लोकसंवाद संवाददाता | समाचार | बैशाख २४, २०८०
म कुनै महत्त्वाकाङ्क्षी व्यक्ति होइन जस्तो लाग्छ तर महत्वकाङ्क्षा विना सायद कुनै कल्पना पनि टुसाउँदैन भन्ने पनि मलाई थाहा छ । एउटा सामान्य मानिसमा पनि महत्वकाङ्क्षा आफूलाई चिन्न पनि अरुको समीक्षा जरुरी पर्छ किनभने आफूलाई आफैँले समालोचना गर्न धेरै ठुलो तपस्या चाहिन्छ जुन मसँग छैन, म कुनै सिद्धि प्राप्ति गरेको भविष्य द्रष्टा पनि होइन । भविष्य द्रष्टा हुनका लागि भूत र वर्तमान अवस्थाको या परिवेशको मार्मिक समीक्षाको जरुरत पर्दछ । त्यसबाट प्राप्त परिणामको मूल्याङ्कन गरी भावी अवस्थाको बारेमा अनुमान गरेर कदम चाल्नु जरुरी हुन्छ, त्यसले देखाउने बाटोलाई भविष्यले पछ्याउन सक्यो भने भविष्य द्रष्टा छोइन्छ, नत्र भने त्यसबाट आउने दुश्पयारिणमा को प्रतिफल भोग्न तयार हुनुपर्छ ।
अहिलेसम्म मस्तिष्कको बारेमा अनुसन्धान गर्नेहरुले स्मृति र विस्मृतिका बारेमा अनेक व्याख्या गरेका छन् र तिनका लागि सबैभन्दा चुनौती भनेको व्यक्ति विशेषका लागि फरक फरक धारणा बनाउने सुविधा भएकाले र मानवीय विशेषता रहेकाले एउटामा गरेको अनुसन्धान अर्कोमा मिल्छ नै भन्ने हुँदैन । विषयगत रुपमा मानवीय मनको मापन गर्न साह्रै गाह्रो हुन्छ । सायद महाभारतका स्रष्टा श्री कृष्णद्वैपायन व्यासले यक्षको प्रश्नको उत्तरमा नबासी युधिष्ठिरको मुखबाट भन्न लगाएका थिए-सबैभन्दा चञ्चल मन हुन्छ । मन अहिले यहाँ छ त तत्कालै अरुतिर जान्छ, त्यसमा कसैको नियन्त्रण हुनै सक्दैन, अरु त अरु स्वयं मन धारण गर्ने व्यक्तिलाई पनि म किन यो सोच्दैछु भन्ने पनि जानकारी हुँदैन तर प्रत्येक सोचाइ र मनमा आएका कल्पनाहरू भने आफैँ अभिलेखी कृत भएको हुन्छ मस्तिष्कमा भन्ने छ ।
कुनै तत्काल मेटिन्छ । कुनै कल्पनाका तरंग हरु भने अमिट छाप छोडेर मस्तिष्कमा बसिरहेका हुन्छ । जस्तो कि बर्सौँ संगत गरेको मान्छेलाई समयक्रममा बिर्सिन्छ तर कसैलाई भने एकपटक कति वर्ष पहिले देखेको या बोलेको भरमा उसको सम्झना आउँछ र धेरै पछि पनि उससँग भेट्दा पहिलेकै सम्झना आउँछ र परिचित जस्तै कुरा गर्न सकिन्छ । कुन कुरा स्मृतिमा रहन्छ, कुन कुुरा विस्मृति हुन्छ भन्ने कुरामा स्वयं व्यक्तिले बुझ्न सक्दैन जबकि उसको मस्तिष्कमा नै ती कुराहरु अभिलिखित हुन्छ । त्यसैले प्रत्येक कल्पना कति भन्न मिल्ने, कति भन्न नमिल्ने तर जस्ताको तस्तै सबै मस्तिष्कको अवचेतन पक्षमा सञ्चित भएर बसेको हुन्छ ।
