नक्कली शरणार्थी काण्डले बालकोटमा षड्यन्त्रको परकम्प: खाँडसँग रायमाझीको सौदाबाजी !?

नक्कली शरणार्थी काण्डले बालकोटमा षड्यन्त्रको परकम्प: खाँडसँग रायमाझीको सौदाबाजी !?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं ठगी काण्ड बाहिरिए लगत्तै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिंहदरवार  पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री, सत्तारुढ दलहरु र पूर्व राजाप्रति कडा प्रतिक्रिया दिँदै आएका ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब ४० मिनेट छलफल गरेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली सरकारका पालामा गृहमन्त्री रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, थापाका छोरा प्रतीक, राईका छोरा निरज, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप मुछिएका छन् । पार्टीका सचिव रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्टै ओली सिंहदरबार पुगेका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरेको ठगीमा संलग्न भएको आरोपमा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । रायमाझीका छोरा सन्दीप बुधबार नै बुटवलबाट पक्राउ परेका छन् । 

एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् भने राईका छोरा निरज र बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले यो घटनामा एक दर्जन पक्राउ पर्ने बताइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला छुटेका शरणार्थीको तथ्यांक संकलनका लागि बनेको कार्यदलका आधारमा यो सबै ठगी धन्दा चलेको देखिन्छ । त्यसैले एमाले अध्यक्ष ओली पनि यो प्रकरणबाट झस्किएका छन् । 

प्रधानमन्त्रीलाई भेटेर निस्किएपछि प्रतिक्रिया दिँदै उनले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्य पूर्ण भएको बताए । उपप्रधानमन्त्री बनिसकेको र सांसद मान्छे भागेर कतै जान नसक्ने भएपनिषड्यन्त्र पूर्वक बाटोबाट नै समाउनु रहस्यमय भएको उनले दाबी गरे । सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए । त्यससँगै उनले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी पनि दिए । उनले भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल भयो । यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सक्दैनौं ।’

यो प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । उनी बालकृष्ण खाँड गृहमन्त्री हुँदाका सचिव हुन् । खाँड पनि यो प्रकरणमा मुछिएका आरोप लागेकाे छ । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई जोगाएर पूर्व उपप्रधानमन्त्री तथा मन्त्री  एमालेले सचिव रायमाझीलाई फसाउन खोजाएकोमा ओलीले असहमति जनाउन सिंहदरबार गएका थिए ।

एमाले अध्यक्ष ओलीले पक्राउ पुर्जी जारी भएपछि बिहीबार साँझ नै आफूले रायमाझीसँग कुराकानी गरेको पनि बताए । त्यसक्रममा रायमाझीले आफूले आईजीपीसँग कुरा गरेको र काठमाडौं आउन लागेको सुनाएको तर बिहीबार फरार भएको जस्ता खबर सुनेको भन्दै उनले सांसद र पटकपटक मन्त्री भइसकेको पार्टीको नेतालाई समाउनुपर्ने एकदम रहस्य पूर्ण भएको जिकिर गरे । 

ओलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपनि एमालेले सचिव रायमाझीको संलग्नता बारे हालसम्म आधिकारिक रुपमा बोलेको छैन । पक्राउ परेका र पूर्जी जारी भएकाहरु तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि माओवादीमा नगई एमालेमा बसेका नेताहरु हुन् । माओवादी पृष्ठभूमिका उनीहरु नेकपा विभाजन हुँदा एमालेतिर लागेका थिए । संकटको त्यो समयमा आफूलाई साथ दिएका कारण ओलीले सार्वजनिक रुपमै बचाउ गर्दै आएका छन् । 

नेकपा विभाजनका बेला पूर्व माओवादी नेता भएपनि ओलीसँगको हिमचिम र माओवादीलाई गाली गर्नमा बादल र रायमाझी अग्रपंक्तिमा देखिएका थिए । शक्तिको भरमा उम्किँदै आएका उनीहरु नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि उनले बलियो साथ दिएपछि पक्राउ पर्ने अवस्था आएको छ । पार्टी नेताहरु फसेको र लहरो तान्दा पहरो आउने त्रास देखिएको छ । जसका कारण पनि एमाले नेताहरु तर्सिएका छन् । एमालेले रायमाझीलाई कारबाही गर्नुको साटो प्रहरी अनुसन्धानमा समेत प्रश्न उठाउँदै तत्काल कुनै निर्णय गर्ने पक्षमा छैनन् । 

सचिव रायमाझीले पनि अध्यक्ष ओलीसँग आफूलाई फसाउन षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले बुधबार आफू नक्कली भुटानी शरणार्थीको पक्षमा नरहेको भन्दै फसाउन षड्यन्त्र भएको बताएका थिए । तर उनका छोराले भने मोटो रकम लिएको पाइएको छ । एमाले नेताहरु पनि अनुसन्धान प्रक्रियाप्रति रुष्ट देखिन्छन् । उनीहरुले नेताहरुलाई बोलाएर सोध्न सक्ने भए पनि पक्राउ पुर्जी जारी गरेर हल्ला खल्ला गरिएको दाबी गर्छन् ।

यो प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । उनी बालकृष्ण खाँड गृहमन्त्री हुँदाका सचिव हुन् । खाँड पनि यो प्रकरणमा मुछिएका आरोप लागेकाे छ । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई जोगाएर पूर्व उपप्रधानमन्त्री तथा मन्त्री  एमालेले सचिव रायमाझीलाई फसाउन खोजाएकोमा ओलीले असहमति जनाउन सिंहदरबार गएका थिए ।   नक्कली भुटानी शरणार्थी  काण्डमा केही  कर्मचारीलाई फसाएर  राजनितिक नेतृत्व तैँ चुप मै चुपको अवस्थाको बाताबरण बनाउनको लागि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटघाटलाई लिएको छ । अर्थात् पूर्व उपप्रधानमन्त्री तथा मन्त्री  एमालेले सचिव टोपबहादुर रायमाझीसँग निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडसँग सौदाबाजी  सुरु भएको छ । 

 तर पूर्व गृहमन्त्री बालकृष्ण खाँड माथि अनुसन्धान नभएकाले यसै भन्न सक्ने अवस्था छैन । यद्यपि एमालेले पनि यो घटनालाई बलियो रुपमा बचाउ गर्न सक्ने अवस्था छैन । आरोपितका प्रमाणहरु बलियो रहेका कारण नै प्रहरी यसमा छानविनका लागि अग्रसर भएको देखिन्छ । गृहमन्त्रीकै साथ पाइसकेपछि यो प्रकरणमा दोषी भएकाहरूमाथि कारबाहीको खतरा पनि उत्तिकै छ । अहिले षड्यन्त्र मानिरहँदा भोलि प्रमाणित भए के गर्ने भन्ने पनि एमालेभित्र अन्योलता छ । 

यो घटनाको निष्पक्ष छानबिनका लागि एमालेको पनि दायित्व होइन र ?