्रिकामा आइरहेका छन् । तर यसमा सरकार प्रमुख साझेदार दलहरु आफ्ना मन्त्रीहरु तथा बिभिन्न पदहरुका नियुक्तिको लोभमा चुपचाप समर्थन गरिरहेका छन् । त्यसमा युवा भनिएका नेतापनि मुकदर्शक भएर बस्नु देशकै लागि दुर्भाग्यको विषय हो ।
भरतपुरमा कृषि क्याम्पसमा पढेको पुष्पकमल दाहालले त्यो क्याम्पसको महत्व बिर्सेका छन् । पञ्चायती ब्यवस्थामा खुलेका कृषि कारखाना, चुरोट कारखाना, चिनि कारखानाहरूले कति कृषकलाई लाभान्वित बनाएको थियो । हेटौडा औद्योगिक क्षेत्रमा खोलिएका कपडा उद्योगहरुमा हजारौ श्रमिकले काम पाएका थिए । त्यसको लागि खोलिएका बुटवलको धागो कारखाना , कपास उद्योगले कपडा उद्योग चलेका थिए । अहिले त्यसतर्फ सोच्न सक्छन् कृषि पढेका प्रधानमन्त्रीले ? भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग जस्तो कारखानाले नेपाली जनता र नेपाललाई कति लाभान्वित बनाएको थियो ?
यसको मुल्याङ्कन दलहरुले फेरि गर्नु पर्दैन ? नेपाली कागज बनाउने लोक्ताको बोक्राबाट निकालेको कागजले जापानी रुपैया बन्छ । त्यो कागज निकाल्ने उद्योग खोलेर नेपालले फाइदा लिनु पर्छ । नेपालको दुर्गम पहाडि जिल्लाहरुमा उत्पादन हुने महत्वपूर्ण जडिबुटी उद्योग खोलेर जुम्ला, हुम्ला , रोल्पा, डोल्पा, जाजरकोट जस्ता दुर्गम जिल्लामा जडिबुटी प्रसोधन केन्द्र खोलेर नेपालमै सुन फलाउन सकिन्छ । औषधिमा प्रयोग हुने गाँजा खेति जस्तो नगदेबाली लाई बैध गरेमा गरिब किसानको हितमा ज्यादै ठुलो हित हुनेछ र नेपालले बिदेशी पैसाको राम्रो आम्दानी गर्न सक्नेछ ।
बिकसित देशबाट गाँजा पैठारी गरेर नेपालमा अत्यन्त उपयोगी औषधि धेरै नेपालीले उपयोग गरिरहेका गाँजाको औषधि व्यावसाय गर्ने कार्य दर्ता गरि कानुनीरुपमा ब्यवसाय गर्दै आएका हवाइजहाजका पूर्व क्याप्टेन पवन जोशी जस्ता अनुभवि व्यक्तिहरु संलग्न हुन थालेका छन् । गाँजाबाट कपडा, तेल बनाउन सकिने जसलाई उच्च मुल्यमा बेच्न सकिनेछ । पूर्व सांसद शेरबहादुर तामाङ र बिरोध खतिवडा बाट गाँजालाई बैध गरि देशको आम्दानी बढाउन लगातार लबिङ गरिरहनु भएको छ । यस्ता किसिमका जनता र देशका हितमा हुने कार्य शिघ्र गरि नेपाली युवाहरुलाई आफ्नै गाउँमा राख्न प्रयास गर्ने सरकार यो देशमा आउने आसा बाँकि छ ।