के सबै छलफल र धारणाहरू सम्झन सकिन्छ ? के हाम्रो मस्तिष्कले थेग्छ ? के सबै बिर्सनु पर्छ ? कति बिर्सने , कति सम्झने भनेर कसले खटाउँछ ? सायद यसमा पनि अध्येताहरूको फरक फरक धारणा र परिणाम देखिन्छ । त्यसको कारण हो, सबै सोचाइ सम्झन पनि सकिँदैन । जस्तो कि कविता या कथा लेखिन्छ आफ्नै कल्पनाले तर सबैलाई आफैँले लेखेको कविता कण्ठ हुँदैन । फेरि कति यस्ता मानिसहरु पनि पाइन्छन् कि एकपटक हेरेको, कण्ठ गरेको कविता , आफ्नै या अरुको होस् , कण्ठ भएको पाइन्छ । यसलाई अभूतपूर्व स्मरण शक्ति मानिन्छ । अचेल स्मरण शक्ति कसरी बढाउने भनेर पनि तरिका सिकाइन्छ । मैले पनि आफ्नो प्रशिक्षण क्रममा एउटा स्मरण शक्ति कसरी बढाउने भनेर सिकाउने समूह आयो,उनीहरुले नभन्दै हामी त्यहाँ उपस्थित प्रशिक्षक तथा परीक्षार्थीहरुले फोन या मोबाइल नम्बर भन्यौँ र उनीहरुले पालैपालो हाम्रो मोबाइल या फोन नम्बर भने ।
सत्य र नैतिकता एउटै हो कि होइन ? सत्य, नैतिकता र धर्मका बिचमा कुनै सामञ्जस्य छ कि छैन ? यी एकअर्काका परिपूरक हुन् कि होइनन् ? हुन् भने कसरी र होइनन् भने कसरी ? अझै यो विवाद छँदैछ बौद्धिक वर्गमा तर यी विवादले कुनै नयाँ मानवीय कल्याणमा कोशेढुंगा स्थापना गरेको छ त ? या ती बहसले कुनै फाइदा भएको छ त मानव समुदायलाई ?
फोन नम्बरको अर्थ हो , हाम्रो ल्यान्ड लाइन फोन नम्बर । चकित पर्ने पालो हाम्रो थियो तर मलाई लाग्छ, त्यो स्मरण शक्ति क्षणिक थियो किनभने सायद ती स्मरण शक्ति कसरी बढाउने भन्ने व्यक्तिलाई अब न हाम्रो सम्झना होला, न हाम्रो फोन नम्बर । अर्थात् स्मरण शक्तिलाई क्षणिक रुपमा जानकारी वृद्धि गर्न सकिने त रहेछ तर प्राकृतिकरुपमा नै स्मरण शक्ति बढाउन भने सकिँदैन कि ? थाहा छैन किनभने मैले केही पनि कण्ठ गरेको छैन भन्छु तर सानामा सिकाएका केही संस्कृतका श्लोक हरु अहिले पनि स्वतः आउँछ । त्यो कस्तो स्मरण शक्ति हो जुन सानामा सधैँ व्यवहारमा ल्याएका कुराहरु स्वतः आउने तर पछि आवश्यक परेको भनेर कण्ठ गरिएको अनि प्रयोगमा बारम्बार नल्याइएको कुरा फेरि याद नहुने ?
मानवीय शरीर विज्ञान अरु प्राणीभन्दा फरक छ भनिन्छ तर मानवीय शरीरको लागि आवश्यक पर्ने ओखतीको प्रयोग मानवबाहेक अरु प्राणीमा गरिन्छ र त्यहाँबाट प्राप्त परिणामलाई सामान्यीकरण गरेर मान्छेमा प्रयोग गरिन्छ । त्यसका लागि कति अन्य प्राणीहरूको ज्यान गएको हुन्छ, कतिको अंगभंग गरिएको हुन्छ र मात्र मानवीय फाइदाका कामहरु भएका पाइन्छन् ।
यसका लागि फेरि कुरा आउँछ कस्तो शिक्षाको आवश्यकता पर्छ एउटा नैतिक वान नागरिक तयार गर्न ? त्यसो त नैतिकताको पनि परिभाषा कसरी लगाउने ? भइरहेको परम्परालाई जस्ताको तस्तै मान्ने व्यक्ति नैतिकवान हो कि परम्पराको विवेचना गरेर मानवीय आवश्यकताका आधारमा नयाँ बाटो तयार गरेर समाजलाई डोर्याउने व्यक्ति नैतिकवान हो ?
