४ करोड ७५ लाख बुजेका आरोपी तत्कालीन गृहमन्त्री खाँड जोगाउन बयान साटफेरको प्रपञ्च !

४ करोड ७५ लाख बुजेका आरोपी तत्कालीन गृहमन्त्री खाँड जोगाउन  बयान साटफेरको प्रपञ्च !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेर  नक्कली भुटानी शरणार्थी काण्डका  मुख्य अभियुक्तहरुलाई जोगाउने एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने खोजेर आपत्ति जनाएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

पूर्वप्रधानमन्त्री अध्यक्ष ओलीले  भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर गर्ने जस्ता गम्भिर अपराधका कार्यको आफुले  भरपर्दो सूचना पाएको कुरा  प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार  २०७९ चैत १३ मा अभियुक्त सानु भण्डारीले दिएको साटफेर  गरेर  छानबिनको नयाँ प्रक्रिया सुरु गरिएको थियो । 

यो काण्डका  मुख्य नाइके  तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण भएको र उनलाई  जोगाउन बयान साटफेरको प्रपञ्च रचिएको रहस्य खुलेपछि राजनीतिक तहमा तरंग पैदा भएको छ । राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला  नै काम फत्ते गर्ने गरी धेरै जनासँग पैसा उठाएकोमा काम पुरा नहुँदै  सरकार ढल्यो । त्यसपछि त्यही 'ग्याङ' ले सचिव टेकनारायण पाण्डेलाई गृहमा ल्याउन गृहमन्त्री बालकृष्ण खाँडलाई 'कन्भिन्स' र गरे र उनै टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएकाे  प्रहरी स्रोतले बताएको छ । 

प्रहरी स्रोतका अनुसार चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयानमा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिएपछि बयान साटफेरको प्रपञ्च रचिएको कुरा ओलीले प्रचण्डसँगको भेटमा राखेका थिए । एक अनुसन्धान अधिकृतले दिएको जानकारी अनुसार सानु भण्डारीले तत्कालिन गृहमन्त्री  बालकृष्ण खाँडलाई आफैले नै ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएका छन् ।  बयानको अडियो रेकर्ड  प्रहरी महानिरीक्षक र महान्यायाधिवक्तासम्म पुगेकाे थियो । त्यसपछि के गर्ने भन्ने षडयन्त्रको तानाबाना बुन्दै  सात दिन भन्दा बढी समय  बयान लिने काम रोकिएको थियो । 

राम बहादुर थापा बादलकै पालामा काम फत्ते  गर्ने गरी नक्कली शरणार्थी बनाउने खेल भइरहँदा नै  केपी ओली सरकार मात्र ढलेन तत्कालीन गृहमन्त्री  रामबहादुर थापा बादल सर्वाेच्चको आदेश बमोजिम मन्त्री पदबाट मुक्त हुन पुगे । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा असुल्ने 'ग्याङ' को तितरवितर  भएपनि पैसा दिनेहरु  रकम  डुबेको निश्कर्षसहित विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा उजुरी दर्ता गराएका थिए । 

गृह सचिव पाण्डेले गृहमन्त्री खाँड सँगको  परामर्शमा  भुटानी शरणार्थीको 'तेस्रोे देशमा पुनर्वास'  सम्बन्धी परिपत्र समेत  जारी गरेका थिए । प्रहरी अनुसन्धानले गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेको निश्कर्ष निकालेका छ । यस कार्यका लागि पटक गरी सचिव पाण्डेले ५० लाख रुपैयाँ बुझेको प्रमाण र तथ्य प्रहरीले संकलन गरि सकेको छ । 

जब सर्वोच्चको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण हुन पुगे । बालकृष्ण खाँण गृहमन्त्री भएपछि असुल्ने 'ग्याङ' को प्रभावमा परी महेश्वर न्यौपानेको ठाउँमा शिक्षा समूहका  टेकनारायण पाण्डेलाई  गृहसचिव ल्याए । ठुलो रकम असुल्ने 'ग्याङ'को सिफारिसमा गृहसचिव भएका  टेकनारायण पाण्डे बाँकी काम फत्ते  गर्ने जिम्मा लिएका  थिए । 

ठुलो रकम असुल्ने 'ग्याङ' को मुख्य नाइके  कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम काम फत्ते  जानकार सचिव पाण्डे थप रकम लिएर काम गर्न तयार भएर गएका थिए । 'ग्याङ' को सदस्यबाट पैसा  दिने सुनिश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्ने गरी कार्यविभाजन गरिएको थियाे । 

भण्डारीको अडियो बयानमा  काम फत्ते  गर्न  मन्त्रीसँग पनि कुरा गर्नुपर्ने हुन्छ र मन्त्रीलाई पनि भाग दिनु पर्छ भनि सचिव पाण्डेले भनेको र  मन्त्रीसँग कुरा भयो भने पछि आफुहरुले थप पैसा उपलब्ध गराएको उल्लेख गरेका छन् ।  यसबीचमा पैसा उठाउने मध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी माग गरेको बताइएको छ ।  

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँड सँगको  परामर्शमा  भुटानी शरणार्थीको 'तेस्रोे देशमा पुनर्वास'  सम्बन्धी परिपत्र समेत  जारी गरेका थिए । प्रहरी अनुसन्धानले गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेको निश्कर्ष निकालेका छ । यस कार्यका लागि पटक गरी सचिव पाण्डेले ५० लाख रुपैयाँ बुझेको प्रमाण र तथ्य प्रहरीले संकलन गरि सकेको छ । सचिव पाण्डेमार्फत नै  मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटको  समेत प्रमाण प्रहरीले जुटाएको छ । 

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई  ध्यानाकर्षण गराउँदै बयान  साटफेरको प्रपञ्च रचि  चैत १३ को रेकर्डसमेत बाहिर ल्याउने  चेतावनी दिएपछि  गृहमन्त्री बालकृष्ण खाँण याे काण्डमा प्रत्यक्ष रुपमा मुछिने निश्चित भएको छ । नेपाल प्रहरीले भएको बयानलाई लुकाइएको भएपनि  सरकारी वकिल भित्रैबाट यो कुरा एमाले नेताहरूसम्म अडियो पुगेको बताएको छ ।  

सरकारी वकिलले प्रहरीबाट प्राप्त बयानका कतिपय भाग हटाइएको प्रस्ट देखिएको छ । तर अनुसन्धानमा रहेका  प्रहरीले माथिको दबाबमा आफू अनुकूल बयान काँटछाँट गर्न नमिल्ने विषयमा गरेको पाएपछि  सरकारी वकिलहरुले बयान र अडियो लिक गरे पछि घट्नले  नयाँ मोड लिएको छ ।