जंगलमा उम्रिने झाडि, सुकेको घाँस, सोतरलाई गाईवस्तुको मलमा मिलाएर अग्र्यानिक मल बनाउँदा कृषि उत्पादनमा अत्यधिक फाइदा पुग्छ । यसरी जंगलबाट सुकेको घाँसपात, झाडि निकालिए पछि आगलागी पनि कम हुने बिषय अहिले बातावरण विज्ञहरुले कुरा उठाइरहेका छन् । यसबाट बन विनास रोकिएर भूक्षय हुन रोकिनेछ । अझैपनि पहाडतिर गाईबस्तु पाल्ने चलन यथावत छ । पहाडमा जोत्न अझैपनि गोरुको महत्व कम भएको छैन । यसरी गाईबस्तु पालिने स्थानमा गोबर ग्याँस प्लान्ट निर्माणमा किसानलाई अनुदान दिन जरुरी छ । जसबाट खान पकाउने आगो बाल्न, बत्ती बाल्न तथा मल पनि प्राप्त हुने हुँदा करेसाबारी ब्यवसायिक कृषिमा मद्दत पुग्नेछ । यसतर्फ स्थानिय निकायलाई प्रोत्साहन गर्न सकिन्छ ।
आज किन युवाहरु बिदेशी ए ? किन रोजगारी खोज्न, राम्रो अध्यन गर्न जोशिला युवाहरु बिदेश जान बाध्य हुनुपरेको छ ? यसतर्फ कहिले गृहकार्य गरेका छन् हाम्रा मन्त्री र सचिवले ? सिर्फ कमिसन र रेमिट्यान्सको हिसाबमा रुमलाएका छन यी भ्रष्ट दलालहरु । शिक्षा र स्वास्थ्य जनताका अत्यधिक आधारभुत विषयहरु व्यापारीलाई सुम्पिएका छन् । सरकारको प्रमुख दायित्व यिनै स्वास्थ्य र शिक्षा जनतालाई गुणस्तर र निशुल्क प्रदान गर्नु पर्ने होइन र ? तर यी दुबै बिषय नाफामुलक व्यवसायीका हातमा र जिम्मामा छन् ।
स्थानीय तहलाई अझ सुदृढ र अनुशासित बनाउँदै प्रदेश सरकारलाई सेतो हात्ती पालेजस्तो धेरै मन्त्री बनाएर जागिर खुवाउने काम अब रोक्नु पर्छ । विदेशीको कठपुतली बन्नु भन्दा जनता र राजाको सल्लाहमा चले देश रहन्छ नत्र हामी पनि भुटानी करण बन्न कुनै समय लाग्ने छैन । यदि अहिलेका खुंखार भ्रष्ट र बिदेशी दलाल प्रवृतिका नेता रहिरहने हो भने ।
पञ्चायती ब्यबस्था गएपनि यसले गरेका राम्रा कार्य इतिहासमा अंकित छन् । त्यसबेला गरिब , धनी सबैको लागि सरकारी अस्पतालमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य उपलब्ध थियो । सरकारी स्कुल कलेज पढ्ने साधरण जनताका छोराछोरी डाक्टर इन्जिनियर भएर देशमा बसेर सेवा गरेका थिए । प्राय सबै ब्यक्ति स्वदेशकै सरकारी जागिरमा ब्यस्त हुन्थे । सरकारी जागिर नपाउने शिक्षकमा लाग्थे । अहिले सर्वसाधरण जनताका छोराछोरी मात्र सरकारी स्कुल कलेज पढ्ने भए । सरकारी अस्पतालमा जाने भए । ती पनि जति पहिला पञ्चायती ब्यवस्थामा बनेका थिए तर लोकतन्त्रमा त्यसमा कुनै थपथाप भएनन् । हुनेखानेका सबै छोराछोरी नीजि बिद्यालयमा पढ्न थाले । त्यसपछि विदेशमात्र जान थाले । सरकारी बिद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्युन हुँदै गएको छ । त्यहाँको गुणस्तरमा सरकारका बस्ने कर्मचारी नेताले कुनै ध्यान दिएका छैनन् । सिर्फ भाषण, कार्यक्रममा मात्र बढि हल्ला हुन्छ तर कार्यन्वयनमा जिरो छ ।