प्रत्येक नराम्रा कुराहरुको अन्त्य गर्न या भनौँ समाजमा व्यवधान पार्ने र परिरहेका समस्या समाधानार्थ म अवतारको रुपमा आउँछु । समाजमा देखिएका र समाधान गर्न नसकिएका ती समस्याहरुको समाधान गरेर मानव मात्रालाई नयाँ बाटो देखाउँदै नैतिक वान नागरिकहरुको हातमा सत्ता स्थापना गर्ने काम गर्छु भनेर श्रीमद्भागवत गीतामा श्रीकृष्णले भनेका रहेछन्- सम्भवामि युगे युगे । अनि नयाँ बाटो हिँड्नु पनि नैतिकता हो कि होइन ? परम्पराको बाटोलाई भत्काउनु नैतिकता हो कि होइन ? परम्पराको बाटो नबिराइ हिँड्नु नै नैतिकता हो कि होइन ? समाजको भलाइका लागि आफूलाई न्यौछावर गर्नु नैतिकता हो कि होइन ?
सत्य र नैतिकता एउटै हो कि होइन ? सत्य, नैतिकता र धर्मका बिचमा कुनै सामञ्जस्य छ कि छैन ? यी एकअर्काका परिपूरक हुन् कि होइनन् ? हुन् भने कसरी र होइनन् भने कसरी ? अझै यो विवाद छँदैछ बौद्धिक वर्गमा तर यी विवादले कुनै नयाँ मानवीय कल्याणमा कोशेढुंगा स्थापना गरेको छ त ? या ती बहसले कुनै फाइदा भएको छ त मानव समुदायलाई ?
धर्मले सत्यको बाटो पहिल्याउँछ कि सत्यले धर्मको बाटो पत्ता लगाउँछ ? केही प्रश्नहरु मेरा मनमा सधैँ उठिरहेका छन् तर तिनको उत्तर मेरा मनमा आउन सकेका छैनन् । यसबारेमा जत्ति जत्ति अध्ययन गर्छु , झनझन अलमलमा परेको हुन्छु । नैतिकता भनेको कानुनी प्रश्न पनि हो, सामाजिक प्रश्न पनि हो र व्यावहारिक प्रश्न पनि हो ।
तर नैतिकताले जीवनलाई समाजमा, राज्यमा र अन्तर्राष्ट्रिय जगतमा स्थापित गरको हुन्छ । अनि धर्मको अस्तित्वका बारेमा झन नैतिकताले काम गर्ने कि सत्यको खोजीले काम गर्ने ? धर्मको स्वरूपले नैतिकताको पक्षलाई जोड दिन्छ कि सत्यको पक्षलाई ? सत्य र धर्मको अन्योन्याश्रित सम्बन्ध छ भनेर मान्ने हो भने सत्यले धर्मलाई कसरी ग्रहण गर्ने हो ? धर्मले सत्यलाई कसरी आफूमा स्थापित गर्ने हो ? आफूलाई धर्मप्रति निरपेक्ष मान्ने व्यक्ति नैतिक वान हुनसक्छ कि सक्दैन ? आफूलाई सत्यप्रति समर्पित व्यक्ति हुँ भन्ने धार्मिक हुनु जरुरी छ कि छैन ? नैतिक वान हुँ भन्ने व्यक्ति सत्यवादी हुनैपर्छ भन्ने मान्यता छ किनभने सत्य र नैतिकताका बिचमा सहज सम्बन्ध छ भनिन्छ । अनि सत्यवादी र धर्मका बिचमा कस्तो सम्बन्ध हुन्छ ? सायद यस्ता विचारहरूको समूहहरूलाई मस्तिष्कमा धेरै छलफल गराउनु पर्ने हुन्छ र मात्र व्यक्ति कुनै निष्कर्षमा पुग्न सक्छ । सत्यमेव जयते भनिन्छ तर सत्यको बाटो काँडै काँडाले भरिएको छ भन्ने पनि उत्तिकै सत्य हो भनिन्छ । क्रमशः