पढाइमा बिशेष गरेर प्राविधिक पढाइमा जोड दिए पुग्छ । अन्य बिषयमा अलिकति अंग्रेजी, हिसाब र विज्ञानमा ध्यान दिए हुन्छ । सिटीभिटी तालिम गरेका र स्थानीय शीप सिकेका युवाहरुको उपयोग गर्दै सबै उच्च महाविद्यालयहरूमा नियुक्त गरेर तालिम दिन लगाउन सकिन्छ । यस्ता तालिम स्कुल पास गर्नको साथसाथै तालिमका प्रमाणपत्र दिन जरुरी छ । प्राबिधिक तालिममा घरेलु उद्योग सम्बन्धि तालिम, सिकर्मी, डकर्मी, प्लम्बिङ, इलेक्ट्रिसियन, हेल्थ असिस्टेन्ट, ब्यवसायिक कृषि, तरकारी , माछापालन, फलफुल उत्पादन , मैनबत्ती, हस्तकला, चुरा पोते बनाउने आदी जे गर्न पनि सिकाए हुन्छ । जसबाट उनीहरुले रोजगारी तथा ब्यवसाय गरेर आफ्नै गाउँ शहरमा बस्न पाउँछन् ।
जग्गा जमिन बन्दकी, धितोमा राखेर साहुको मिटर ब्याजको ऋणमा अरब, मलेसिया गएर पसिना र रगत बगाउनु पर्ने थिएन । एयरपोर्टमा रुवाबासी गरि परिवारसँग बि छोडिनु पर्ने थिएन । यसले गर्दा समाजमा बेथिति बढिरहेको छ । स्वदेशमा युवाहरुको अभाव भएपछि कसरी उद्योग, ब्यवसाय चल्न सक्छन् ? तराइ तथा पहाडतिर सिँचाइको मात्र राम्रो प्रबन्ध हुने हो भने अझैपनि धेरै युवाहरु कृषि, फलफुल खेति , माछापालन, पशुपंछि पालेर आफ्नै गाउँमा बस्न पाउने थिए ।
अहिले गाउँ गाउँसम्म सडक पुगेपनि सडकसँग जानुपर्ने उद्योग, ब्यवसाय साथै गाउँमा सिचाइ र पिउने पानीको उपलब्धता हुन सकेको भए गाउँघरमा बस्ने जनता धेरै लाभान्वित हुन सक्ने थिए । धेरै युवाहरु गाउँ छोड्न बाध्य हुने थिएनन् । यसतर्फ योजना आयोगमा बस्ने अमुक नेता तथा पार्टीका झोलेहरुले सोच्न सकेनन् ।
यस्ता बिषय बारम्बार उठिरहँदा पनि सत्तामा बस्नेले सधैंभरि कानमा तेल हालेर बस्ने गरेपछि नया दल र नेता आउनु स्वभाविक हो । शिक्षाविद् डा. विद्यानाथ कोइराला बारम्बार टिभीमा बोलिरहनु हुन्छ । उहाँले बोलेका अत्यन्त महत्वपूर्ण कुराहरु बहसमा आउने दलका नेताले फिस्स हाँसेर उडाउँछन् । सबभन्दा प्रमुख बिषय बिद्यार्थीलाई दलको भातृ संगठन बनाइनु हुँदैन यसले विद्यार्थीको भविष्य बिग्रन्छ भन्दा यो कुरा ती नेता भनाउँदा ले पचाउन सक्दैनन् । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने जस्ता राष्ट्र भक्त व्यक्तिहरुले कर्मचारीलाई संघ र संगठन बनाउन दिएर नेताको पुच्छर बनाउँदा भ्रष्टाचार कहिल्यै नियन्त्रण हुंदैन ।
सबै तहका भ्रष्टहरूलाई कारबाही गर्नुपर्छ भनेर बारम्बार आवाज उठाइरहँदा ललिता निवास काण्डका प्रमुख नाइके माधब नेपाल , बाबुराम भट्टराईलाई कारबाहीको दायरामा कहिल्यै ल्याइएन । एनसेल, वाइड बढि लगायतमा संलग्न भ्रष्टलाई शायद यिनै नेता सत्तामा रहिञ्जेल ठुला भ्रष्टाचार काण्डलाई सर्बोच्चले पनि छुन सक्तैन । किनकि सर्बोच्चका न्यायाधीश पनि यिनै नेताका सिफारिसमा सर्बोच्चमा पुगेका हुन्छन् । न्याय परिषद्मा अझै पनि दलका नेता र भातृ संगठनका सदस्यको बाहुल्यता छ । त्यसले पनि सरकारमा बस्नेको निगाह नभइ प्रधानन्यायाधीश, न्यायधीश नियुक्त हुन सक्दैनन् । अनि कसरी न्यायालय निश्पक्ष हुन सक्छ ? अख्तियारमा पनि दल र नेताका भागबण्डामा सिफारिसमा जाने भएपछि कसरी दलका नेतालाई अख्तियारले कारबाही गर्नसक्छ । त्यसैले अख्तियारले मुद्दा नचलाउने , चलाए पनि कमजोर बनाएर बिशेष अदालतमा मुद्दा हाल्ने गर्छन ।
मुद्दा गरिहाले पनि सानातिना घुस्याहा मात्र कारबाही गर्ने गरेका देखिन्छन् । धेरैजसो मुद्दाहरु शक्ति पद पैसाको आडमा कहिले अख्तियारले कहिले बिशेष अदालत र कहिले सर्बोच्चले बिशिष्ट भ्रष्टहरूलाई सफाइ दिइरहेको प्रष्टरुपमा देखिन्छ । यस्तालाई कारबाही गर्न पनि सशक्त रुपमा नया जोशिला युवाहरु शक्तिमा आउन अनिवार्य भइसकेको छ ।
त्यसैले अब ठुला दलमा भएका युवा नेताहरुको पनि चेत खुलोस् । दलका अध्यक्ष झोले कार्यकर्ता भएर कहिले सभापति तथा अध्यक्षको निगाह होला र पद पाउला अनि टन्न कमाउँला भनेर बस्ने युवाका दिन सकिए । यदि दल भित्र बिरोध गर्न सकिदैन भने स्वर्णिम वाग्ले जस्तो बिद्रोह गरेर जनताका घरमा पुग्नुस् र जनताको बिश्वास जितेर संसदमा पुगेर जनताको आवाज उठाउनु होस । चुनाब जित्ना साथ मन्त्री पद नताक्नु होस् । मन्त्री नै भएपनि अहिलेको संरचना भित्र बसेर कसैले पनि केहि गर्न सक्तैन । भ्रष्ट र दलाल कर्मचारी जहाँ ट्रेड युनियनको नाममा दलका भातृ संगठन हावी छन् ।
उनीहरुले आफुलाई ब्यक्तिगत फाइदा हुने भन्दा अरु कुनै काम देश र जनता सोचेर गर्ने छैनन् । किनकि नेता पनि बिदेशी र भ्रष्ट दलाल बाट संचालित छन् । त्यसकारण यो ब्यबस्था तथा शासन संरचना पनि बदल्नु पर्छ । जहाँ प्रत्यक्ष सरकार प्रमुख, सांसद बाहिरका बिज्ञबाट मन्त्रीहरु सानो संसद , समानुपातिक ५० जना सदस्यहरु राष्ट्रिय सभामा लाने र सबै दलको सहयोगमा संबैधानिक राजसंस्था समेत राखेर सबै जनता, क्षेत्र , जात जाती समेटेर समुन्नत सनातन वैदिक हिन्दु राष्ट्र बनाइ नेपाललाई धार्मिक र सामाजिक एकतामा बाँध्न आबश्यक छ । जसबाट हाम्रो सार्वभौमिकता देश आन्तरिक र बाह्य दुस्मनबाट सुरक्षित रहने छ ।
स्थानीय तहलाई अझ सुदृढ र अनुशासित बनाउँदै प्रदेश सरकारलाई सेतो हात्ती पालेजस्तो धेरै मन्त्री बनाएर जागिर खुवाउने काम अब रोक्नु पर्छ । विदेशीको कठपुतली बन्नु भन्दा जनता र राजाको सल्लाहमा चले देश रहन्छ नत्र हामी पनि भुटानी करण बन्न कुनै समय लाग्ने छैन । यदि अहिलेका खुंखार भ्रष्ट र बिदेशी दलाल प्रवृतिका नेता रहिरहने हो भने ।
भेगास हाउजिङ बालकुमारी
महालक्ष्मीथान —२ ललीतपुर
२०८० बैसाख १२